वैदेशिक रोजगार मोबाइल एपमा कयौंले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैदेशिक रोजगार मोबाइल एपमा कयौंले "/>
2026-10-26 02:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के अहिले कतार जान पाइन्छ ? यी ५ प्रक्रिया पुरा गरे जान पाइन्छ

भदौ २८, काठमाडौँ | कोरोना महामारीको कारण अहिले विश्व आक्रान्त छ । यो परिस्थितिमा कुनैपनि एक देशबाट अर्को देशमा जान त्यति सहज भने छैन । 

वैदेशिक रोजगार मोबाइल एपमा कयौंले हामीलाई प्रश्न गरेका छन् ‘अहिले कतार जान पाइन्छ ?’ यसको प्रश्नको जवाफ त्यति सहज छैन । यस अघि साझा सबाल मिडियाले बैदेशिक रोजगार बिभागको ताहाचल स्थित कार्यालयमा यसको जवाफ माग्दा कतार जाने आशामा श्रम गर्न आएकाहरुलाई श्रम कार्यालयका अधिकारीहरुको उत्तर थियो – ‘कतार जान सहज छैन । अहिले कतार जान श्रम लिन आउनेको संख्या पनि कम छ ।’ 

आप्रवासी कामदारको उच्च संख्या रहेको कतारमा बिभिन्न देशबाट बैदेशिक रोजगारीको क्रममा पुग्ने गरेका छन् । नेपालबाट पनि बैदेशिक रोजगारीमा जाने मुख्य देश कतारलाई लिइन्छ । कोरोना सुरु भएपछि तथा त्यस अघि नेपाल विदामा आएका नेपालीहरु अहिले कतार जान पाउने आशामा बसिरहेका छन् । तर अगस्टदेखि आप्रवासी कामदारलाई प्रवेश दिने निर्णय गरेको कतारले नेपाललाई बढी जोखिममा परेको देशको सूचीमा राखेको कारण अहिले कतार जान नेपालीलाई समस्या छ । 

तर पनि अहिलेको अवस्थामा समेत केहि नेपाली कतार गईसकेका छन् केहि जाने क्रममा छन् । अहिले कसरी गएका छन् त नेपालीहरु कतार ? यस्तो छ प्रक्रिया:

१. 

कतारले नेपाल सहित बिभिन्न देशबाट कामदार लैजान रोक लगाएको कारण पहिलो कुरा कतारले कुनैपनि व्यक्तिलाई इन्ट्री परमिट दिनु पर्ने हुन्छ । यस्तो परमिट पाउनु भनेको कतार जान परमिट हुनु हो । अन्यथा त्यस्तो परमिट पाएकाहरुलाई श्रम निकाल्न त्यति ठूलो कुरा छैन । परमिट पाउनको लागि कतार पोर्टलको अनलाइन सर्भिस वेबसाइट (यो लिंक) अन्तर्गत पेज खोलेर साइन अप गरि विवरण भर्नुपर्छ । यो विवरण भर्दा कामदारले भन्दा पनि कम्पनीले नै भरिदिदा परमिट पाउने सम्भावना बढी हुन्छ । तर यो कुरा पनि याद राख्नुपर्छ कि अहिले कतारले जो पायो त्यसलाई त्यस्तो परमिट दिदैन । परमिट लिनको लागि बिशेष-बिशेष पेशाको कामदार हुनुपर्छ । जस्तो कि स्वास्थ्यकर्मी, सरकारी तथा अर्ध-सरकारी क्षेत्रमा काम गर्नेहरु वा कतारको सरकारले प्राथमिकतामा राखेको कामदारले त्यस्तो परमिट पाउन सक्छन् । अन्य कामदारले परमिट पाउने सम्भावना त हुन्छ टर निकै न्यून । परमिट पाउन आफ्नै कतार आइडीबाट निकालिएको सिम कार्ड प्रयोग गरेर मात्र कतार पोर्टलको वेबसाइटमा नयाँ एकाउन्ट खोल्न सकिने बताइएको छ । मोबाइल नम्बरको स्वामित्व नभएको अवस्थामा कतार पोर्टलको खाता खुलेपनि खाता एक्टिभ हुँदैन । त्यस्तो अवस्थामा कल सेन्टरमा फोन गरेर कतार पोर्टलको एकाउन्ट एक्टिभ बनाउन सकिन्छ । खाता खोल्न कतार पोर्टलको लिंक खोलेर नेपाली कामदार लिने कम्पनीले कतारको आइडी हानेर सोहि आइडी उल्लेख रहेको मोबाइल नम्बर हान्नु पर्ने हुन्छ ।

कतार पोर्टलले पाएको विवरण अनुसार प्राथमिकताको आधारमा परमिट पाएको खण्डमा एक महिनाको लागि उक्त परमिट जारी हुन्छ । सोहि अवधिमा परमिट पाउने व्यक्ति कतार पुग्नुपर्ने हुन्छ । 

२.

कतार पोर्टलबाट परमिट पाएपछि अब आफूसँग भएको भ्यालिड भिषा, मिति नसकिएको पासपोर्ट, सम्बन्धित देशको कम्पनीसँगको सम्झौतापत्र लिएर श्रम स्वीकृति लिन सकिन्छ । बिदामा आएकाहरुले सातै प्रदेशमा रहेको श्रम कार्यालयमा गई पुन: श्रम स्वीकृति लिन सक्छन् । तर नयाँ श्रम निकालेर जानेले भने काठमाडौँको ताहाचलमा रहेको श्रम कार्यालयमै पुग्नुपर्ने हुन्छ । अहिले श्रम कार्यालयले नयाँ तथा पुरानो सबैका लागि श्रम स्वीकृति दिईरहेको छ । तर श्रम गर्न जाँदा अर्को कुरा के ध्यान दिनुपर्छ भने भदौ १७ गते बैदेशिक रोजगार बिभागले अनिवार्य एनओसी लेटर चाहिने निर्णय गरेको छ । त्यस अनुसार कतारमा रहेको कम्पनीले कामदारको नाममा एनओसी बैदेशिक रोजगार बिभागको इमेलमा पठाउनुपर्ने हुन्छ । अनि मात्र श्रम स्वीकृति जारी हुन्छ । 

वैदेशिक रोजगार बिभागका अनुसार म्यानपावर कम्पनी मार्फत कतार जानेको हकमा भने एनओसी कतार स्थित दुतावासले समेत प्रमाणीकरण गर्नुपर्ने हुन्छ । यस सम्बन्धि स्पष्ट हुन तथा श्रम कार्यालयको इमेल ठेगामा प्राप्त गर्न यो (लिंक)मा क्लिक गरि पुरा भिडीयो हेर्नुहोला । 

३.

श्रम स्वीकृति लिएपछि तपाइँले अझै बाँकी काम गर्नुपर्छ, कतारको लागि टिकट काट्ने काम । नेपाल सरकारले सेप्टेम्बर महिना भरको उडान तालिका सार्वजनिक गरिसकेको छ, त्यस अनुसार जुन-जुन उडान कतार उड्छ । त्यसै उडानको एयरलाइन्सलाई सम्पर्क गरि टिकट लिन सकिन्छ । वा कतार एयरवेजमा सम्पर्क गर्नु भएमा पनि हुन्छ । 

४.

कतार उडानको टिकट लिएपछि अब तपाइले कतार पुगेर १४ दिन क्वारेन्टाइन बस्नुपर्ने हुँदा त्यसको लागि होटल बुकीङ गर्नुपर्ने हुन्छ । होटल बुकीङ गर्न तपाइको कम्पनीको सहयोग लिनु भएमा सहज हुन्छ । १४ दिन होटल क्वारेन्टिनमा बस्नको लागि कम्तिमा २१६९ रियाल तिर्नुपर्ने हुन्छ । तर त्यो पैसामा ७०० रियाल क्वारेन्टाइनमा बसेपछि फिर्ता पाइन्छ । कतार एयरवेज होलिडेको वेबसाइट (लिंक) मा गई होटल क्वारेन्टाइनमा बस्न बुकीङ गर्न सकिन्छ । बुकीङ गर्दा एक्लै रुममा बस्नेलाई महँगो पर्न सक्छ भने सेएर्ड (साथिसँग एकै कोठामा बस्दा) केहि सस्तो पर्न सक्छ । एकै कोठामा तीन जनासम्म संगै बस्न सकिन्छ । साथै दुई वा तीनजना संगै एकै कोठामा बस्ने भए एकै उडानमा कतार पुग्नुपर्ने हुन्छ । उडान होटल बुकीङ गर्दा कम्तिमा ४८ घण्टा अघिनै बुकीङ गर्नुपर्ने हुन्छ । बुकीङ गरेकाहरुलाई सिधै एयरपोर्टबाट होटलमा लगिन्छ । 

५.

अब तपाइको कतार उड्ने दिन जहिले तय भएको छ सो भन्दा अघि ७२ घण्टा भीत्रको कोरोना नेगेटिभको परीक्षण प्रमाण लिनुपर्ने हुन्छ । जसको लागि कतार एयरवेजले मान्यता दिएको स्वास्थ्य संस्थाबाट मात्र परीक्षण गर्नु पर्छ । अहिले सरकारले कोरोना परीक्षण शुल्क रु. २००० तोकेको छ । कतार एयरवेजले मान्यता दिएको कोरोना परीक्षण गर्ने स्वास्थ्य संस्थाको सूची तल हेर्नुहोला । 

१. स्टार हस्पिटल, सानेपा हाइट 

२. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन

३. केएमसि हस्पिटल, सिनामंगल

४. हंस हस्पिटल, धुम्बाराही

५. सूर्य हेल्थ केयर, लाजिम्पाट

६. सेन्ट्रल डायग्नोसीस ल्याबरेटरी, कमलपोखरी

७. ग्रांडी अन्तराष्ट्रिय अस्पताल, टोखा

८. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु

९. वीर अस्पताल, सुन्धारा 

कतार पुगेपछि..

कतार पुगेपछि के-के हुन्छ भन्ने कुरा माथि दिईएको कतार एयरवेज होलिडेको वेबसाइट (लिंक)मा सबै विवरण दिइएको छ, जस अनुसार १४ दिन क्वारेनटाईनमा बसेपछि कोरोना परीक्षण हुन्छ । नतिजा पोजेटिभ आएमा कतार सरकारले तोकेको मापदण्डमा आइसोलेसन बस्नुपर्छ । यदी परीक्षण नेगेटिभ आएमा कम्पनीमा गएर कम्पनीले ७ दिन कोठामा क्वारेन्टाइनमा बस्नुपर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने