2026-09-10 11:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब बैदेशिक रोजगारीमा जानेहरुको लागि ‘बैदेशिक रोजगार बचत खाता’, यस्ता छन् १५ सुविधा

असार २६, काठमाडौँ | एनआईसी एसिया बैंकले बैदेशिक रोजगारीमा भएका तथा जान चाहनेहरुलाई मध्येनजर गर्दै चमत्कारिक बैदेशिक रोजगार बचत खाताको सुरुवात गरेको छ । बैंकले बैदेशिक रोजगारीमा जाने युवाहरुले आफूले बिदेशी भूमिमा दु:ख गरि कमाएको पैसा बचत होस् भन्ने हेतुले उक्त खाताको सुरुवात गरेको जनाएको छ । यो खाता खोलेर विदेश जाने युवाले बैंकमार्फत १० लाखसम्मको बिमा सुविधा पनि पाउने हुँदा यो खातामा विदेश जाने युवाहरु आकर्षित भएका छन् । 

बैंकका अनुसार यो खाता एनआईसी एसियाका जुनसुकै शाखाबाट पनि खोल्न सकिनेछ । विदेश जाने युवाहरुले आफ्नो घर चलाउने निश्चित रकम घरमा पठाएर बाँकी रहेको पैसा आफ्नै खातामा जम्मा गरुन् भन्ने हेतुले यस्तो खाता सुरुवात गरिएको बैंकले जनाएको छ । विदेश जाने युवाहरुले यस्तो खाता सहज रुपमा खोलुन् भन्ने हेतुले एनआईसी एसिया बैंकले सिनामंगल र सामाखुसी क्षेत्रमा दर्जन बढी कर्मचारी परिचालन गरेको छ । खटिएका कर्मचारीहरुले बैदेशिक रोजगारीमा जाने क्रममा रहेका युवाहरुलाई प्रत्यक्ष भेटेर उनीहरुलाई खाता खोल्न प्रोत्साहन गर्ने गरेका छन् । यही क्रममा बैंकबाट खटिएका एक कर्मचारीहरुले बताए अनुसार विदेश जाने तयारीमा रहेका अधिकांश युवाहरुले यस्तो खाता खोल्न उत्साहित भएको बताए । उनका अनुसार बैंकले यो खाताको स्किम ल्याएसँगै म्यानपावर कम्पनीहरु धेरै भएका क्षेत्रहरु बिशेष गरि गोंगबु तथा सिनामंगल क्षेत्रका एनआईसी एसिया बैंकका शाखाहरुमा बैदेशिक रोजगारमा जानेहरुले दैनिक यस्तो खाता खोल्न थालेका छन् । 

Read More+

‘खाता खोल्न सजिलो छ’

बैदेशिक रोजगारीमा जान चाहने तथा जाने तयारीमा रहेका युवाहरुले आफ्नो पासपोर्ट वा नागरिकताको फोटोकपी र २ प्रति फोटो लिएर एनआईसी एसिया बैंकको नेपालभरीको जुनसुकै शाखाबाट यस्तो खाता खोल्न सक्छन् । यो खाता खोल्नको लागि न्युनतम रु ५०० मात्र आफ्नो खातामा डिपोजिट गरे पुग्छ । त्यसपछि बैदेशिक रोजगारीमा गएर आफ्नो खातामा पैसा जम्मा गर्न सकिन्छ । ६.५ प्रतिशत ब्याज समेत पाइने यो खाताले बैदेशिक रोजगारीमा जान चाहने युवाहरुलाई बिभिन्न १५ प्रकारका सुविधाहरु प्रदान गरेको छ । 

यस्तो खाता खोल्ने युवाहरुले के-के सुविधा पाउन सक्छन् तल बुदागत रुपमा हेर्नुहोस् ? 

१. इन्टरनेट बैंकिंग (पहिलो बर्ष निशुल्क)

२.  मोबाइल बैंकिंग (पहिलो बर्ष निशुल्क)

३. डेविट कार्ड (पहिलो बर्ष निशुल्क) 

४. अनलाइनबाटै Fixed Deposit गर्न सकिने सुविधा 

५. FCY Exchange – Rebate on purchase and premium on sell (१५ पैसा मात्र)

६. अन्तराष्ट्रिय Visa Card – २ दिनमै पाइने (५०% छुटमा) 

७. Swift/ Demand Draft issuance – (२ लाखसम्म निशुल्क प्रोसेसिङ गरिने/प्रति बर्ष) 

८. Supplementary Card – (पहिलो बर्ष निशुल्क) 

९. Home Loan Processing Fees – 25 basis point

१०. Home Loan मा Interest Rate – Base Rate + Upto 3%

११. दुर्घटना मृत्यु/स्थाई रुपमा अशक्त विमा – १० लाख वा (मासिक बचतको ५ गुणामा जुन कम हुन्छ)

१२. ABBS Charge – ५ लाखसम्म निशुल्क

१३. ATM Withdrawal/Balance Inquiry – नेपाल भरीको ATM काउन्टरमा निशुल्क

१४. भाईवर बैंकिंग सुविधा – निशुल्क 

१५. Demat Account opening facility – निशुल्क दर्ता 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो एमाले बैठकमा संसद् पुनर्स्थापनाबारे छलफल हुन्छ : महेश बस्नेत जेनजी आन्दोलनको एक वर्षपछि ओलीले बालकोटबाट सम्बोधन गर्दै जापानमा नेपाली विद्यार्थीको हत्या आरोपमा तीन नेपाली पक्राउ