२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

साउदीमा अलपत्र परेका २४ नेपाली स्वदेश फिर्ता

२०७९, ११ फाल्गुन बिहीबार ०७:११

फागुन ११, काठमाडौं | रोजगारीका क्रममा साउदी अरेबिया पुगेका २४ जना नेपाली ४ महिनापछि स्वदेश फिर्ता भएका छन्। काठमाडौंमा रहेको पिजन एचआर सोलुसन मेनपावरबाट २१ अक्टोबर २०२१ मा साउदी पुगेका २४ जना नेपाली ४ महिनादेखि रियादमा  अलपत्र परेका थिए। साउदीको दुरत अलनखिल होटल नामक कम्पनीमा किल्नर र वेइटरको रूपमा काम गर्न पुगेका उनीहरूले आवश्यक सेवा सुविधा र सम्झौता अनुसार काम नपाएर अलपत्र परेका थिए। उद्दारको लागि नेपाली दूतावास, लगायत विभिन्न निकायलाई अनुरोध गरेका थिए । 

स्वदेश फिर्ता हुनेहरुमा चितवनका सुरज जिसी, दाङका प्रमोद चौधरी, पाल्पाका जितबहादुर सार्की, रुपैन्देहीका प्रदीप पोखरेल, लमजुङका मिलन राना मगर, सिन्धुपाल्चोकका सोनाम खोले, राजेश सुवेदी, चितवनका प्रकाश गुरुङ,  प्युठानका रुमबहादुर घर्ती मगर, मकवानपुरका शम्भू घिसिङ, गुल्मीका सुरज नेपाली छन्।  त्यस्तै, अर्घाखाँचीका सन्दीप श्रेष्ठ, गुल्मीका अर्जुन क्षेत्री, अर्घाखाँचीका राजकुमार श्रेष्ठ, रोल्पाका निरन घर्ती मगर,  पाल्पाका शेरबहादुर थापा,  बर्दियाका जोगेन्द्र नगरकोटी, दाङका  दिनेश चौधरी, सुशिल पुन मगर, झापाका बालकृष्ण रिजाल, रूपन्देहीका बलबहादुर खत्री, कास्कीका राजन दरलामी मगर, पाल्पाका विष्णु नेपाली, पर्वतका रमेश सुनार गरी २४ जना रहेका छन्।

साउदी जान उनीहरूले प्रतिव्यक्ति १ लाख पचास हजारदेखि २ लाखसम्म मेनपावर सञ्चालक विष्णु सापकोटालाई बुझाएका थिए । आफूहरु अलपत्र परेको सुचना नेपाली दूतावास रियादमा १४ नोभेम्बर २०२२ का दिन जानकारी दिएका थिए । दूतावासमका अनुसार पिजन मेनपावरले कामदार माग प्रमाणीकरणमा २ वर्ष भिसा भनी डकुमेन्ट संकलन गरेको थियो। तर, मेनपावरले नेपालबाट भिजिट भिसा जारी गरेको पाइनुको  साथै भिसा स्टामिङमा टेम्पोररी भिसा लेखिएता पनि वैदेशिक रोजगार विभागले  कामदार भिषा भनी श्रम स्वीकृति दिएको थियो । भिजिट भिसा ३ अथवा ६ महिनाको भएता पनि कम्पनीले १ वर्षसम्म वर्किङ भिसा भनी काममा लगाएको थियो। साउदीको नियमअनुसार भिजिट भिसामा साउदी आउने जो कसैको पनि अकामा कार्ड नबन्ने नियम रहेको छ । जसले गर्दा उनीहरु  इलिगल समेत भएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते