राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले १०० जना कर्मचारी माग्यो, अनलाइनबाटै आवेदन दिन सकिने

साझासवाल
2 Min Read

कात्तिक १७, काठमाडौँ । गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अपरेटर पद सेवा करारमा भर्ना लिन दरखास्त आव्हान गरेको छ । विभागले कार्त्तिक १३ गते एक सूचना जारी गर्दै विवरण दर्ता अपरेटर १०० जनाको लागि खुला प्रतिस्पर्धाद्वारा करारमा भर्ना गर्न दरखास्त आव्हान गरेको हो ।

सबै नेपाली नागरिकहरुलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यक्रम अन्तर्गत घुम्ती सेवा सञ्चालनमार्फत नागरिकका विवरणहरु सङ्घलन गर्ने कार्यका लागि अभियान सञ्चालन हुने जिल्लाहरुमा विवरण दर्ता अपरेटरले कार्य गर्नुपर्ने विभागले जनाएको छ ।

कात्तिक १३ गतेदेखि १५ दिनभित्र https://application.donidcr.gov.np/Account/Register मा गई user ID create गरेर अनलाईन दरखास्त फाराम भरी निःशुल्कआवेदन दिन सकिने विभागले जनाएको छ । दरखास्त पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा पर्न गएमा सो पछि कार्यालय खुलेको पहिलो दिनको कार्यालय समयमा दरखास्त बुझाउनु पर्नेछ।

उम्मेदवारको उमेर हद दरखास्त दिने अन्तिम मिति सम्म १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने तोकिएको छ  । न्यूनतम शैक्षिक योग्यता तथा तालिम: प्रवीणता प्रमाणपत्र तह वा १०+२ उत्तिर्ण गरेको तथा कम्तिमा ३ महिनाको कम्प्युटर सम्बन्धी तालिम प्राप्त गरेको वा प्रविणता प्रमाणपत्र तह वा सो सरह वा सो भन्दा माथिल्लो तहमा १०० पूर्णाङ्कको कम्प्युटर विषय राखी उक्त तह उत्तीर्ण गरेको भएमा छुट्टै तालिमको प्रमाणपत्र आवश्यक नपर्ने जनाइएको छ । त्यस्तै सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी कुनै कारवाहीमा नपरेको हुनुपर्नेछ ।

काम गरेको दिनको मात्र दैनिक रु. १२ सय को दरले मासिक पारिश्रमिक उपलब्ध गराइने विभागले जनाएको छ । लिखित परीक्षा आगामी मङ्सिर १३ गते हुने साथै परीक्षाको कार्यक्रम विभागको वेबसाइटमा प्रकाशन गरिने विभागले जनाएको छ ।

Share This Article
Leave a Comment

Leave a Reply