सास | बैदेशिक रोजगार प्रवर्दन बोर्डबाट प्रदान गरिने आर्थिक सहायता र औषधिपचार व्यवस्था र प्रक्रिया अन्तर्गत कुनै पनि कामदार बैदेशिक रोजगारीको क्रममा मृत्यु भएको अवस्था छ भने उसको परिवारले आर्थिक सहायता पाउने व्यवस्था छ ।

बैदेशिक रोजगार ऐन २०६४ को दफा ३८ 'घ' मा उल्लेख भए अनुसार र बैदेशिक रोजगार नियमावली २०६४ को नियम २८ बमोजिम बैदेशिक रोजगारमा गई कुनै पनि कारणले मृत्य भएका कामदारका परिवारलाई निम्न अनुसार प्रक्रिया पुरा गरी रु. ३,००,००० (तीन लाख) आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था छ:-

आर्थिक सहायता पाउने सर्तहरु के-के ?

१. बैदेशिक रोजगार बिभागबाट श्रम स्वीकृति लिई गएको हुनुपर्छ ।

२. करार अवधिभित्र मृत्यु भएको हुनुपर्छ ।

३. मृत्यु भएको प्रमाणित भएको १ बर्षभित्र मृतक कामदारको हकवालाले वोर्डको सचिवालयमा निवेदन पेश गर्नुपर्ने हुन्छ ।

यो सहायता पाउन निवेदन साथ संलग्न हुनु पर्ने कागजातहरु:

- मृतक कामदारको पासपोर्ट

- श्रम स्वीकृति पत्र

- करारपत्र

- Death Certificate (यस्तो प्रमाणपत्र रोजगारदाता मुलुकले दिन्छ)

- सम्बन्धित दुतावासको शिफारिसपत्र

- मृत्युदर्ता प्रमाणपत्र

- हकवालासँग मृतकको नाता प्रमाणित पत्र

- मृतक कामदारको नागरिकता

- हकवालाको नागरिकता

- हकवालाको पासपोर्ट साइजको फोटो २ प्रति

- मृतक अविवाहित भए सो को प्रमाणित कागजात