Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षकको विज्ञापन खोल्ने तयारी : विज्ञान, अंग्रेजी र नेपाली विषयमा देशभर शिक्षक अभाव

२०७८, १५ आश्विन शुक्रबार ०४:३६

असोज १५, काठमाडौं। शिक्षकको रिक्त दरबन्दीमा खुला विज्ञापन गर्ने तयारी गरिरहँदा मुख्य तीन विषयमा शिक्षक दरबन्दी न्यून देखिएको छ। शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगलाई पठाएको रिक्त दरबन्दीअनुसार विज्ञान, अंग्रेजी र नेपाली विषयमा देशभर धेरै शिक्षक अभाव भएको उल्लेख गरिएको छ। केन्द्रले २०७८ चैत मसान्तसम्म रिक्त हुने शिक्षकको पदपूर्तिको विवरणसहित आयोगमा पठाएको छ। आयोगका सदस्य–सचिव दिनेश श्रेष्ठका अनुसार आयोगले १७ हजार ४७ जनाको खुला पदपूर्तिका लागि विज्ञापन गर्ने तयारी गरेको छ।

तथ्यांकअनुसार निम्न माध्यमिक विद्यालयमा अंग्रेजी विषयमा ६ सय २२, नेपालीमा ४ सय ३६ र विज्ञानमा ४ सय ४० दरबन्दी रिक्त रहेको छ। माध्यमिक विद्यालय तहको विज्ञान ४ सय ३३, अंग्रेजीमा ३ सय १३ र नेपाली २ सय ३० शिक्षक दरबन्दी रिक्त रहेको छ। त्यस्तै, ऐच्छिक विषयमा १ हजार ५ सय ४२ शिक्षक पद रिक्त छ।

केन्द्रले शिक्षक सेवा आयोगमा पठाएका विवरणअनुसार निमावि र माविमा नेपाली र विज्ञान विषयमा धेरै शिक्षक दरबन्दी अभाव देखिएको तथ्यांकमा उल्लेख छ। आयोगले शिक्षक पदमा खुला प्रतिस्पर्धाका लागि केन्द्रसँग आवश्यक पदपूर्ति गर्न रिक्त शिक्षकको संख्या माग गरेको थियो। केन्द्रले आयोगमा पेस गरेको तथ्यांकअनुसार सबैभन्दा बढी प्रावि तहमा १२ हजार ९ सय १२ दरबन्दी रिक्त छन्। मावि तहमा १ हजार ५ सय ४२ र निमाविमा २ हजार ५ सय ९३ पदमा खुला विज्ञापन गरी शिक्षकको पदपूर्ति गर्नेछ।

दरबन्दीअनुसारको विज्ञापन गर्दा खुलातर्फ निमाविको सामाजिक शिक्षामा ३ सय ५२, विज्ञानमा ३ सय ६४, गणितमा ३ सय ७० दरबन्दी रिक्त छ। सदस्य सचिव श्रेष्ठले पदपूर्ति खुला गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए। आयोगमा पुगेको विवरणअनुसार माध्यमिक तहमा नेपाली २ सय ३०, सामाजिकमा २ सय १, गणित २ सय २८ शिक्षक दरबन्दी रिक्त रहेको विवतरण आयोगमा पठाएको छ ।

यसैबीच शिक्षक विज्ञापन गर्ने तयारीसँगै केन्द्रले जिल्लान्तर सरुवा रोक्का गरेको छ। केन्द्रले शिक्षकको परीक्षा र आन्तरिक बढुवा गर्नुपर्ने भएकाले हाललाई जिल्लान्तर सरुवा रोक्का गरेको केन्द्रका शिक्षक व्यवस्थापन समन्वय शाखाका निर्देशक वसन्तप्रसाद कोइरालाद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।

शिक्षक दरबन्दी मिलान व्यवस्थापन कार्यविधि–२०७६ बमोजिम खुद पुल दरबन्दी भएका जिल्लाबाट खुद पुल दरबन्दी रहेका तहका शिक्षकलाई केन्द्रले तोकेका जिल्लाअन्तर्गतका स्थानीय तहमा दरबन्दी मिलान गर्दा दरबन्दीसहित जिल्लान्तर सरुवा गर्न सक्ने व्यवस्था यथावत राखिएको छ।

केन्द्रले ७७ वटै जिल्लाका विवरणसहित विज्ञापन गर्न आयोगमा पत्राचार गरेको छ। आयोगले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको नियुक्ति हुनासाथ विज्ञापन गर्ने तयारी थाल्ने भएको छ । शिक्षक सेवा आयोगको विनियमावली संशोधन नभएकाले विज्ञापन खोल्ने समस्या देखिएको छ। मन्त्री नियुक्त हुनासाथ सो नियमावली संशोधन गरी विज्ञापन खोल्ने मन्त्रालयको भनाइ छ। आजको नेपाल समाचारपत्रमा समाचार छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै