निषेधाज्ञामा पुन: श्रम स्वीकृति लिन अनलाइनबाट पैसा कसरी तिर्ने ? नजाने कतिमा फोन गर्ने ?

साझासवाल

जेठ १४, काठमाडौँ | कोरोना महामारीको कारण निषेधाज्ञा जारी गरिएको अवस्थामा धेरै नेपाली युवाहरुले पुन: श्रम स्वीकृतिको लागि समस्या भएको जानकारी दिएका छन् । पुन: श्रम स्वीकृतिको लागि अहिले घरमै बसेर पनि सेवा पाइन्छ ।

घरमै बसेर अनलाइनबाट पुन: श्रम स्वीकृतिको सुविधा लिनको लागि वैदेशिक रोजगार बिभागको अनलाइन सिस्टममा लगिन हुनुपर्छ । लागिन गर्न नसके वा पासवर्ड थाहा छैन भने के गर्ने भन्ने सम्बन्धमा अन्य विवरणहरु वैदेशिक रोजगार मोबाइल एपमा तरिका सिकाइएको छ हेर्नुहोला ।

अनलाइनबाटै श्रम स्वीकृति लिनको लागि https://feims.dofe.gov.np/sf/sfLogin.aspx मा लगिन गरेर आफ्नो सबै विवरण भरेर कल्याणकारी कोषमा १५०० र बिमामा उमेर अनुसार कम्तिमा ३००० देखि बढीमा ९००० तिर्नुपर्छ । (माथिको लिंक अनुसार सिस्टममा आफ्नो विवरण भर्न आउँदैन भने त्यसको जानकारी पनि Baideshik Rojgar मोबाइल एपमै पाउन सकिन्छ ।) बिमा र कल्याणकारी कोषको रकम सजिलै अनलाइनबाट तिर्ने सुविधा छ । तर धेरैलाई कसरी पैसा तिर्ने भन्ने बारे ज्ञान छैन । इसेवा वा खल्ती प्रयोग गरेर रकम तिर्न सकिन्छ ।

बिमाको पैसा कसरी तिर्ने ?

यदि तपाई इसेवा प्रयोग गर्नुहुन्छ वा तपाइँको परिवारमा कसैले चलाउनुहुन्छ भने,

१. इसेवा एप लगिन गर्नुहोस्

२. सबैभन्दा माथि सर्च बटनमा क्लिक गरेपछि 'Foreign Employment Insurance Fund' लेखिएको आइकनमा क्लिक गर्नुहोस् ।

३. Individual अन्तर्गत Insurance Company मा क्लिक गरेपछि Sun Nepal Life Insurance Company Ltd ​देखाउँछ, त्यसलाई छान्नुहोस् ।

४. अब आफ्नो Passport No राख्नुहोस् । (तपाइको पासपोर्टको आधारमै बिमा रकम कति लाग्छ थाहा हुन्छ)

५. तपाइले कति बर्षको श्रम गर्न चाहनु भएको हो ? त्यस अनुसार बर्ष छान्नुहोस् । विवरण सबै ठिक छ/छैन प्रमाणित गरी Proceed मा क्लिक गर्नुहोस् ।

कल्याणकारी कोषको रकम कसरी तिर्ने ?

कल्याणकारी कोषको पैसा पनि इसेवाबाट नै तिर्न सकिन्छ ।

१. इसेवामा लगइन हुनुहोस् ।

२. इसेवाको सबैभन्दा माथि रहेको सर्च बटनमा क्लिक गर्नुहोस् जसमा “Foreign Employment Insurance Fund” लेखेको आइकनमा थिच्नुहोस् । भेट्नु भएन भने आफैले टाइप गरेर पनि खोज्न सकिन्छ ।

३. व्यक्तिगत रूपमा शुल्क बुझाउँदै हुनुहुन्छ भने 'Individual' मा क्लिक गर्नुहोस् ।

४. आफ्नो पासपोर्ट नम्बर हाल्नुहोस् । (याद राख्नुहोस् तपाइँले https://feims.dofe.gov.np/sf/sfLogin.aspx मा गएर आफ्नो विवरण सबै राखेर मात्र कल्याणकारी कोष र बिमामा पैसा तिर्न मिल्छ ।)

५. अब Proceed मा क्लिक गर्नुहोस् ।

६. तपाइँले आफ्नो विवरण देख्न पाउनुहुन्छ सबै विवरण ठिक छ भनी प्रमाणित भएपछि शुल्क तिर्नुहोला । (याद राख्नुहोला, तिरिसकेको पैसा फिर्ता लिन मिल्दैन ।)

कुनै जिज्ञाशा भए कतिमा फोन गर्ने ?

अनलाइनबाट पुन: श्रम स्वीकृतिबारे थप जानकारी लिन वा कुनै कुरामा जिज्ञाशा भएमा विभागका शाखा अधिकृतहरु सालिकराम फुयाँललाई ९८४१८२७७८३ नम्बरमा माधवराज पाण्डेलाई ९८४१३१०३२३ नम्बरमा र कम्प्युटर इन्जिनियर अर्जुन यादवलाई ९८४११४९३८ नम्बरमा फोन गरेर सोध्न सक्नुहुन्छ ।

Leave a Comment

Leave a Reply