2026-09-10 11:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब विदेशबाट बिदामा आएर जान चाहनेहरुलाई सहज, पुन: स्वीकृति लिन यस्तो हुनेछ अबको प्रक्रिया

असोज २३, काठमाडौँ | कोरोना महामारीको कारण बिदामा आएर पुन: रोजगारीमा जान चाहने नेपालीहरुलाई सहज बनाइएको छ । देशिक रोजगार बिभागले यसअघि वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई अनिवार्य रुपमा सम्बन्धित कम्पनीले श्रम कर्यालयको इमेलमा एनओसी पठाउनुपर्ने व्यवस्था हटाइएपछि थप सहज भएको हो ।

नयाँ व्यवस्थासंगै अब बिदेशमा रहेको कम्पनीले श्रम कार्यालयको इमेलमा एनओसि पठाईराख्नु पर्दैन । अब सम्बन्धित कम्पनीले कामदारको इमेलमा एनओसी पठाउनुपर्छ र उक्त इमेललाई कामदार आफैले अनलाइनबाट बिभागको इमेलमा पठाउनु पर्छ । बिभागले यस सम्बन्धमा स्पष्ट पार्दै श्रम कार्यालयलाई पठाएको पत्रमा भनिएको छ ‘वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिनु अघि सम्बन्धित रोजगारदाता कम्पनीबाट कामदारहरुको रोजगारदाताबाट रोजगारी सुरक्षित गरिएको ग्यारेन्टी पत्र (एनओसी/ग्यारेन्टी लेटर) पेश गर्नुपर्ने हालको अवस्थामा पुन: श्रम स्वीकृतिका लागि समेत उक्त पत्र आवस्यक रहेको र पत्र प्राप्तिका लागि श्रम स्वीकृति प्रदान गर्ने कार्यालयको इमेलमा मगाई एनओसी/ग्यारेन्टी पत्र प्रिन्ट गर्न सेवाग्राही लाइनबा बस्नुपर्ने, प्राप्त पत्र अपलोड गर्न पटक-पटक बाहिर जानुपर्ने र श्रम स्वीकृति प्राप्तिका लागि पुन: लामबद्ध हुनुपर्ने अवस्थाले कार्यालयमा भिडभाड अत्याधिक बढिरहेको, सेवा प्रक्रिया ढिला भएको, सेवाग्राही बिचौलियाको शोषणमा पर्न सक्ने तथा कोभिड १९ को संक्रमण जोखिम समेत उच्च रहेको अवस्था छ ।’ यसै बिषयलाई मध्येनजर गर्दै बिभागले यस अघिको व्यवस्थामा केहि परिवर्तन गर्न निर्देशन दिएको थियो । त्यसै पत्रको आधारमा श्रम कार्यालय ताहाचलले नयाँ सूचना जारी गरेको छ । 

सूचना अनुसार बिदामा आएर बैदेशिक रोजगारीमा जान पुन: स्वीकृति लिन आएकाहरुले आफ्नो इमेल/भैबर/म्यासेन्जर/ह्वाट्सएप लागायत अनलाइन माध्यमबाट सम्बन्धित  रोजगारदाताले पठाएको रोजगारी सुरक्षित गरिएको व्यहोराको ग्यारेन्टीपत्र/एनओसीलाई कामदार स्वयमले प्रमाणित गरी अनलाइन गरे हुने भएको छ । 

सूचना हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो एमाले बैठकमा संसद् पुनर्स्थापनाबारे छलफल हुन्छ : महेश बस्नेत जेनजी आन्दोलनको एक वर्षपछि ओलीले बालकोटबाट सम्बोधन गर्दै जापानमा नेपाली विद्यार्थीको हत्या आरोपमा तीन नेपाली पक्राउ