Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट नेपाल फर्कंदै हुनुहुन्छ ? के-के सामान ल्याउँदा भन्सार लाग्दैन ? जान्नुहोस्

२०७५, १८ आश्विन बिहीबार ०३:१०

असोज १८, काठमाडौँ | विदेशबाट घर फर्कँदै हुनुहुन्छ भने यो जानकारी तपाइको लागि महत्वपूर्ण हुनसक्छ । तपाईले विदेशबाट ल्याउने कतिपय सामानमा भन्सार शुल्क लाग्दैन । यदी भन्सार शुल्क बारे जानकारी नलिई सामानहरु ल्याउँदा वा तोकिएको परिमाण भन्दा बढी सामान ल्याउँदा जफत हुने तथा अनावश्यक शुल्कहरु बुझाउनुपर्ने हुनसक्छ । 

विदेशबाट फर्किनेले खासगरी मोबाइल, टिभी तथा अन्य विद्युतीय सामान, गरगहना र मदिरा ल्याउँदा निकै विचार पुर्याउनुपर्ने हुन्छ । यस्ता सामानहरु नेपालीहरुले बैदेशिक रोजगारीबाट फर्कंदा बढी ल्याउने सामानमा गनिन्छ त्यसैले पनि भन्सारमा यस्ता कुराहरुमा बढी ध्यान दिइन्छ । कतिपय सामानहरु ल्याउदा तोकिएको भन्सार कर तिर्नुपर्ने हुन्छ भने कतिपय सामानहरु सिधै जफत पनि हुनसक्छ ।

विदेशबाट आउनेले भन्सार तिर्न पर्ने नपर्ने बस्तुहरुको सम्वन्धमा भन्सार ऐन २०६४ को दफा ९ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी निजी गुण्टा, झिटी भारी सम्वन्धी व्यवस्था गरिएको छ ।

नेपालमा स्थानीय बसोबास गर्ने नागरिकले विदेशमा गई फर्कँदा व्यक्तिगत प्रयोजनका लागि ल्याउने सामानमा पूर्ण भन्सार छुट हुन्छ । जसमा लुगाफाटा, बरबिछ्यौनादेखि गृहस्थीका पुराना सामान र औषधि उपचार गराई नेपाल फर्केका विरामीले ल्याउने औषधिमा कुनै भन्सार कर नलाग्ने भन्सार कार्यालयले जनाएको छ । त्यस्तै आफुले प्रयोग गरेको मोबाइल, ल्यापटप, क्यामेरा जस्ता सामानहरुमा पनि कुनै कर लाग्दैन । त्यस्तै विदेसिएकाले घडी, स्टिल क्यामरा, भिडियो क्यामरा, सेलुलर मोवाइल फोन, पेन ड्राइभ, ट्याबलेट वा ल्यापटप वा कम्प्युटर, टेलिभिजन, म्युजिक सिस्टम, रेफ्रिजेरेटर, वासिङ मेसिन, पंखा, रेडियो एक–एक सेटसम्म ल्याउन पाइनेछ ।

त्यस्तै शारीरिक रुपमा अशक्त व्यक्ति हुनुहुन्छ भने आफ्नो प्रयोग गर्ने सामान, बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक–एक थान ल्याउन पाउछन् । त्यस्तै सुनको गहना पचास ग्रामसम्म, चाँदीको गहना पाँचसय ग्रामसम्म र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहरात जडित साथमा ल्याएको गहना गुरियामा भन्सार छुट रहेको छ । तोकिएभन्दा बढी ल्याएमा ऐनअनुसार कारबाही तथा जरिवाना हुने कार्यालयले जनाएको छ ।

त्यस्तै एक लिटरसम्मको मदिरा बोत्तलमा भन्सार शुल्क लाग्दैन । त्योभन्दा बढी परिमाण ल्याए जफत हुन सक्छ । 

त्यस्तै पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरु एक–एक थानमा पूर्ण भन्सार छुट हुन्छ । डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलाडीको खेलकुद सम्बन्धी सामान फुटबल, भलिबल, ब्याटमिन्टन सेट, गवैयाको सामान्य बाजा जस्तै– गितार, हार्मोनियम, तबला, जस्ता सामानहरु पनि पूर्ण भन्सार छुटमा ल्याउन सकिन्छ । त्यस्तै विदेशबाट फर्किएकाहरुले शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कस्मेटिक लगायतका सामान पन्ध्र थान, घरायसी प्रयोगका सामान्य किसिममा उपकरण मिक्सर, जुसर, सिलाई मेसिन, ग्यास टेबुल इस्त्री (आइरन), राइसकुकर लगायतका दुई थान सामानमा पूर्ण भन्सार छुट हुनेछ । उल्लेखित सामान बाहेक नितान्त घर व्यवहारमा आवश्यक पर्ने सामान बढीमा दुई–दुई थान सम्ममा महसुल पूर्ण छुट हुनेछ।

त्यस्तै १० किलोग्रामसम्म खाद्य परिकार पनि ल्याउन सकिन्छ । सरकारले दिएको सुविधाभन्दा बढी सामान ल्याउँदा भने तोके बमोजिमको महसुल तिर्नुपर्ने हुन्छ । तर कुनै यात्रुले भन्सारमा घोषणा नगरी कुनै सामान लुकाई छिपाई ल्याउने वा लैजाने प्रयत्न गरेमा त्यस्तो सामान जफत गरी प्रचलित कानुन बमोजिम कारबाही हुने कार्यालयले जानकारी दिएको छ।

कार्यालयका अनुसार यी सामानमा यात्रुको अवस्था, परिवार संख्या, बसेको मुलुक र समयावधि समेतलाई ध्यानमा राखेर भन्सार कार्यालयका प्रमुखले औचित्य हेरी स्वीकृति पनि दिन सक्ने छन् ।

त्यस्तै मलेसिया तथा खाडी मुलुकको हकमा एक वर्ष भन्दा बढी काम गरी नेपाल फर्केका कामदारलाई भने ३२ इन्च भन्दा कम इन्चको एलइडीमा भन्सार महसुल नलाग्ने कार्यालयले जनाएको छ। यो नियम नेपाल सरकारबाट श्रम स्वीकृत लिएर गएका कामदारको हकमा मात्र लागू हुने छ। विदेश गएको समय र आउँदाको समय हेरेर अवधि मूल्याङ्कन गर्ने गरिन्छ।

नेपाली कामदारले मलेसिया तथा खाडी मुलुकबाट फर्कदाँ तीनवटा ब्ल्याङ्केट ल्याएमा दुईवटासम्मको सम्पूर्ण भन्सार महसुल छुट दिइने र अर्को एउटामा भने १ सय ५० रुपैयाँ लिन्छ । नेपाल सरकारले सुविधा दिएको भल्दा बढी सामान ल्याएमा सामानको मूल्याङ्कन हरी महसुल लिईन्छ । यसरी आएको सामान सम्बन्धित संस्था वा व्यक्तिले ७ दिनसम्ममा लिएमा प्रतिदिन प्रतिकिलो ३० पैसाको दरले गोदाम शूल्क लाग्छ ।

त्यस्तै ७ दिन देखि ३० दिनसम्म प्रतिदिन प्रतिकिलो ४० पैसा  र ३० दिन देखि ६० दिनसम्म प्रतिकिलो ८० पैसा गोदाम शूल्क लाग्छ । ६० दिन भित्रपनि सम्बन्धित व्यक्ति वा संस्था सामान लिन नआएको अवस्थामा गोदाम घरले विमानस्थल भन्सार कार्यालयललाई जिम्मा लगाउछ । भन्सार कार्यालयले पनि सामान बुझेपछि एक साताको हक  म्याद राखी हकदाबी सूचना निकाल्ने र कसैले हक दाबी नगरेको अवस्थामा सामान जफत गरी बिक्री वितरण गर्ने प्रावधान छ ।

त्यस्तै लेवर चार्ज प्रतिकिलो २ रुपैयाँ ५० पैसा र ऐजेन्ट शुल्क १ रुपैयाँ देखि ५ सय रुपैयाँ सम्म महसुल तिर्नुपर्ने हुन्छ । 

विदेशबाट काँचो सुन लिएर आउँदा कति कर तिर्नुपर्छ ?

नेपालको भन्सार विभागले निकालेको आर्थिक विधेयकको पृष्‍ठ ३६८ अनुसार काँचो सुनको दुईवटा महसुल दर हुनेछन्:

१) १ ग्राम देखी ५० ग्रामसम्म काँचो सुन लिएर आउँदा प्रति १० ग्रामको कर = ५२०० रुपैयाँ । 

उदाहरण:- मानौं तपाइले १० ग्राम काँचो सुन ल्याउनुभएको छ भने १x५२००= ५२०० रुपैयाँ, त्यस्तै तपाइले ४० ग्राम काँचो सुन ल्याउनुभएको छ भने ४x५२००= २०,८००/- रुपैयाँ लाग्छ । 

२) ५० ग्राम देखी १०० ग्राम सम्मको काँचो सुन लिएर जाँदा प्रति १० ग्रामको ६२०० रुपैयाँ ।

उदाहरण:- मानौं तपाइले १०० ग्राम काँचो सुन लिएर नेपाल आउनु भयो भने तपाइले तिर्नुपर्ने कर पहिलो ५० ग्राममा माथिको नियम लागु हुन्छ । ५० ग्राम काँचो सुन ल्याउँदा तपाइँलाई कुल २६,०००/- कर लाग्छ । त्यसपछि प्रति १० ग्राम ६२०० रुपैयाँ लाग्छ । नियम अनुसार अब १०० ग्राम सुनको ५ x ६२०० = ३१,०००/- रुपैयाँ पर्छ । यसको मतलब अब पहिलो ५० ग्रामको मूल्य २६,०००/- र अर्को ५० ग्रामको मूल्य ३१,०००/- पर्दा अब कुल १०० ग्राम सुन ल्याउँदा ५७,०००/- कर तिर्नुपर्ने हुन्छ । (पहिलो ५० ग्रामको २६,०००/- मा दोश्रो ५० ग्रामको ३१,००० जोडदा तपाईंले १०० ग्राम काँचो सुनको कर नेपाली रुपैयाँ ‍५७,०००/- रुपैयाँ महसूल तिर्नु परेको हो ।)

नझुकिनु होस्: ५० ग्रामसम्मको गहना लैजाँदा कुनै शुल्क तिर्नु पर्दैन ।

याद राख्नुहोस्: १०० ग्रामभन्दा बढी काँचो सुन लगेमा भने जति बढी छ त्यति जफत हुनेछ । मानौं तपाइले २०० ग्राम काँचो सुन लिएर नेपाल आउनुभएको छ भने १०० ग्राम भन्सारले जफत गर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै