2026-09-10 11:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाबाट अवैधानिक श्रमिकले नेपाल फर्कन के-के गर्ने ? कति लाग्छ ?

मलेसिया सरकारले मलेसियामा रहेका अवैधानिक कामदारहरुको व्यवस्थापनको लागि दुईवटा कार्यक्रम घोषणा गरेको छ। यस अन्तर्गत (१) निश्चित प्रक्रिया पूरा गरी जरिवाना तिरी मलेसियामै वैधानिक भई काम गर्ने वा (२) सहुलियत दरको जरिवाना तिरी आफ्नो मुलुक फर्कने रहेका छन्।

अवैधानिक व्यक्तिहरु फर्कने कार्यक्रम (Return Recalibration Programme) भनेको के हो ?

यस कार्यक्रम अनुसार अवैधानिकरुपमा रहेका व्यक्तिहरु घर फर्कनको लागि अध्यागमन कार्यालयमा गई मलेसियन रिंगिट पाँच सय (RM500) सम्मको जरिवाना तिरेर घर फर्कन पाईन्छ।

यस कार्यक्रम अनुसार घर फर्कने प्रक्रिया के हो? अध्यागमन विभाग/कार्यालयको अपोईन्टमेण्ट लिनको लागि के गर्ने?

– आफ्नो राहदानी वा ट्राभल डकुमेण्ट तयारी राख्‍ने ।

– मोवाईल वा कम्प्युटरमा ईण्टरनेट ब्राउजर (Google/Firefox आदि) खोल्ने।

– https://sto.imi.gov.my क्लिक गर्ने।

– आफ्नो पायक पर्ने अध्यागमन कार्यालय छान्ने।

– PROGRAM REKALIBRASI PULANG छान्ने।

– उपयुक्त Date छान्ने।

– सबै विवरण भरेपछि Submit गर्ने र Confirmation प्रिन्ट गर्ने। मोवाईलमा भए Screenshot लिने र प्रिन्ट गर्ने।

अपोईन्टमेण्ट लिएको मितिमा अध्यागमन विभाग/कार्यालयमा के के आवश्यक पर्छ?

– आफ्नो राहदानी वा ट्राभल डकुमेण्ट र सो को प्रतिलिपि।

– कोभिड१९ परीक्षण गरिएको पिसिआर रिपोर्ट।

– १४ दिन भित्र जाने गरी काटिएको हवाई टिकटको प्रतिलिपि।

– Appointment Confirmation को प्रिन्ट कपी।

– ५०० रिंगिट बैंक कार्डबाट तिर्ने व्यवस्था।

थप जानकारी वा राजदूतावासको सहयोग आवश्यक परेमा के गर्ने?

टेलिफोन नम्बरः ०३२०२०१८९८/०३२०२०१८९९ | ०३२०२०१९०१ (श्रम शाखा)

हटलाईन नम्बरः ०१६२४७२७७७

ईमेलः [email protected]/[email protected]

वेभपेजः  https://my.nepalembassy.gov.np/

ठेगानाः Wisma Paradise (Level 1, 3 and 9), No. 63 Jalan Ampang, 50450 Kuala Lumpur, Malaysia

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो एमाले बैठकमा संसद् पुनर्स्थापनाबारे छलफल हुन्छ : महेश बस्नेत जेनजी आन्दोलनको एक वर्षपछि ओलीले बालकोटबाट सम्बोधन गर्दै जापानमा नेपाली विद्यार्थीको हत्या आरोपमा तीन नेपाली पक्राउ