साउन ३०, इटहरी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३०, इटहरी"/>
२८ पुष २०८२, सोमबार
बैदेशिक रोजगार

वैदेशिक रोजगार ठगीमा सात पक्राउ

३० श्रावण २०७३, आईतवार १५:२७

साउन ३०, इटहरी । विभिन्न देशमा आकर्षक वैदेशिक रोजगारीमा पठाइदिने भन्दै अवैध एवम् गैरकानुनीरुपमा अन्तरवार्ता लिई ठूलो परिमाणमा पैसा असुली गर्ने गरेको भन्ने सूचनाका आधारमा विभिन्न स्थानका सातजनालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ । 

इप्रका इटहरीका अनुसार वैदेशिक रोजगारका लागि आकर्षक तलब सुविधा पाइने प्रलोभन देखाएर सर्वसाधारणलाई अन्तरवार्ता लिने कार्य गर्ने गरेको भन्ने खबर पाएको प्रहरीले २५ थान पासपोर्ट र अन्य कागजातसहित ती ठगी धन्दामा संलग्न भएकालाई हिजो र आज पक्राउ गरेको प्रहरी नायब उपरीक्षक ओमप्रसाद अधिकारीले बताउनुभएको छ । 

पक्राउपर्नेमा इटहरी–१६ का चन्द्रेश्वर चौधरी, सुन्दरदुलारी–७ का पुरण चौधरी, श्रीलङ्काली नागरिक अमिला अलाकोन, इटहरी–१९ का गङ्गाबहादुर निरौला र केशव गिरी, भरौल–५ का रमेश विष्ट र मोरङ इटहराका शिवप्रसाद आचार्य रहेका छन् । 

उनीहरुलाई वैदेशिक रोजगार विभागमा कारबाहीका लागि चलान गरिएको छ । उनीहरुले वैदेशिक रोजगारका लागि कार्यालय समेत नखोलेको र बोर्ड नलगाएको अवस्थामा फेला परेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने