२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

अब वैदेशिक रोजगार विभागमा जाँदा परिचयपत्र अनिवार्य

११ फाल्गुन २०७९, बिहीबार १२:१२

फागुन ११, काठमाडौँ | वैदेशिक रोजगार विभागले सेवाग्राहीहरुलाई आफ्नो परिचयपत्र खुल्ने कागजात बिना कार्यालयमा प्रवेश गर्न नदिने भएको छ । सेवाग्राहीले कार्यसम्पादनको क्रममा कार्यालय परिसरमै नारा जुलुस गर्ने क्रम बढेपछि विभागले यस्तो नियम बनाएको हो । 

कार्य वातावरणलाई शान्त र सुव्यवस्थित बनाउन सेवाग्राहीको प्रवेशमा कडाइ गर्नुपरेको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले बताए । पछिल्ला दिनमा कानुन, विधि र प्रक्रियाविपरीत कार्यालयभित्र नाराजुलुस गर्ने, अमर्यादित भाषाको प्रयोग गरी आतंक मच्चाउने जस्ता गतिविधि बढेपछि काम गर्ने वातावरण प्रभावित हुँदै गएको उनको भनाइ छ । 

साथै, उनले कार्यालयको काम कारबाहीप्रति कुनै गुनासो भए कानुनी प्रक्रियाबमोजिम गुनासो लिएर आउन सेवाग्राहीलाई आग्रहसमेत गरेका छन् । 

‘कार्यालयको कार्य वातावरणलाई शान्त र सुव्यवस्थित बनाई सम्बन्धित व्यक्तिको प्रवेशलाई व्यवस्थित गर्न विभाग प्रवेशमा केही कडाई गरिएको हुँदा, विभागमा काम लिएर आउनुहुने सेवाग्राहीहरुले आफ्नो परिचयपत्र खुल्ने कागजात लिई विभाग प्रवेश गर्नुहुन अनुरोध छ’, आज जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य