Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारको श्रम मन्त्रालयद्वारा रोजगारदाताहरुले कामदारको सुरक्षाको लागि अपनाउनुपर्ने उपायहरुको सूचना

२०७७, १० बैशाख बुधबार ०७:१०

कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले रोजगारदाता कम्पनीहरुले आफ्ना कामदारहरुलाई कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउनका निम्ति अपनाउनुपर्ने उपायहरुका सम्बन्धमा जारी गरेको निर्देशन सम्बन्धी सूचना ।

कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले रोजगारदाता कम्पनीहरुले आफ्ना कामदारहरुलाई कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउनका निम्ति अपनाउनुपर्ने उपायहरुका सम्बन्धमा जारी गरेको निर्देशनका मुख्य बुँदाहरुः

१. जानकारी तथा सचेतना

• रोजगारदाता कम्पनीले कोरोना भाइरससम्बन्धी आफ्ना कामदारहरुलाई सूचना बाँड्ने र सचेतना जगाउने र व्यवसाय र सरकारले चालेका कदमहरुबारे जानकारी दिने।

• व्यक्तिगत सरसफाइ जस्तो कि हात धुने, खोकी र हाँच्छ्यु गर्दा मुख छोप्ने, हातले मुख नछुने तथा शरीरको तापक्रम र श्वासप्रश्वास निग्रानी गर्ने जस्ता बानीहरुको महत्वबारे कामदारहरुलाई जानकारी गराउने।

• कामदारहरुले बोल्ने भाषामा जानकारी दिने र प्रश्न र धारणा राख्न प्रोत्साहन गर्ने।

२. सरसफाइ

• धेरै प्रयोगमा आउने स्थानहरु जस्तो कि भान्सा, शौचालय, क्यान्टिन, रेलिङ्गजस्ता स्थानहरुको सरसफाइ बढाउने।

• ढोकाको ह्यान्डिल, किबोर्ड, रिमोट कन्ट्रोल, टेबल जस्ता प्रयोग भइरहने सतहहरु प्रयोग गर्दा प्रत्येक पटक पुछेर प्रयोग गर्नका लागि कामदारहरुलाई वाइपहरु उपलब्ध गराउने।

३. भीडभाड घटाउने

• अर्को सूचना नआएसम्म कार्यघन्टा ६ घन्टामा सीमित गर्ने।

• कार्यस्थलमा कामदारहरुको प्रवेश र बहिर्गमन फरक फरक समयमा मिलाउने ।

• साझा स्थलहरु जस्तै क्यान्टिन र लुगा फेर्ने कोठाहरुमा भीडभाड हुन नदिइ एक पटकमा निश्चित संख्यामा कामदारुले प्रयोग गर्ने व्यवस्था मिलाउने ।

• कार्यस्थल र बस्ने ठाउँमा भीडमाड घटाउन प्रत्यक कामदारलाई ६ वर्ग किमि को ठाउँ उपलब्ध गराउने ।

• अत्यावश्यक बाहेकका सबै प्रत्यक्ष बैठकहरु नगर्ने र आन्तरिक गतिविधि तथा आवतजावत पनि कम गर्ने ।

• सबै तालिम कार्यक्रम बन्द गर्ने।

४. कार्यस्थल सुरक्षा

• कोरोना सङ्क्रमण रोक्न र कामदारहरुलाई जोगाउन जोखिम मूल्याङ्कन गर्ने ।

• कोभिड १९ का केसहरु र उनीहरुसँगका सम्पर्क पहिचान गरी व्यवस्थापन गर्न जनस्वास्थ्य अधिकारीहरुसँगको सहकार्यमा योजना बनाउने।

• मानसिक स्वास्थ्यमा विचार पुर्याउने (जस्तोकी काम, तलब, सुरक्षा, कोरोनाको सङ्क्रमण र परिवारको अवस्थाको चिन्ता)

• निको भएर आएका कामदारहरुलाई मानसिक र सामाजिक सहयोग उपलब्ध गराउने ।

• काममा जानु अघि र कामबाट फर्किसकेपछि कामदारहरुको ज्वरो नाप्ने।

• ज्वरो आएका कामदारहरुलाई अलग्ग राखी १६००० मा सम्पर्क गर्ने ।

• कम्पनीभित्र उपलब्ध क्लिनिकहरुमा कामदारहरुको स्वास्थ्य अवस्थाबारे बुझ्ने। मधुमेह, मुटु र श्वासप्रश्वास सम्बन्धी समस्या भएका बिरामीहरु सङ्क्रमणको जोखिममा भएकाले उनीहरुलाई विशेष ध्यान दिने।

• बसको क्षमताको ५०% सिटहरुभन्दा धेरै कामदारहरु नराख्ने।

• कार्यस्थलमा मास्क र स्यानिटाइजरको सुनिश्चितता गर्ने।

• कार्यस्थलमा कुनै प्रकारको भेला हुन नदिने र काम गर्दा कामदारहरुबीच दूरी कायम गर्ने ।

• कार्यस्थलमा अरु सम्बन्धित सुरक्षा र स्वास्थ्य जोखिमबारे ध्यान दिने।

सबै रोजगारदाता कम्पनीले माथि उल्लेख भएबमोजिमका निर्देशनहरु पालना गरेको वा नगरेको बारे श्रम निरीक्षण विभागले कडा निगरानी गर्ने र निर्देशन पालना नभएको खण्डमा Law No 9 of 2020 र Decree Law No 17 of 1990 अनुसार दण्ड जरीवाना हुने मन्त्रालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश