2026-10-27 02:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब विदेशबाट बिदामा आएर जान चाहनेहरुलाई सहज, पुन: स्वीकृति लिन यस्तो हुनेछ अबको प्रक्रिया

असोज २३, काठमाडौँ | कोरोना महामारीको कारण बिदामा आएर पुन: रोजगारीमा जान चाहने नेपालीहरुलाई सहज बनाइएको छ । देशिक रोजगार बिभागले यसअघि वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई अनिवार्य रुपमा सम्बन्धित कम्पनीले श्रम कर्यालयको इमेलमा एनओसी पठाउनुपर्ने व्यवस्था हटाइएपछि थप सहज भएको हो ।

नयाँ व्यवस्थासंगै अब बिदेशमा रहेको कम्पनीले श्रम कार्यालयको इमेलमा एनओसि पठाईराख्नु पर्दैन । अब सम्बन्धित कम्पनीले कामदारको इमेलमा एनओसी पठाउनुपर्छ र उक्त इमेललाई कामदार आफैले अनलाइनबाट बिभागको इमेलमा पठाउनु पर्छ । बिभागले यस सम्बन्धमा स्पष्ट पार्दै श्रम कार्यालयलाई पठाएको पत्रमा भनिएको छ ‘वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिनु अघि सम्बन्धित रोजगारदाता कम्पनीबाट कामदारहरुको रोजगारदाताबाट रोजगारी सुरक्षित गरिएको ग्यारेन्टी पत्र (एनओसी/ग्यारेन्टी लेटर) पेश गर्नुपर्ने हालको अवस्थामा पुन: श्रम स्वीकृतिका लागि समेत उक्त पत्र आवस्यक रहेको र पत्र प्राप्तिका लागि श्रम स्वीकृति प्रदान गर्ने कार्यालयको इमेलमा मगाई एनओसी/ग्यारेन्टी पत्र प्रिन्ट गर्न सेवाग्राही लाइनबा बस्नुपर्ने, प्राप्त पत्र अपलोड गर्न पटक-पटक बाहिर जानुपर्ने र श्रम स्वीकृति प्राप्तिका लागि पुन: लामबद्ध हुनुपर्ने अवस्थाले कार्यालयमा भिडभाड अत्याधिक बढिरहेको, सेवा प्रक्रिया ढिला भएको, सेवाग्राही बिचौलियाको शोषणमा पर्न सक्ने तथा कोभिड १९ को संक्रमण जोखिम समेत उच्च रहेको अवस्था छ ।’ यसै बिषयलाई मध्येनजर गर्दै बिभागले यस अघिको व्यवस्थामा केहि परिवर्तन गर्न निर्देशन दिएको थियो । त्यसै पत्रको आधारमा श्रम कार्यालय ताहाचलले नयाँ सूचना जारी गरेको छ । 

सूचना अनुसार बिदामा आएर बैदेशिक रोजगारीमा जान पुन: स्वीकृति लिन आएकाहरुले आफ्नो इमेल/भैबर/म्यासेन्जर/ह्वाट्सएप लागायत अनलाइन माध्यमबाट सम्बन्धित  रोजगारदाताले पठाएको रोजगारी सुरक्षित गरिएको व्यहोराको ग्यारेन्टीपत्र/एनओसीलाई कामदार स्वयमले प्रमाणित गरी अनलाइन गरे हुने भएको छ । 

सूचना हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने