२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

कुवेतमा मृत्यु भएका १०१ नेपाली कामदारका परिवारलाई ७ करोड क्षतिपूर्ति

२०७९, १ चैत्र बुधबार ०७:५९

चैत १, काठमाडौँ | कुवेतस्थित नेपाली दूतावासले १०१ जना नेपाली कामदारलाई ७ करोड २७ लाख रुपैयाँ क्षतिपूर्ति नेपाल पठाएको छ । नेपाली दूतावासका अनुसार अदालतमा मुद्दा लडेर मृतकका परिवारलाई क्षतिपूर्ति दिलाएको हो । दूतावासले स्थानीय कानुन व्यवसायीसँग सहयोग लिई अदालतमा मुद्दा लड्दै आएको हो । कुवेतमा एकजना पीडितलाई क्षतिपूर्ति दिलाउन  कम्तीमा दुई वर्षसम्म लाग्ने गर्छ ।

दूतावासका अनुसार कार्यस्थल र सडक दुर्घटनामा परी मृत्यु भएकाहरूले मात्रै बिमाबापत क्षतिपूर्ति दिने गरिएको छ । त्यसबाहेक मृतक कामदारको परिवारको संख्या हेरी पनि क्षतिपूर्ति रकम निर्धारण हुने दूतावासले जनाएको छ ।


सबैभन्दा बढी धनुषाका मृतक शम्भु शाहको परिवारले १ करोड ७ लाख ८३ हजार रुपैयाँ क्षतिपूर्ति पाएका छन् । यो रकम किस्ता-किस्तामा दूतावासमा जम्मा भएको थियो । सन् २०१५ सेप्टेम्बरमा काम गर्ने क्रममा उच्च स्थानबाट झरेर शाहको मृत्यु भएको थियो ।

खोटाङका पासाङ दोर्ची शेर्पाका परिवारले ९६ लाख ४२ हजार रुपैयाँ क्षतिपूर्ति पाएका छन् । १८ सेप्टेम्बर २०१८ मा बस दुर्घटनामा परी शेर्पाको मृत्यु भएको थियो । उनी कामबाट क्याम्पमा जानेक्रममा बस दुर्घटनामा परेको थिए ।

खोटाङका गंगाबहादुर गुर्वाछाने मगरले ८१ लाख ६८ हजार रुपैयाँ क्षतिपूर्ति पाएका छन् । गंगाबहादुर काम गर्नेक्रममा घाइते भएका थिए । अस्पतालले गंगाबहादुरको शरीर ९९ प्रतिशत काम नलाग्ने र दीर्घकालसम्म हेरविचार गर्नुपर्ने रिपोर्ट दिएपछि अदालतले ८१ लाख रुपैयाँ क्षतिपूर्ति तोकेको हो । गंगाबहादुर नेपाल आइसकेका छन् ।

त्यस्तै तनहुँका मृतक वीरबहादुर गुरुङका परिवारलाई ५९ लाख ८५ हजार रुपैयाँ क्षतिपूर्ति प्राप्त भएको छ । उनको पनि कार्यस्थलमा नै मृत्यु भएको थियो । कास्कीका मृतक हरिबहादुर क्षेत्रीका परिवारले ३३ लाख ७६ हजार रुपैयाँ क्षतिपूर्ति पाएका छन् । सुनसरीका मृतक पदमबहादुर मगरको परिवारलाई ३४ लाख ९२ हजार रुपैयाँ क्षतिपूर्ति दिइएको दूतावासले जनाएकफ छ । रामेछापका मृतक राजकुमारी सुनुवारको परिवारलाई २८ लाख ७० हजार रुपैयाँ दिइएको छ ।

दूतावासले क्षतिपूर्ति रकम परराष्ट्र मन्त्रालय हुँदै सम्बन्धित जिल्ला प्रशासन कार्यालय पठाएको छ । जिल्ला प्रशासन कार्यालयले क्षतिपूर्ति रकम हकवाला व्यक्तिलाई दिने दूतावासले जनाएको छ । कुवेतमा सुतेको सुत्यै अवस्थामा मृत्यु भएका कामदारलाई भने क्षतिपूर्ति रकम दिइँदैन। पछिल्लो तीन वर्षमा कुवेतमा ७ महिलासहित १४४ जनाको मृत्यु भएको थियो । त्यसमध्ये ५ जना मात्रै कार्यस्थलमा मृत्यु भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते