2026-09-10 10:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाटै राहदानी नवीकरण गर्न सकिन्छ ? के-के चाहिन्छ कागजात ?

वैदेशिक रोजगार तथा अध्ययनको क्रममा विदेशमा रहनु भएका नेपालीहरुले विदेशमा रहंदाको समय आफ्नो पासपोर्टको म्याद सकिएको खण्डमा पासपोर्ट नवीकरण गर्न सक्छन् । जसको लागि सम्बन्धित देशमा रहेको वा नेपाल सरकारले सम्बन्धित देशको लागि तोकिएको दुतावासमा जानु पर्छ । 

सम्बन्धित दुतावासमा जाँदा उल्लेखित कागजातहरु अनिवार्य रुपमा लिएर जानुपर्छ:-

१. नेपालको राहदानी विभागको वेवसाइट https://nepalpassport.gov.np/ मा Apply Online (Pre-enrollment) भित्र https://online.nepalpassport.gov.np/PreEnrollment/home.html गई अनलाइन फाराम भरेपछि प्राप्त हुने बारकोडसहितको फारामको प्रिन्ट – १ प्रति

२. नागरिकताको प्रतिलिपि- १ प्रति

३. राहदानीको प्रतिलिपि (फोटो भएको पेज)- १ प्रति

४. सक्कल राहदानी

५. राहदानी हराएको खण्डमा सम्बन्धित देशको प्रहरीबाट जारी Police Report को सक्कल र प्रतिलिपि 


ख्याल राख्नुहोला, राहदानी नवीकरण गर्दा Online Live Enrollment गरिने र सोको लागि फोटो राजदूतावासमै खिचिने भएकाले फोटो ल्याइरहनु पर्दैन । तर यस सम्बन्धित बिस्तृत जानकारी दुतावास जानु अगावै सम्बन्धित दुतावासमा फोन सम्पर्क गरेर बुझेर जाँदा अनावश्यक दु:ख पाइदैन ।  

राहदानी नवीकरण गराउँदा दुतावासले तोकेको निश्चित शुल्क पनि तिर्नुपर्ने हुँदा आफ्नो साथमा पैसा लिएर पनि जानु पर्दछ । पासपोर्ट हराएको छ भने जति नवीकरणको लागि शुल्क लाग्छ त्यसको दोब्बर शुल्क लाग्छ । जस्तै: कतारमा हुनुहुन्छ भने पासपोर्ट नवीकरण गराउँदा शुल्क कतारी रियाल १८५ लाग्छ भने हराएको वा बिग्रिएको हो भने कतारी रियाल ३७० लाग्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो एमाले बैठकमा संसद् पुनर्स्थापनाबारे छलफल हुन्छ : महेश बस्नेत जेनजी आन्दोलनको एक वर्षपछि ओलीले बालकोटबाट सम्बोधन गर्दै जापानमा नेपाली विद्यार्थीको हत्या आरोपमा तीन नेपाली पक्राउ भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १,३६६ पुग्यो