२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

विदेशिएका युवाहरुले बनाइदिए पहिरो पीडितका ४० घर

३० जेष्ठ २०७८, आईतवार ०४:३१

जेठ ३०, म्याग्दी | प्रवासीहरुले म्याग्दीका पहिरो पीडितका लागि ४० वटा आवास पुनःनिर्माण गरेका छन् । रोजगारी, अध्ययन, व्यापार, व्यवसायलगायत विभिन्न कामको सिलसिलामा विदेशिएका म्याग्देलीहरु आबद्ध म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)ले पहिरो पीडितको आवास पुनःनिर्माण गरेको हो । 

मोनाको पुनर्वास कार्यदलका सदस्य दल शेरबुजाले पुनःनिर्माण भएका ४० घर स्थानीय तह र प्रशासनमार्फत पीडितलाई उपलब्ध गराइने बताउनुभयो । “मोनालाई जिम्मेवारी दिइएको घर पुनःनिर्माण सकिएको छ”, उहाँले भन्नुभयो, “निर्माण सकिएका घरमा केही पीडित सरिसकेका छन् ।”

विश्वका विभिन्न देशमा रहेका म्याग्देलीहरुले आर्थिक सङ्कलन गरेर पहिरो पीडितको घर बनाएका हुन् । सम्बन्धित पालिका र जिल्ला प्रशासन कार्यालयले सिफारिस गरेका पीडितको घर पुनःनिर्माणका लागि छनोट गरिएको थियो । मोनाले प्रतिघर पुनःनिर्माणका लागि रु पाँच लाख खर्च गरेको छ । पहिरो पीडितको आवास पुनःनिर्माणका लागि मोनाले रु दुई करोड जुटाएको थियो । धवलागिरि गाउँपालिकामा १४, मालिकामा १०, मङ्गला, रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा चार/चार वटा घर निर्माण भएका छन् । एउटा भान्छाकोठासहित तीन कोठे घर भूकम्प प्रतिरोधी क्षमताको हो । 

प्रवासी, स्थानीय प्रशासन र पालिकाहरुसँग घर पुनःनिर्माणका लागि म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले संयोजन गरेको छ । पहिरोबाट अति प्रभावित धवलागिरि गाउँपालिकाको मराङ र मालिका गाउँपालिकाको बिममा एकीकृत बस्तीको अवधारणाअनुसार निजी आवास पुनःनिर्माण भएको छ ।  

बिममा बिम–मालिका सङ्घले रु २० लाखमा खरिद गरेको जग्गामा मोनाले १० वटा घर निर्माण गरेको वडा अध्यक्ष रेशम जुग्जालीले बताउनुभयो । उहाँले बिमका अन्य पीडितले पनि आफैँ घर निर्माण गरिसकेका बताउनुभयो । 

समुदायस्तरबाट आर्थिक स्रोत जुटाएर रु ३८ लाख ५० हजारमा मराङको राम्चेमा १६ र अस्कारेमा १२ रोपनी जग्गा खरिद गरिएको थियो । वडाध्यक्ष राजाराम सुवेदीले राम्चेमा थप छ र आस्कामा चार घर निर्माण सकिएको बताउनुभयो । 

गत बर्खामा म्याग्दीमा पहिरोका कारण ३१ जनाको मृत्यु भएको थियो भने छ जना बेपत्ता भएका थिए । एकासी वटा बस्तीमा पहिरोका कारण क्षति भएका २४७ र जोखिममा परेका ८२१ घर स्थानान्तरणका लागि सिफारिस गरिएको थियो । पहिरोबाट भत्किएको, बगेको र पुरिएको घर पुनःनिर्माण गर्न रु पाँच लाखका दरले अनुदान उपलब्ध गराउन गत माघमा कार्यविधि स्वीकृत भएको थियो । गृह मन्त्रालयले पहिरो पीडितको घर पुनःनिर्माणका लागि गत वैशाख अन्तिम साता रु एक करोड आठ लाख पठाएको थियो । 

मोनाले बनाएका बाहेकका घर पुनःनिर्माण गर्नेलाई अनुदान उपलब्ध गराउन रु १० करोड ३५ लाख बजेट आवश्यक पर्छ । सङ्घ, प्रदेश सरकार र स्थानीय तहको अनुदानमा बन्ने घर पुनःनिर्माणले पनि तीव्रता पाएको धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य