2026-09-10 11:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनलाइनबाट पुन: श्रम स्वीकृति लिन सजिलै FEIMS पासवर्ड कसरी रिसेट गर्ने ? (तरिका सहित)

जेठ १२, काठमाडौँ | हाल कोरोना महामारीको कारण वैदेशिक रोजगारबाट विदामा आएका तथा अनलाइन श्रम-स्वीकृतिको अवधि सकिएकाहरुले अनलाइनबाटै पुन: श्रम-स्वीकृति लिन सक्ने व्यवस्था छ ।  तर कयौंले यसअघि श्रम गराउँदा इमेल अन्यथा प्रविष्ट गराएको कारण अनलाइनबाटै श्रम स्वीकृति लिन समस्या भएको गुनाशो गरिरहेका छन् । 

तपाइँले अनलाइनबाट पुन: श्रम स्वीकृति लिनको लागि https://feims.dofe.gov.np/ मा जानुपर्छ । यो वेबसाइट लिंकमा गएपछि *Re-Entry Registration (पुन:श्रम स्वीकृतिको लागि) भन्ने लिंकमा क्लिक गर्नुपर्छ । 

यसै समस्याको विषयमा साझा सबालले वैदेशिक रोजगार बिभागका आइटी प्रमुखको रुपमा कार्यरत अधिकारी राजु श्रेष्ठसँग परामर्श लिएको छ । श्रेष्ठका अनुसार बिभागले नयाँ आर्थिक बर्षसंगै यो समस्यालाई FEIMS सिस्टमबाटै सामाधान गर्ने गरि पासवर्ड रिसेट गराउन सक्नेगरि काम भईरहको जानकारी दिएका छन् । उनको अनुसार हाल कोरोना संक्रमणको कारण बिभागमै उपस्थित भएर वा साइबर गएर प्रिन्ट गरेर निवेदन पेस गर्न नसकिने हुँदा हाललाई समस्या समाधानको लागि पहिले श्रम स्वीकृति लिंदा फरक इमेल आईडी राखेको कारण FEIMS सिस्टममा छिर्न नसक्नेहरुले पासवर्ड रिसेट गर्नको लागि अनलाइनबाटै निवेदन पेश गर्न सक्नेछन् । इमेलबाट निवेदन दिंदा परिचय खुल्ने सरकारी कागजात नागरिकता, राहदानी, सवारी चालक अनुमतिपत्र, जन्मदर्ता वा अन्य मध्ये (एकप्रति) पेश गर्नुपर्नेछ ।

निषेधाज्ञाको अवधिमा पासवर्ड रिसेट गर्न के गर्ने ?

तपाइँको सहजताको लागि हामीले एउटा निवेदनको नमुना अपडेट गरेका छौं, तपाइले उक्त निवेदन नमुना वर्ड फाइलमा डाउनलोड गर्न वा कपि गर्न Play Store मा गई ‘Baideshik Rojgar’ एप डाउनलोड गर्नुहोस् । एपको बायाँ साइडमा रहेको तीन धर्का ☰ मा क्लिक गरि महत्वपूर्ण जानकारीमा क्लिक गरेपछि निवेदन नमुनाहरुमा क्लिक गरेपछि भेट्न सक्नुहुन्छ । अब उक्त नमुना फारमलाई डाउनलोड गरेर वा कपि गरेर आफ्नो सबै विवरण भरी बिभागको [email protected] मा इमेल पठाउनुहोला । बिभागले तपाइँको इमेलको रिप्लाई गर्नेछ । त्यसपछि तपाइँले आफ्नो FEIMS सिस्टममा छिरेर आफ्नो इमेल तथा अन्य विवरणहरु परिवर्तन गर्न सक्नुहुनेछ साथै पासवर्ड परिवर्तन गर्न सक्नुहुनेछ । आफूले राखेको पासवर्डलाई नभुल्नुहोस् । 

अनलाइन श्रम स्वीकृति कसरी लिने भन्नेबारे जानकारी तपाइँले वैदेशिक रोजगार (Baideshik Rojgar) मोबाइल एपमा पाउन सक्नुहुनेछ । एपको महत्वपूर्ण जानकारी सेक्सनमा खोज्नुहोला । 

Baideshik Rojgar एप डाउनलोड गर्ने लिंक: http://bit.ly/30z4H93

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो एमाले बैठकमा संसद् पुनर्स्थापनाबारे छलफल हुन्छ : महेश बस्नेत जेनजी आन्दोलनको एक वर्षपछि ओलीले बालकोटबाट सम्बोधन गर्दै जापानमा नेपाली विद्यार्थीको हत्या आरोपमा तीन नेपाली पक्राउ