2026-07-10 02:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारले लागू गरेको नयाँ नीति अनुसार कम्पनी छाड्न छ सर्त ध्यान दिनुहोस्

भदौ १६, काठमाडौँ | कतारमा रोजगारीका लागि गएका आप्रवासी कामदारले परीक्षण कालमै बिनाजानकारी कतार छाडे एक बर्ष कतार जान नपाउने भएका छन् । कतारमा रोजगारीमा गएकाहरुलाई ६ महिना परीक्षणकाल तोकिएको छ । 

यस अघि कतारले कामदारले रोजगारदाता परिवर्तन गर्न पाउने सम्बन्धमा एतिहासिक निर्णय गरेको थियो । यसै नीति बमोजिम निम्न सर्त लागू हुन्छ । 

१. कुनै कारणले कतारमा रोजगारीमा पुगेका कामदारले परीक्षणकालभित्र रोजगारदाता छोड्न चाहेमा कतारको श्रम मन्त्रालयको विद्युतीय प्रणालीमार्फत रोजगारदातालाई सूचना दिनुपर्छ । 

२. कामदारले ६ महिनाको परीक्षणकाल सकिएपछि कम्पनी छाडेर स्वदेश फर्कन चाहेमा रोजगारदातालाई एक महिना अघिनै जानकारी दिनुपर्छ । 

३. दुई वर्षभन्दा बढी काम गरेको कामदारले कम्पनी छाडेर स्वदेश फर्कन चाहे रोजगारदातालाई दुई महिना अगाडिनै जानकारी दिनुपर्छ । 

४. दुईबर्ष नपुग्दै कतार छोड्ने कामदारले क्षतिपूर्तिबापत रोजगारदातालाई एक महिना बराबरको न्युनतम तलब फिर्ता गर्नुपर्छ । 

५. परीक्षणकाल (रोजगारीमा गएको ६ महिना) भित्रै रोजगारदाताले दिइएको जिम्मेवारी पूरा गर्न नसक्ने श्रमिकलाई एक महिनाको सूचना दिएर करारपत्र रद्द गर्न सक्छ । त्यसरी करारपत्र रद्द भएका श्रमिकले स्वदेश फिर्न चाहेमा घर फिर्ती टिकट भने रोजगारदाताले दिनुपर्छ । 

६. जिम्मेवारी पूरा गर्न नसक्ने श्रमिकको करारपत्र रद्द गर्नुपुर्व रोजगारदाताले एक महिना अगाडि नै कामदारलाई जानकारी दिनुपर्छ । यदि रोजगारदाताले बिनाजानकारी करारपत्र रद्द गरेमा एक महिना बराबरको न्यूनतम तलब कामदारलाई भुक्तानी गर्नुपर्छ ।

याद राख्नुहोला हाल यो नियम लागु भईसकेको छैन । यो नियम कतारको राजपत्रमा प्रकाशित भएको ६ महिनापछि लागू हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो