2026-07-10 10:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निषेधाज्ञापछि सोमबार पहिलो कतार उडान, आज पनि अर्को उडान हुँदै

जेठ २५, काठमाडौँ | निषेधाज्ञापछि सोमबारदेखि कतारको दोहामा नियमित उडान शुरू भएको छ । सरकारले टर्की, चीन र कतारका लागि सातामा १/१ उडानको अनुमति दिएसंगै सोमबारबाट कतारको दोहामा उडान शुरू भएको हो ।

नेपालमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि गत वैशाख २३ देखि अन्तर्राष्ट्रिय उडान बन्द गरिँदा विदेशबाट समस्यामा परेका नेपालीहरु नेपाल फर्किन तथा वैदेशिक रोजगारमा जान सकेका छैनन् । त्यस्तै विद्यार्थी भिसामा जान चाहेकाहरु पनि रोकिएका छन् । 

सरकारको अनुमतिसंगै सोमबार कतार एयरवेजको विमानबाट कतारको दोहादेखि २३१ जना यात्रु नेपाल फर्किएका छन् । त्यस्तै नेपालबाट सोमबारनै २०९ जना यात्रु दोहा प्रस्थान भएका छन् । साउदीस्थित नेपाली दुतावासले साउदीबाट ट्रान्जिट भएर नेपाल जान सक्ने भन्दै जानकारी गराएको छ । 


सरकारको निर्णय अनुसार हाल विदेशबाट आउँदा कोरोना परीक्षण नेगेटिभ भएको पीसीआर रिपोर्टको फोटो र बारकोडसहितको रिपोर्ट साथमा ल्याउनुपर्ने हुन्छ । साथै काठमाडौँ आएपछि अनिवार्य आफ्नै खर्चमा क्वारेन्टिनमा बस्नुपर्छ । 

यसैबीच आज मंगलबार नेपाल एयरलाइन्सले दोहादेखि काठमाडौँको उडान भर्दैछ । यो सरकारले अनुमति दिएको नियमित उडान अन्तर्गतकै उडान रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट