2026-09-10 11:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारीको क्रममा अंगभंग भई फर्कने कामदारले कसरी र कति आर्थिक सहायता पाउँछन् ?

सास | बैदेशिक रोजगार प्रवर्दन बोर्डबाट प्रदान गरिने आर्थिक सहायता र औषधिपचार व्यवस्था र प्रक्रिया अन्तर्गत कुनै पनि कामदार बैदेशिक रोजगारीको क्रममा अंगभंग भएको अवस्था छ भने उसलाई प्रवर्धन वोर्डले अंगभंगको प्रकृति अनुसार ३,००,००० (तीन लाख) सम्म आर्थिक सहायता उपलब्ध गराउँछ । 

बैदेशिक रोजगार ऐन २०६४ को दफा ३८ ‘घ’ मा उल्लेख भए अनुसार र बैदेशिक रोजगार नियमावली २०६४ को नियम २८ बमोजिम यो व्यवस्था लागु भएको हो । 

आर्थिक सहायता पाउने सर्तहरु निम्न छन्: 

१. बैदेशिक रोजगार बिभागबाट श्रम स्वीकृति लिई गएको हुनुपर्छ ।

२. करार अवधिभित्र अंगभंग भएको हुनुपर्छ ।

३. अंगभंग भई स्वदेश फर्किएको १ बर्षभित्र बैदेशिक रोजगार प्रवर्धन वोर्डको सचिवालयमा निवेदन पेश गर्नुपर्ने हुन्छ ।

आर्थिक सहायता पाउनको लागि आवश्यक पर्ने कागजातहरु:-

– कामदारको पासपोर्ट 

– श्रम स्वीकृति पत्र

– करारपत्र 

– रोजगारदाता मूलुकमा उपचार गराएको प्रेसकिप्सन 

– सम्बन्धित दुतावासको शिफारिसपत्र 

– कामदारको नागरिकता 

– अंगभंग भएको कामदारको अंगभंग भएको फोटो 

– नेपाल फर्किएपछि सरकारी अस्पतालमा उपचार गराएको प्रेसकिप्सन 

– नेपाल फर्कंदाको हवाई टिकट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो एमाले बैठकमा संसद् पुनर्स्थापनाबारे छलफल हुन्छ : महेश बस्नेत जेनजी आन्दोलनको एक वर्षपछि ओलीले बालकोटबाट सम्बोधन गर्दै जापानमा नेपाली विद्यार्थीको हत्या आरोपमा तीन नेपाली पक्राउ