2026-09-10 11:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुन: स्वीकृति लिएर विदेश जान पाइन्छ, तर कसरी ?

साउन १०, काठमाडौँ | सरकारले विदेशमा अलपत्र नेपालीलाई धमाधम उद्धार गरिरहेका बेला विदेशबाट बिदामा आएकाहरुलाई वै‌देशिक रोजगारीमा जान खुला गरेको अवस्था छ । बिदामा आई कोरोनाको कारण विदेश जान नपाएकाहरुको लागि सरकारले पुन: स्वीकृति दिने काम जारी राखेको छ । 

विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार नयाँ श्रम स्वीकृति दिएको छैन, पुन श्रम स्वीकृति मात्र दिइएको छ । विभागले करार अवधि बाँकी रहेका, विदामा आएका र भिसाको अवधि बाँकी रहेकालाई पुन: श्रम स्वीकृति दिइरहेको छ।

पुन: स्वीकृति लिएर विदेश जानेहरुले विदेश जानु अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अनिवार्य कोरोना संक्रमण नभएको रिपोर्ट पेस गर्नुपर्ने हुन्छ, यस लगायत कसरी श्रम स्वीकृति लिन सकिन्छ भन्ने सन्दर्भमा वैदेशिक रोजगार बिभागले जारी गरेको सूचना तल हेर्नुहोस् । 

कसरी जान पाइन्छ पुन: स्वीकृति लिएर विदेश ? 

उद्धारबाहेकका सम्पुर्ण  उडानहरु बन्द रहेको अवस्थामा पुन: श्रम स्वीकृति लिएकाहरु कसरी विदेश जान्छन ? भन्ने प्रश्न धेरैलाई छ । यस्तो अवस्थामा पुन: श्रम स्वीकृति पाएका श्रमिकहरु नियमित उडान नखुल्दासम्म चार्टर्ड उडानमा जानुको विकल्प छैन । बिभागले पुन: श्रम स्वीकृति दिइरहेका श्रमिक आफै टिकट काटेर जान पर्ने हुन्छ । विदेशमा नेपाली लिन जाने जहाजहरुमा पुन: स्वीकृति लिएकाहरु जान सक्छन् । 

माथिको तश्वीरमा: जापान जाने क्रममा रहेका नेपालीहरु 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो एमाले बैठकमा संसद् पुनर्स्थापनाबारे छलफल हुन्छ : महेश बस्नेत जेनजी आन्दोलनको एक वर्षपछि ओलीले बालकोटबाट सम्बोधन गर्दै जापानमा नेपाली विद्यार्थीको हत्या आरोपमा तीन नेपाली पक्राउ