2026-09-10 11:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट विदामा आएकाहरुले पुन: स्वीकृति लिन के-के पेश गर्नुपर्छ, शुल्क कति ?

सास | वैदेशिक रोजगारमा गएर विदामा आएकाहरुले पुन: सोहि कम्पनी वा प्रवेशाज्ञाको अवधि बाँकी छंदै सम्बन्धित मुलुकको प्रचलित कानुन बमोजिम रोजगारदाता परिवर्तन गरेर नयाँ कम्पनीमा रोजगारीमा जान सक्दछन् । जसको लागि पुन: स्वीकृति लिएर जानुपर्ने हुन्छ । यसरी विदेशबाट विदामा आएका धेरै नेपालीहरुले हामीलाई यसको प्रक्रियाबारे सोध्नुभएको छ । 

जसको लागि सर्वप्रथम https://feims.dofe.gov.np/Individual-ReEntry-Registration.aspx लिंकमा क्लिक गरि आवश्यक विवरण भर्ने र निवेदन दिनुपर्छ । 

त्यसपछि पुन: स्वीकृति लिन काठमाडौँको ताहाँचलस्थित कार्यालय वा काठमाडौँबाहिर प्रदेश नम्बर १ को विराटनगर स्थित श्रम कार्यालय, प्रदेश २ को जनकपुरस्ठित श्रम कार्यालय, गण्डकी प्रदेशको पोखरा स्थित कार्यालय, प्रदेश ५ को बुटवलस्थित कार्यालय, कर्णाली प्रदेशको सुर्खेतस्थित कार्यालय र सुदुरपस्चिमको धनगढी स्थित कार्यालय जानुपर्दछ । 

पुन: श्रम स्वीकृति लिन पेश गर्नुपर्ने कागजात 

१. तोकिएको ढांचामा अनलाइन निवेदन 

२. राहदानी र सोको प्रतिलिपि (भ्यालिड) 

३. प्रवेशाज्ञा (भिषा) 

४. प्रवेशाज्ञाको अवधि बाँकी छंदै सम्बन्धित मुलुकको प्रचलित कानुन बमोजिम रोजगारदाता परिवर्तन भएमा नयाँ रोजगारदातासँग गरेको करार/सम्झौता पत्रको प्रतिलिपि  (यदी सक्कल प्रति उपलब्ध हुन नसकेको अवस्थामा सम्बन्धित देशस्थित नेपाली राजदुतावासबाट Dofe को मेलमा प्राप्त हुनुपर्ने)

५. पुन: श्रम स्वीकृति माग गरेको देशमा जान यस अघि श्रम स्वीकृति लिएको निस्सा | सो नभए बैदेशिक रोजगार बिभागको वेबसाइटमा रहेको अभिलेखको प्रिन्ट कपी 

६. अध्यागमन कार्यालयको प्रस्थान र आगमन हुँदाको छाप (सम्भव भएसम्म) 

७. कल्याणकारी कोषमा रकम बुझाएको भौचर

८. करार अवधि समेट्ने गरी म्यादी जीवन विमा गरेको कागजात 

९. रोजगार सम्झौतापत्र वा अफर लेटर (सोहि मुलुकको कम्पनी परिवर्तन भएको अवस्थामा) 

१०. घरेलु कामदारको हकमा सम्बन्धित देशस्थित नेपाली राजदुतावास वा नियोगबाट अनुसूची ८ बमोजिमको सिफारिस पत्र

११. निजको वा नजिकको हकवालाको बैंक खाता नम्बर मोबाइल नम्बर र इमेल ठेगाना 

कति शुल्क लाग्छ ? 

प्रति व्यक्ति रु. १५००/- का दरले कल्याणकारी कोषमा रकम जम्मा गर्ने/करार अवधि सम्मको लागि विमा समितिले तोके बमोजिमको शुल्क 

कति समय लाग्छ ? 

सबै प्रक्रिया पुरा गरि पेश गरेको तीन कार्य दिनमा प्राप्त गर्न सकिन्छ 

थप जानकारीको लागि 

नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय वैदेशिक रोजगार कार्यालय, ताहाचल, काठमाण्डौ, नेपाल

टेलिफोन: + 977-1-4030667 

फ्याक्स: + 977-1-4030669

इमेल: [email protected]

वेबसाइट: http://feo.gov.np/

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो एमाले बैठकमा संसद् पुनर्स्थापनाबारे छलफल हुन्छ : महेश बस्नेत जेनजी आन्दोलनको एक वर्षपछि ओलीले बालकोटबाट सम्बोधन गर्दै जापानमा नेपाली विद्यार्थीको हत्या आरोपमा तीन नेपाली पक्राउ