2026-09-10 11:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट TV ल्याउँदा वा १०० ग्राम सुन ल्याउँदा कती कर लाग्छ ? (मूल्य सहित)

वैदेशिक रोजगारीबाट घर फर्कनेले एक सय ग्राम काँचो सुन कर तिरेर ल्याउन पाउनेछन् ।

पछिल्लो आर्थिक बर्षको बजेट भाषणपछि लागेको यो नियम अनुसार वैदेशिक रोजगारीबाट नेपाल फर्कने नेपालीहरुलाई कर तिरेर एक सय ग्रामसम्म काँचो सुन लिएर आउन पाउने नीति लिएको हो । यसअघि नेपाल आउने बिदेशी, गैरआवासीय नेपाली र वैदेशिक रोजगारीबाट फर्किएका नेपालीले काँचो सुन तथा चाँदी लिएर आउन पाउने थिएनन् । हालै मात्र आएको बजेटले भने वैदेशिक रोजगारीबाट घर फर्किदा १०० ग्रामसम्मको काँचो सुन लिएर आउन पाउने व्यवस्था गरिएको छ । तर त्यसको कर भने तिर्नुपर्ने हुन्छ ।

विदेशबाट काँचो सुन लिएर आउँदा कति कर तिर्नुपर्छ ?

नेपालको भन्सार विभागले निकालेको आर्थिक विधेयकको पृष्‍ठ ३६८ अनुसार काँचो सुनको दुईवटा महसुल दर हुनेछन्:

१) १ ग्राम देखी ५० ग्रामसम्म काँचो सुन लिएर आउँदा प्रति १० ग्रामको कर = ५२०० रुपैयाँ । 

उदाहरण:- मानौं तपाइले १० ग्राम काँचो सुन ल्याउनुभएको छ भने १x५२००= ५२०० रुपैयाँ, त्यस्तै तपाइले ४० ग्राम काँचो सुन ल्याउनुभएको छ भने ४x५२००= २०,८००/- रुपैयाँ लाग्छ । 

२) ५० ग्राम देखी १०० ग्राम सम्मको काँचो सुन लिएर जाँदा प्रति १० ग्रामको ६२०० रुपैयाँ ।

उदाहरण:- मानौं तपाइले १०० ग्राम काँचो सुन लिएर नेपाल आउनु भयो भने तपाइले तिर्नुपर्ने कर पहिलो ५० ग्राममा माथिको नियम लागु हुन्छ । ५० ग्राम काँचो सुन ल्याउँदा तपाइँलाई कुल २६,०००/- कर लाग्छ । त्यसपछि प्रति १० ग्राम ६२०० रुपैयाँ लाग्छ । नियम अनुसार अब १०० ग्राम सुनको ५ x ६२०० = ३१,०००/- रुपैयाँ पर्छ । यसको मतलब अब पहिलो ५० ग्रामको मूल्य २६,०००/- र अर्को ५० ग्रामको मूल्य ३१,०००/- पर्दा अब कुल १०० ग्राम सुन ल्याउँदा ५७,०००/- कर तिर्नुपर्ने हुन्छ । (पहिलो ५० ग्रामको २६,०००/- मा दोश्रो ५० ग्रामको ३१,००० जोडदा तपाईंले १०० ग्राम काँचो सुनको कर नेपाली रुपैयाँ ‍५७,०००/- रुपैयाँ महसूल तिर्नु परेको हो ।)

नझुकिनु होस्: ५० ग्रामसम्मको गहना लैजाँदा कुनै शुल्क तिर्नु पर्दैन ।

याद राख्नुहोस्: १०० ग्रामभन्दा बढी काँचो सुन लगेमा भने जति बढी छ त्यति जफत हुनेछ । मानौं तपाइले २०० ग्राम काँचो सुन लिएर नेपाल आउनुभएको छ भने १०० ग्राम भन्सारले जफत गर्छ ।

विदेशबाट ल्याउने टेलिभिजनमा के कती कर लाग्छ ?

पहिलाको जस्तै यो वर्ष पनि वैदेशिक रोजगारमा गई कम्तिमा एक वर्ष पछी नेपाल फर्कने नेपालीले एक पटकका लागि जुनसुकै प्रकारको ३२ इन्चसम्मको टेलिभिजन ल्याउँदा कुनै कर तिर्नु पर्दैन ।

३२ इन्च भन्दा माथिको टि.भीमा कती कर तिर्नुपर्छ ? 

नेपाल राजपत्रमा प्रकाशित निजी गुण्टा, झिटी भारी सम्बन्धी सूचनामा उल्लिखित टेलिभिजन मध्ये एल.सी.डी., प्लाज्मा वा एल.इ.डी. टेलिभिजनमा आर्थिक विधेयकको अनुसूचीको दफा २२ को उपदफा (१२) बमोजिम थप ५५ प्रतिशत भन्सार महसुल लाग्नेछ !

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो एमाले बैठकमा संसद् पुनर्स्थापनाबारे छलफल हुन्छ : महेश बस्नेत जेनजी आन्दोलनको एक वर्षपछि ओलीले बालकोटबाट सम्बोधन गर्दै जापानमा नेपाली विद्यार्थीको हत्या आरोपमा तीन नेपाली पक्राउ