फागुन ५, काठमाडौं । वैदेशिक रोजगारीको लागि मलेसिया जाँदै हुनुहुन्छ ? त्यसो भए तपाईलाई यो जानकारी महत्वपूर्ण छ । पहिलो पटक श्रम स्वीकृति लिएर रोजगारीको लागि मलेसिया जानको लागि एकमात्र विकल्प म्यानपावर कम्पनी हो ।

मलेसिया जानको लागि आफुले चाहेको डिमाण्ड हेरेर अन्तर्वार्ता भए अन्तर्वार्ता पश्च्यात मेडिकल प्रक्रिया पुरा गरि भिसाको लागि आवेदन दिनुपर्दछ । आवेदन दिइसकेपछि भिसा आए पनि म्यानपावर वा दलालले नक्कली भिसा पो थमाइदिने हो कि भन्ने डर धेरै जनालाई हुनसक्छ। यस्तो अवस्थामा अनलाइन मार्फत नै भिसा आए/नआएको चेक गर्न सकिन्छ जसले गर्दा ठगीमा पर्नबाट जोगिन सकिन्छ ।

भिसा बारे जानकारी लिने तरिका:

सबैभन्दा पहिले मलेसिया अध्यागमनले विदेशी कामदारलाई भिसाको अवस्था बारे बुझ्न सजिलो होस् भनि बनाएको वेबसाइट https://bit.ly/34TwAcR  मा जानुहोस्।

स्क्रिनमा पहेँलो बक्स देख्न सक्नुहुन्छ। यसमा भित्र भिसाको अवस्था बारेमा के STATUS आए आवेदन कुन अवस्थामा छ विस्तृत जानकारी दिएको छ।

जस्तै APPLICATION RECEIVED भन्नेले मलेसियन अध्यागमनले भिसाको आवेदन प्राप्त गर्यो भन्ने बुझाउँछ।

यो बक्स भन्दा तल ‘Application Number’ लेख्ने ठाउँ छ। यसमा कामदार मागपत्रको कागजमा आएको रिफरेन्स नम्बर (Reference Number) हाल्नुहोस्।

यो नम्बर भिसाको आवेदन दिँदा पनि लेख्नुपर्ने हुन्छ।

यति हालेर ‘Search’ मा क्लिक गर्नुहोस्।

यति गरेपछि भिसा आवेदनको अवस्था हेर्न मिल्छ।

के आए कस्तो अवस्था हुन्छ ?

स्रोत: मलेसियन अध्यागमनको वेबसाइट

तपाइको भिषा सक्कली हो वा नक्कली ? थाहा पाउने तरिका हेर्नुहोस्

Related News