2026-06-26 12:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारमा LT (Lot) नम्वर भनेको के हो ?

अनिल अधिकारी | वैदेशिक रोजगारमा पठाउन सरकारले मान्यता दिएको म्यानपावरले बिभिन्न देशको कम्पनीबाट मागपत्र लिन्छ ।  म्यानपावरले ल्याएको मागपत्र सम्बन्धित देशको दुतावासले प्रमाणीकरण गर्छ र त्यही मागपत्र वैदेशिक रोजगार बिभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा अपलोड हुन्छ । उक्त मागपत्रलाई वैदेशिक रोजगार विभागले पूर्वस्वीकृति दिन्छ । म्यानपावर व्यवसायीले पूर्वस्वीकृति पाइसकेपछि पत्रिकामा विज्ञापन गर्नुपर्छ । त्यहि 'पूर्वस्वीकृति'लाई ट्रयाक गर्न एउटा नम्बर दिईएको हुन्छ, त्यसैलाई लट 'LT' (Lot) नम्बर भनिन्छ । वैदेशिक रोजगारको कुनैपनि माध्यमबाट बिज्ञापन दिँदा अनिवार्य LT नम्बर उल्लेख गर्नुपर्छ । 

कुनैपनि डिमाण्डको लट नम्बर छ भने त्यस डिमाण्ड सरकारद्वारा मान्यताप्राप्त छ भन्ने बुझ्नुपर्छ । जसलाई आफैले वैदेशिक रोजगार मोबाइल एप वा www.dofe.gov.np मा गई उक्त नम्बर हानेर कुनै पनि मान्यताप्राप्त वैदेशिक रोजगारको मागबारे पुरा जानकारी पाउन सकिन्छ । लट नम्बर पाएपछि कुनै पनि डिमाण्डमा कुन म्यानपावरले पठाउदैछ ? विदेशको कुन कम्पनीमा पठाउदैछ ? कुन पदमा पठाउदैछ ? कति तलब तोकिएको छ ? सेवा/सुविधा के कस्तो छ ? भन्ने आधिकारिक जानकारी प्राप्त हुन्छ । 

याद राख्नुहोस्, LT नम्बर उल्लेख नगरी बैदेशिक रोजगारको बिज्ञापन गर्न नपाइने वैदेशिक रोजगार विभागको नीति रहेको छ । विदेश जान प्रक्रिया सुरु गर्नु अघि अनिवार्य रुपमा आफू जान लागेको रोजगारीको LT नम्बर आफैले चेक गरेर सबै जानकारी लिनु पर्दछ । यसरी वैदेशिक रोजगारीमा जाँदा विदेशमा गएर समस्यामा परे वा पुर्व स्वीकृति अनुसारको सेवा सुविधा नभए, कम्पनी फरक भएमा वैदेशिक रोजगार विभागमा उजुरी दिएर समस्या समाधान वा क्षेतीपूर्ति समेत लिन पाइन्छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ