२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायल रोजगार खुल्यो, योग्यता के-के चाहिन्छ ? यस्तो छ छनौट प्रक्रिया

२०७८, २१ बैशाख मंगलवार ०२:५२

वैशाख २१, काठमाडौँ | सरकारले इजरायलमा 'केयरगिभर' कामका लागि नेपाली श्रमिकहरू पठाउने निर्देशिका जारी गरेको छ । नेपाल–इजरायलबीच २०७७, असोज १४ गते भएको श्रम सम्झौता अनुसार पहिलो चरणमा केयरगिभरमा श्रमिकहरू पठाउने गरी निर्देशिका जारी भएको हो । 

इजरायलमा नेपाली सहयोगी कामदार 'किएर गिभर' पठाउने सम्बन्धी 'निर्देशिका २०७८' इजरायल रोजगारीमा जाँदा लाग्ने शुल्क रोजगारदाताले बेहोर्न नमाने श्रमिक आफैंले तिर्नुपर्ने व्यवस्था गरिएको छ । निर्देशिका जारी भएसँगै नेपाली श्रमिकहरू केयरगिभर कामका लागि इजरायल जान पाउने बाटो खुलेको छ।

निर्देशिका अनुसार हवाई भाडा, बिमा, स्वास्थ परीक्षण, कल्याणकारी कोषको रकम र श्रम स्वीकृति लिँदा लाग्ने खर्च रोजगारदाताले बेहोर्ने उल्लेख छ । तर उक्त सम्झौताअनुसार रोजगारदाताले उक्त शुल्क तिर्नैपर्ने भन्ने बाध्यता भने उल्लेख छैन । 


केयरगिभरमा जाने नेपाली कामदारको योग्यता

केयरगिभरमा जाने नेपाली कामदारको शैक्षिक योग्यता कम्तिमा दस कक्षा उत्तिर्ण गरी अनमी वा सिएमए सम्बन्धी विषयमा पन्ध्र महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी सरकारबाट मान्यता प्राप्त तालिम लिएको हुनुपर्छ ।

त्यस्तै उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्छ । त्यस्तै उचाइ कम्तीमा १ दशमलव ५ मिटर (४ दशमलव ९ फिट) हुनुपर्छ भने तौल कम्तिमा ४५ केजी हुनुपर्छ ।

त्यस्तै इजरायल रोजगारको लागि अंग्रेजी भाषामा दक्षता भएको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ र असल चरित्र भएको हुनुपर्ने उल्लेख छ । 

यसरी छनोट गरिन्छ

शैक्षिक, उमेरहद र तौलको योग्यता पुगेका नेपाली नागरिकहरुले इजरायलमा केयरगिभर काममा जान आवेदन दिन सक्नेछन् । यस्तो आवेदन वैदेशिक रोजगार बिभागको वेबसाइट www.dofe.gov.np बाट अनलाइन भर्न पाइनेछ ।  अनलाइनबाट आवेदनसंगै बुझाएका कागजातहरु सक्कलसहित बिभागले उपस्थित हुन तोकेको मितिमा बुझाउनुपर्छ । 

त्यसपछि आवेदकको उचाइ र तौल परीक्षण गरी सोको विवरण सम्बन्धित व्यक्तिको अनलाइन प्रोफाइलमा विभागलेनै प्रविष्ट गरिदिनेछ । उचाइ र तौल परीक्षण मापदण्ड पूरा भएकाहरूले अर्को चरणमा जानको लागि अंग्रेजी भाषा परीक्षणमा सहभागी हुनुपर्छ । 

अंग्रेजी भाषा परीक्षणबाट प्राप्त गरेको अंक सम्बन्धित व्यक्तिको अनलाइन प्रोफाइलमा अपडेट हुन्छ । त्यसै प्राप्तांकको आधारमा छनोट समितिले योग्यताक्रम कायम गरी इजरायलबाट प्राप्त माग अनुरुप थप २५ प्रतिशत बढी उम्मेदवारको नामवाली तयार गर्छ र विभागको वेबसाइट मार्फत सार्वजनिक गर्छ । 

उक्त नामावली अनुसारको सूचीबाट इजरायलको पिआइबिएले माग अनुसार नेपाली कामदार छनोट गर्छ र पिआइबिएले छानेका व्यक्ति र रोजगारदाताबीच रोजगारको लागि सम्झौता हुन्छ । 

छानिएका व्यक्तिहरुले इजरायलस्थित रोजगारदाताले सम्झौताको लागि पठाएको ३ प्रति हस्ताक्षर सहितको कागजात बिभागबाट पाउनेछन् । त्यसपछि रोजगारीका लागि छनोट भएका व्यक्तिहरुको हस्ताक्षर हुनेछ । कामदारले तीनै प्रतिमा हस्ताक्षर गरेपछि एक प्रति कामदार आफैले, एकप्रति बिभागले र एकप्रति रोजगारदाताले लिनेछ ।

यसरी सम्झौतामा हस्ताक्षर गरिसकेका व्यक्तिहरू रोजगारीका लागि इजरायल जान पाउँनेछन् । 

निर्देशिका अनुसार विगतमा इजरायल गई काम गरेका, आमा, बुबा, पति, पत्नी, छोरा वा छोरी इजरायलमा बसोबास गरिरहेका वा कार्यरत रहेका र लागुपदार्थ वा मादक पदार्थ दुर्व्यसनमा लागेका व्यक्तिहरु इजरायल जान पाउदैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो