तपाइँहरु पनि बैदेशिक रोजगारीमा जान चाहनुहुन्छ र नेपालबाट कानुनीरुपमा कुन-कुन देशमा जान मान्यता रहेछ हेरेर बुझेर मात्र बैदेशिक रोजगारीमा जानु पर्छ | बैदेशिक रोजगारीमा सरकारले जानको लागि मान्यता नदिएको देशहरुमा जाँदा समस्यामा पर्न सकिन्छ | नेपाल सरकारले तल तोकिएका देशमा जानेहरुको लागि मात्र श्रम स्वीकृति दिने गरेको छ |

बैदेशिक रोजगारमा जानका लागि कानुनी प्रकृया पुर्याई व्यक्तिगत र संस्थागत गरि २ किसिमले बैदेशिक रोजगार विभाग अन्तर्गत ताहाचल स्थित कार्यालयहरुबाट श्रम स्वीकृति प्राप्त गर्न सकिन्छ ।

संस्थागत रुपमा बैदेशिक रोजगारमा कामदार पठाउने कार्य बैदेशिक रोजगार व्यवसाय संचालन गर्न इजाजतपत्र लिई नियमित रुपमा नविकरण भएका इजाजतपत्रवाला संस्थाहरु (म्यानपावर कम्पनी)ले गर्दछन् । तपाईले सम्पर्क गरेको संस्था बैदेशिक रोजगार विभागबाट इजाजत लिएको मेनपावर कम्पनी हो की होइन रु उक्त मेनपावरको काम कारवाही रोक्का भएको छ छैन रु तथा खारेजीमा परेको छ छैन बुझ्नु होस । व्यक्तिगत प्रयासबाट भिषा प्राप्त गरी वैदेशिक रोजगारमा जाने व्यक्तिले नेपाली दूतावास प्रमाणित सक्कल कागजात सहित स्यवं उपस्थित भई श्रम स्वीकृति लिन सक्नु हुनेछ ।

बैदेशिक रोजगारमा जांदा कुन काममा जाने ,सोको लागि कति खर्च लाग्छ ,काम गरेवापत तलव ,खाना र बस्ने व्यवस्था ,काम गर्नु पर्ने घण्टा , ओभरटाइम काम भत्ता ,करार अवधि आदि बारेमा राम्ररी जानकारी लिनुहोस् । देश , कम्पनी, काम गर्ने पद र पेशा , तलवभत्ता ,अन्य सुविधा र सेवाशर्तहरुबारे चित्त बुझेमा मात्र राजिखुसी साथ सम्झौतापत्रमा सही गर्नुहोस सो को १ प्रति आफूसँग राख्नुहोला । विमानस्थलमा फरक फरक सम्झौता गरेका कागज साथमा राखेको पाइएकोले एउटै कम्पनीसँगमात्र सम्झौता गर्नुहोस् दोहोरो सम्झौतापत्र नगर्नुहोस ठगिनु हुन्छ ।

बैदेशिक रोजगारमा जांदा कुन संस्थाबाट वा को मार्फत जाने हो त्यसको बारेमा यथेष्ठ जानकारी राख्नुहोस् । दलाल मार्फत् वा त्यस्तै व्यक्तिबाट जाने प्रयत्न नगर्नुहोस् ठगिने र विदेशमा अलपत्र पर्ने प्रवल सम्भावना रहन्छ । कन्सल्टेन्सी फर्म ,ट्राभल एजेन्सी , मनी ट्रान्सफर चेन्जर ,दलाल , एजेन्ट , कुनै पनि संस्थालाई बैदेशिक रोजगारमा पठाउने अधिकार प्राप्त छैन । यी कसैलाई पनि रकम नदिनु होस ठगिने वढी सम्भावना हुन्छ ।

आफ्नो नाममा भिषा प्राप्त भई बैदेशिक रोजगारमा जाने निश्चित भएपछि मेनपावर कम्पनीको वैंक खातामा वा प्रधान कार्यालयमा मात्र रकम बुझाउनु होला साथै बुझाएको रकमको भर्पाई अनिवार्य रुपमा लिनुहोला । पूर्व स्वीकृति अनुसारको विज्ञापनमा उल्लेख भएको भन्दा बढी रकम कसैलाई नदिनुहोला ।

इजाजत प्राप्त मेनपावर कम्पनीले विदेश पठाउन पासपोर्ट माग गरेमा कुन देशमा कुन कामका लागि कति अवधि भित्र पठाउने र कति लागतमा पठाउने हो रु एकीन गरी भर्पाई लिएर मात्र सक्कल पासपोर्ट बुझाउनु होला ।

जान चाहेको देशको बारेमा राम्रो जानकारी राख्नुहोस् । त्यो देशको भाषा संस्कृति ,रहन सहन, चालचलन , रिति रिवाज र कानूनको बारेमा आवश्यक जानकारी राख्नुहोस् ।

आफू काम गर्न जाने मुलुकमा रहेको नेपाली दूतावासको सम्पर्क ठेगाना , अन्य कामदारलाई सघाउने र सहयोग गर्ने संघसंस्थाहरुको फोन र फ्याक्स नं. डायरीमा टिप्नुहोस् । अथवा जानेको मानिससँग लेख्न लगाउनुहोस् ।

सूचिकृत स्वास्थ्य संस्थाबाट मात्र स्वास्थ्य परीक्षण गराई तोकिएको होलोग्राम भएको स्वास्थ्य परिक्षण प्रमाण पत्र लिनुहोस् ।

सरकारले तोकेको बीमा कम्पनीमा गई करार अवधि अनुसार कम्तीमा रु ५ लाखको जीवन बीमा गराउनुहोस् ।

कल्याणकारी कोषमा रु १,००० ।—बुझाई रसिद लिनुहोस् । सो रकम नतिरी श्रम स्वीकृति पाइदैन ।

विदेश जानु अघि स्वीकृत अभिमुखिकरण संस्थामा गई अनिवार्य रुपमा २ दिनको अभिमुखिकरण तालिम तालिम तथा जाने मुलुकको श्रम कानून सम्बन्धी जानकारी लिनुहोुस् । सो अभिमुखिकरण तालिमबाट आफु जाने देशको भौगोलिक अवस्था, हावापानी, ट्राफिक नियम, श्रम सम्वन्धी सामान्य कानुनी प्रावधान लगायतका विषयमा पर्याप्त जानकारी प्राप्त हुनेछ ।

वैदेशिक रोजगारीमा जान लागेका नेपाली नागरिकहरुले विदेश प्रस्थान गर्नु अगाडि आफुले प्राप्त गरेका रोजगार सम्बद्ध कागजातहरुको प्रतिलिपिहरु एक एक थान आफ्नो घरमा सुरक्षित साथ राख्ने र आफ्नो साथमा लिएर जानपर्ने कागजातहरु रुजुगरि लिई जाने ताकी अध्यागमनको प्रस्थान कक्षमा वा विदेशमा पुगेर समस्या झेल्नु नपरोस् ।

नेपाल सरकारबाट संस्थागत रुपमा बैदेशिक रोजगारका लागि खुल्ला गरिएका देशहरुको नामावली यस प्रकारको छ, यस बाहेक अन्य देशमा बैदेशिक रोजगारीमा जानु हुँदैन |

1. Afghanistan* (हाल रोक्का गरिएको)

2. Albenia

3. Algeria

4. Argentina

5. Armenia

6. Australia

7. Austria

8. Azerbaijan

9. Bahrain

10. Bangladesh

11. Belarus

12. Belgiam

13. Bolevia

14. Bosnia Herz

15. Brazil

16. Brunei

17. Bulgaria

18. Canada

19. Chile

20. China

21. Columbia

22. Combodia

23. Congo

24. Costarica

25. Crotia

26. Cuba

27. Cyprus

28. Czech Republic

29. Denmark

30. Egypt

31. Estonia

32. Fiji

33. Finland

34. France

35. Germany

36. Great Britain

37. Greece

38. Guana

39. Holysee

40. Hongkong

41. Hungary

42. Iceland

43. Indonesia

44. Iran

45. Iraq* (हाल रोक्का गरिएको)

46. Ireland

47. Israel

48. Italy

49. Japan

50. Jordan

51. Kazakhastan

52. Kenya

53. Kosovo

54. Kuwait

55. Laos PDR

56. Latvia

57. Lebanon

58. Libya* (हाल रोक्का भएको)

59. Luxzemburg

60. Macau

61. Malaysia

62. Maldives

63. Malta

64. Mecedonia

65. Mexico

66. Moldova

67. Mongolia

68. Moritius

69. Morocco

70. Mozambique

71. Myanmar

72. Netherland

73. New Zealand

74. Nicaragua

75. Nigeria

76. Norway

77. Oman

78. Pakistan

79. Panama

80. Peru

81. Poland

82. Portugal

83. Qatar

84. Republic of Korea

85. Republic of Slovak

86. Rumenia

87. Russia

88. Saipan

89. Saudi Arabia

90. Singapore

91. Slovenia

92. South Africa

93. Spain

94. Sri Lanka

95. Sweden

96. Switzerland

97. Sychelese

98. Tanzania

99. Thailand

100. The Philippines

101. Tunetia

102. Turkey

103. Uganda

104. Ukrain

105. United Arab Emirates

106. United States of America

107. Uzbekistan

108. Venezuala

109. Vietnam

110. Zambia

स्रोत: http://www.dofe.gov.np

नेपालबाट बैदेशिक रोजगारीका लागि मान्यता प्राप्त देशहरु
Leave a Comment