2026-09-10 11:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाको सामाजिक सुरक्षामा तीन लाख नेपाली, के-के पाउँछन सुविधा ?

फागुन १, काठमाडौँ | मलेसियामा कार्यरत नेपालीले पनि त्यहाँको सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन्। मलेसिया सरकारले २०१९ देखिनै लागू गरेको सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत २ लाख ९८ हजार नेपाली श्रमिक सहभागी भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मलेसियामा कार्यरत नेपालीलाई मलेसियाको सामाजिक सुरक्षा योजनामा सहभागी हुन दिने निर्णय गरेको छ । योसँगै उनीहरु योजनामा सहभागी हुन पाउने भएका छन् ।

मलेसियाले निजी क्षेत्रमा कार्यरत स्वदेशी र विदेशी श्रमिकको सामाजिक सुरक्षा ग्यारन्टी गरेको छ । योजनामा रोजगारदाता कम्पनीमार्फत उनीहरू यसमा सहभागी भएका हुन् । नेपाल सरकारले समझदारीपत्रमा हस्ताक्षर गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई अख्तियारी प्रदान गरेको छ । त्यसै अनुसार तोकिएको सुविधा सम्बन्धित श्रमिक वा परिवारलाई वितरण गर्न वैदेशिक रोजगार बोर्डसँग सम्झौता गर्न लागिएको छ । मलेसियामा रोजगारदाताले आफूसँग काम गर्ने श्रमिकलाई अनिवार्य रूपमा यस्तो सुविधामा सहभागी गराउनुपर्छ । कुनै कम्पनीले सुविधा नदिए कारवाही हुन्छ । वैधानिक रूपमा मलेसिया गएका श्रमिकले मात्रै सामाजिक सुरक्षा कार्यक्रमको सुविधा पाउनेछन् । यसका धेरै फाइदा हुन्छ । 

मलेसियामा रहेका नेपालीलाई सामाजिक सुरक्षा कार्यक्रममा सहभागी गराउने काम २०१९ देखिनै भइरहेकोमा अहिले मलेसिया जाने नयाँ श्रमिकले मलेसिया पुगे लगत्तै स्वतः कार्यक्रमको दायराभित्र पर्छन् । मलेसिया सरकारले श्रमिकलाई  सामाजिक सुरक्षा कार्यक्रममा सहभागी नगराउने रोजगारदालाई दुई वर्षसम्म जेल र १० हजार रिंगेटसम्म जरिवाना तिराउने नियम छ । कम्पनीले श्रमिकले पाउने तलब, ओभरटाइम, कमिसन, सेवाशुल्क, वार्षिक बिदा, बिरामी बिदा, मातृत्व बिदा, सार्वजनिक बिदा, खानाभत्ता, आवास भत्तालगायत सुविधा हेरी योगदान गर्नुपर्छ ।

सामाजिक सुरक्षा सुविधा पाउनेहरुले स्वास्थ्योपचार, अस्थायी तथा स्थायी अशक्तता सुविधा, आश्रित परिवार सुविधा, शव फिर्ती तथा अन्तिम संस्कार सुविधा, सहयोगी भत्ता र पुनःस्थापनालगायत सुविधा पाउनेछन् । मलेसियामा बिरामी भएपनि यही कोषले औषधि उपचारको सुविधा दिनेछ ।

सामाजिक सुरक्षाअन्तर्गतको घाइते स्किमतर्फ भने श्रमिकको मासिक न्यूनतम पारिश्रमिकको १.२५ प्रतिशत जम्मा गर्नुपर्ने हुन्छ । सुविधा पाएका बैधानिक कामदारहरुले कार्यरत अवधिभित्र मृत्यु भए विदेशी श्रमिकले पाउँदै आएको ९० प्रतिशत तलब परिवारको हकदार सदस्यलाई बाँचुन्जेल दिइनेछ । छोराछोरीले भने २१ वर्षमुनिका भए मात्रै मासिक तलब पाउछन् । 

मृत्यु भएका श्रमिकको मलेसियामै दाहसंस्कार गरे परिवारले २ हजार रिंगिट र शव नेपाल ल्याए ६ हजार ५ सय रिंगिटसम्म खर्च पाउनेछन् । यस्तो खर्च मलेसिया र नेपालबीच सम्झौता भएपछि वैदेशिक रोजगार वोर्ड मार्फत पाइनेछ । यस सम्बन्धमा पुरा जानकारी सम्झौता भएपछि वैदेशिक रोजगार वोर्ड मार्फत पाइन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो एमाले बैठकमा संसद् पुनर्स्थापनाबारे छलफल हुन्छ : महेश बस्नेत जेनजी आन्दोलनको एक वर्षपछि ओलीले बालकोटबाट सम्बोधन गर्दै जापानमा नेपाली विद्यार्थीको हत्या आरोपमा तीन नेपाली पक्राउ