2026-09-10 11:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा अवैधानिक नेपाली कामदारहरुले स्वेच्छाले नेपाल फर्किन चाहेमा यसो गर्नुस् (सूचना)

सास | मलेसियामा अवैधानिक भएर पनि बसिरहेका नेपाली कामदारहरूले स्वेच्छिक रुपमा नेपाल फर्कन चाहनुहुन्छ भने ३० अगस्ट २०१८ भित्र नेपाल फिर्ता भईसक्नुपर्नेछ । मलेसिया स्थित नेपाली दुतावासले यस सम्बन्धि सूचना प्रकाशन गर्दै जानकारी दिएको छ, जुन सूचना तल हेर्न सक्नुहुनेछ ।

१. एकतर्फी यात्रा अनुमतिपत्र (TRAVEL DOCUMENT): आफूसाथमा पासपोर्ट नभएमा अबैधानिक नेपाली कामदारले ३+१ कार्यक्रम अन्तर्गत नेपाल जान चाहेमा नेपाली राजदुतावासबाट मलेसियन रिंगेट १६०/- राजश्व तिरेर एकातर्फी यात्रा अनुमति लिनुपर्छ । साथै राहदानी भएका तर अवैधानिक रहेका नेपाली कामदारहरुलाई नेपाली दुतावास आईराख्नुपर्ने हुँदैन । 

२. अध्यागमन विभागमा लाग्ने खर्च: यात्रा अनुमतिपत्र बनेपछि मलेसियाको अध्यागमन विभाग गई जरिवाना बापत मलेसियन रिंगेट ३००/- र स्पेसल पास बापत मलेसियन रिंगेट १००/- गरी जम्मा मलेसियन रिंगेट ४००/- तिर्नु पर्छ ।

३. हवाई टिकटको खर्च कामदार आफैले बेहोर्नुपर्ने हुन्छ । 

४. अवैधानिक कामदारले दिएको आवेदन मलेसियन अध्यागमन विभागद्वारा स्वीकृत भएमा सो विभागले स्पेसल पास दिन्छ र तोकिएको समय भित्र स्वदेश फिर्ता हुनुपर्नेछ ।

५. मलेसियन अध्यागमन विभागले स्वदेश फिर्ता हुन चाहने अवैधानिक विदेशी कामदारलाई कागजी प्रक्रियामा सहयोग गर्न ८ वटा मलेसियन कम्पनीहरू तोकेको छ । मलेसियन अध्यागमन विभागबाट प्राप्त सूचना बमोजिम सबै अवैधानिक कामदारहरु सोहि कम्पनीहरु मार्फत जानु पर्ने भएको र सो बापत जम्मा मलेसियन रिंगेट ४००/- सेवा शुल्क उक्त कम्पनीलाई तिर्नुपर्ने हुन्छ । सो शुल्क वापत उक्त कम्पनीले आवेदकलाई अध्यागमन बिभाग लैजाने र फिर्ता ल्याउने व्यवस्था मिलाउनुको साथै सम्पूर्ण दर्ता प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ र नेपाल फिर्ता हुने टिकट खरिद गर्न आवेदकलाई सहयोग गर्नुपर्ने हुन्छ ।

उक्त कम्पनीहरुको नाम तथा अन्य विवरण देहाय बमोजिम छ । 

1. International Marketing and Net (IMAN) Resources Sdn. Bhd. 

LOT 43-44, Ground Floor Complex Wilayah 2 Man Munshi Abdullah 50100 Kuala Lumpur

Contact: +60326021230

2. Harfaase Resource Sdn. Bhd.

No 32-2. Mimi Metro Wangsa, Seksyen 2, 53300 Wangsa Maju, Kuala Lumpur

Contact: Tel +6034149 6414

3. Bukti Megah Sdn. Bhd.

C3-3-6, lalan Dutamas I. Solaris Dutamas, 50480 Kuala Lumpur

Contact: Tel. +607 333 8797, 0194849666 (HOTLINE)

4. Kericom Sdn. Bhd.

Menara Ikhlas, 17 Persiaran Perdana, Presint 3.62100 Putrjaya

Contact: +60388930261

5. Profound Radiance Sdn. Bhd.

Lot 2.47-2048-2.49-2.50. 214 Floor Kompleks Wilayah, No. 2 Satan, Munshi Abdullah, 50100 Kuala Lumpur

Contact: +60326919151

6. Bu kti Mahligai Sdn. Bhd. (No Contact Detail Avilable)

7. MAP Consortium

Contact: +60378018888

8. Perunding Zon Jcrnlh Sdn. Bhd. (No Contact Detail Avilable) 

 

:: माथिको सूचना मलेसिया स्थित नेपाली राजदूतावासको फेसबुक पेजबाट साभार गरिएको हो ।

>> वैदेशिक रोजगार मोबाइल एप डाउनलोड गरेर तपाइले सबै म्यानपावरको जानकारी, बैदेशिक रोजगारसम्बन्धि समाचार, दैनिक विनिमय दर र बैदेशिक रोजगारीको बिबिध जानकारी लिन सक्नुहुनेछ: यो लिंकमा क्लिक गर्नुहोस् https://goo.gl/QbRYoC 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो एमाले बैठकमा संसद् पुनर्स्थापनाबारे छलफल हुन्छ : महेश बस्नेत जेनजी आन्दोलनको एक वर्षपछि ओलीले बालकोटबाट सम्बोधन गर्दै जापानमा नेपाली विद्यार्थीको हत्या आरोपमा तीन नेपाली पक्राउ