2026-10-26 03:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारमा LT (Lot) नम्वर भनेको के हो ?

अनिल अधिकारी | वैदेशिक रोजगारमा पठाउन सरकारले मान्यता दिएको म्यानपावरले बिभिन्न देशको कम्पनीबाट मागपत्र लिन्छ ।  म्यानपावरले ल्याएको मागपत्र सम्बन्धित देशको दुतावासले प्रमाणीकरण गर्छ र त्यही मागपत्र वैदेशिक रोजगार बिभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा अपलोड हुन्छ । उक्त मागपत्रलाई वैदेशिक रोजगार विभागले पूर्वस्वीकृति दिन्छ । म्यानपावर व्यवसायीले पूर्वस्वीकृति पाइसकेपछि पत्रिकामा विज्ञापन गर्नुपर्छ । त्यहि ‘पूर्वस्वीकृति’लाई ट्रयाक गर्न एउटा नम्बर दिईएको हुन्छ, त्यसैलाई लट ‘LT’ (Lot) नम्बर भनिन्छ । वैदेशिक रोजगारको कुनैपनि माध्यमबाट बिज्ञापन दिँदा अनिवार्य LT नम्बर उल्लेख गर्नुपर्छ । 

कुनैपनि डिमाण्डको लट नम्बर छ भने त्यस डिमाण्ड सरकारद्वारा मान्यताप्राप्त छ भन्ने बुझ्नुपर्छ । जसलाई आफैले वैदेशिक रोजगार मोबाइल एप वा www.dofe.gov.np मा गई उक्त नम्बर हानेर कुनै पनि मान्यताप्राप्त वैदेशिक रोजगारको मागबारे पुरा जानकारी पाउन सकिन्छ । लट नम्बर पाएपछि कुनै पनि डिमाण्डमा कुन म्यानपावरले पठाउदैछ ? विदेशको कुन कम्पनीमा पठाउदैछ ? कुन पदमा पठाउदैछ ? कति तलब तोकिएको छ ? सेवा/सुविधा के कस्तो छ ? भन्ने आधिकारिक जानकारी प्राप्त हुन्छ । 

याद राख्नुहोस्, LT नम्बर उल्लेख नगरी बैदेशिक रोजगारको बिज्ञापन गर्न नपाइने वैदेशिक रोजगार विभागको नीति रहेको छ । विदेश जान प्रक्रिया सुरु गर्नु अघि अनिवार्य रुपमा आफू जान लागेको रोजगारीको LT नम्बर आफैले चेक गरेर सबै जानकारी लिनु पर्दछ । यसरी वैदेशिक रोजगारीमा जाँदा विदेशमा गएर समस्यामा परे वा पुर्व स्वीकृति अनुसारको सेवा सुविधा नभए, कम्पनी फरक भएमा वैदेशिक रोजगार विभागमा उजुरी दिएर समस्या समाधान वा क्षेतीपूर्ति समेत लिन पाइन्छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने