२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

वैदेशिक रोजगार: आप्रवासन सहायता कक्ष संचालनमा

१५ भाद्र २०७८, मंगलवार ०७:३४

भदौ १५, म्याग्दी (रासस)। वैदेशिक रोजगारमा जान लागेका र फर्किएकाहरुलाई लक्ष गरेर बेनीमा आप्रवासन सहायता कक्ष सञ्चालन गरिएको छ । सुरक्षित आप्रवासन परियोजनाअन्तर्गत रिड नेपाल नामक संस्थाको सहयोगमा म्याग्दी सामुदायिक पुस्तकालयले कक्ष सञ्चालनमा ल्याएको हो । 

वैदेशिक रोजगारसम्बन्धी परामर्श र समस्याको सहजीकरणका लागि पुस्तकालयको भवनमै उक्त कक्ष सञ्चालन गरिएको अध्यक्ष सन्तोष रावलले जानकारी दिनुभयो । “वैदेशिक रोजगारमा जान लागेका र त्यहाँबाट फर्किएकाहरुलाई कानुन, नीतिगत व्यवस्था र प्रक्रियाबारे परामर्श दिने उद्देश्यले सहायता कक्ष सञ्चालन गरिएको हो,” उहाँले भन्नुभयो, “वैदेशिक रोजगारको नाममा हुने ठगी र मानव बेचबिखन रोकथाममा सघाउनाका साथै समस्यामा परेकाका तर्फबाट सम्बन्धित निकायमा उजुरी  र कानुनी उपचारमा सहजीकरण गरेका छौँ ।”

गत वैशाख महिनादेखि सञ्चालन ल्याइएको कक्षमा हालसम्म ५००भन्दा बढीले परामर्शलगायत विभिन्न सेवा पाएका छन् । कक्ष सञ्चालन गर्न पुस्तकालयले एक कर्मचारी नियुक्त गरेको छ । वैदेशिक रोजगारमा जाने धेरैले परामर्श  गर्ने भएकाले कक्ष प्रभावकारी बनेको कर्मचारी कमला पौडेलले बताउनुभयो । 

सहायता कक्षमा वैदेशिक रोजगारसम्बन्धी उपयोगी पुस्तक, पर्चालगायत अध्ययन सामग्रीे छ । विसं २०६८ को जनगणनाअनुसार जिल्लाका २५ हजारभन्दा बढी नागरिक रोजगारीका लागि विश्वका विभिन्न देशमा गएका देखिन्छ । यो सङ्ख्या र कानुनी प्रक्रिया पूरा गरेर वैधानिक बाटो भइ विदेश जानेको हो । पछिल्लो समय अवैध बाटो भएर, धेरै खर्च र जोखिम मोलेर अमेरिकालगायत युरोपेली मुलुक  जाने क्रम बढेको बताइन्छ । उनीहरुले वार्षिक रु पाँच अर्बको हाराहारीमा विप्रेषण पठाउने गरेका छन् । 

यसैबीच पुस्तकालयले जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा स्थापित  पुस्तकालयलाई आज पुस्तक उपलब्ध गराएको छ । चौधौँ पुस्तकालय दिवसका अवसरमा अध्यक्ष रावलले प्रजिअ गणेशबहादुर अधिकारीमार्फत प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङलाई विभिन्न विधाका ३० थान पुस्तक र मास्क प्रदान  गर्नुभयो । 

जिल्लाको एक मात्र सुविधासम्पन्न सामुदायिक पुस्तकालय विसं २०२७ मा स्थापना भएको थियो । विभिन्न विधाका १० हजार पुस्तकसहित बाल, सङ्गीत र खेलकक्ष रहेको पुस्तकालयलाई ऋणमुक्त बनाएर नेतृत्व हस्तान्तरण, सामाजिक गतिविधिसँगै हाइटेक पुस्तकालय बनाउन लागिएको उहाँले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य