2026-09-10 11:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएई, कतार र कुवेतमा घरेलु कामदारको लागि के-के कागजात आवश्यक छ ? (पत्र सहित )

असोज ३, काठमाडौं | युएई, कतार तथा कुवेतस्थित नेपाली दूतावासले घरेलु कामदारको लागि पुनः श्रम स्वीकृतिको सिफारिस उपलब्ध गराउन थालेको छ । दूतावासहरुले सूचना जारी गर्दै पुनः श्रम स्वीकृबारे निवेदन लिईरहेका छन् । 

सरकारले घरेलु कामदारका लागि पुन : श्रम स्वीकृति दिने निर्णय गरेसँगै विदेशमा रहेका नेपाली दुतावासहरुले पुन : श्रम स्विकृतिका लागि शिफारिस दिन सुरु गरेका हुन् । श्रम स्वीकृति लिइ बिभिन्न देशमा कार्यरत भएर विदामा घर गइ पुनः पुरानै रोजगारदाताकोमा आउनेहरूका लागि मात्रै अर्को निर्णय नभएसम्मका लागि पुनः श्रमस्वीकृतिको सिफारिस दिने दूतावासहरुले जानकारी दिएका छन् ।

दुतावासहरुले बिभिन्न कागजात सहित सम्बन्धित देशको दुतावासमा गएर तोकिएको ढांचामा फारम भरि आवश्यक कागजात बुझाएमा श्रम स्वीकृति दिने जनाएका छन् । 

कतारको लागि कागजात के -के चाहिन्छ ?

१. म्याद रहेको नेपाली राहदानी र सो राहदानीको पृष्ठ न २ र ३ पेजको प्रतिलिपि 

२. घरेलु कामदारको रुपमा कतार आएको श्रम स्वीकृतिको प्रतिलिपि 

३. निवेदकको कतारी आईडीको प्रतिलिपि 

४. कतारको श्रम बिभागबाट प्रमाणित भएको करार सम्झौताको सक्कल तथा प्रतिलिपि 

५. रोजगारदाताको कतारी आईडीको प्रतिलिपि 

दुतावासले जुन रोजगारदाताकोमा श्रम स्वीकृति लिएर आएको हो त्यसैकोमा काम गर्नका लागि मात्रै यो पुनः स्वीकृति सिफारिस लागू हुनेछ । करार सम्झौताको प्रमाणीकरणसहित सिफारिसको १८५ रियाल लाग्ने समेत कतारस्थित दूतावासले जनाएको छ ।

युएईको लागि कागजात के -के चाहिन्छ ?

१. अवधि कायम भएको भिषा, राहदानी र करार सम्झौता को प्रमाणित प्रतिलिपि

२. रोजगारदाताको राहदानीको प्रतिलिपि 

३. घरेलु कामदारको रुपमा श्रम स्वीकृति लिई बैदेशिक रोजगारमा युएई आएको निस्साको प्रतिलिपि 

४. बिदामा स्वदेश गई पुन: बैदेशिक रोजगारीमा फर्कंदा साविककै रोजगारदाताकोमा जाने सुनिस्चितता हुने कागजात वा निस्सा 

कुवेतको लागि कागजात के -के चाहिन्छ ?

१. घरेलु कामदारको रुपमा श्रम स्वीकृति लिई कुवेतमा आएको पुष्टि गर्ने निस्सा प्रमाण 

२. बिदामा स्वदेश गई पुन: बैदेशिक रोजगारीमा साविककै रोजगारदाताकोमा आउने सुनिस्चित भएको सम्बन्धि कागजात 

३. म्याद कायम रहेको भिषा, राहदानी र करार सम्झौता 

४. रोजगारदाताको सम्पर्क नम्बर, ठेगाना, राहदानी तथा नागरिक परिचयपत्रको प्रतिलिपि 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो एमाले बैठकमा संसद् पुनर्स्थापनाबारे छलफल हुन्छ : महेश बस्नेत जेनजी आन्दोलनको एक वर्षपछि ओलीले बालकोटबाट सम्बोधन गर्दै जापानमा नेपाली विद्यार्थीको हत्या आरोपमा तीन नेपाली पक्राउ