2026-09-10 08:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इ-पासपोर्ट बनाउन अनिवार्य चाहिने राष्ट्रिय परिचयपत्र नम्बर अब एसएमएसबाटै यसरी पाइन्छ

माघ १७, काठमाडौँ । तपाईँ ई-पासपोर्ट अथवा विद्युतीय राहदानी बनाउँदै हुनुहुन्छ ? पासपोर्ट बनाउनको लागि अनिवार्य चाहिने राष्ट्रिय परिचयपत्र कसरी बनाउने भन्ने सोचिरहनुभएको छ ? त्यसो हो भने राष्ट्रिय परिचयपत्र आफ्नो जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयमा बनाउन सकिन्छ । 

राष्ट्रिय परिचयपत्रका लागि सरकारले सञ्चालन गरेको अभियानमा आफ्नो विवरण दर्ता गरेर पनि राष्ट्रिय परिचयपत्र नम्बर नपाएका नागरिकका लागि एसएमएसबाट नम्बर पाउने सुविधा सुरु भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले हालै औपचारिक रुपमा यो सेवा सञ्चालनमा ल्याएको छ ।

यदी तपाईंले राष्ट्रिय परिचयपत्रका लागि आफ्नो विवरण दर्ता गर्नुभएको छ र राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त नगरेको कारण आफ्नो काम रोक्नुभएको छ भने एसएमएस सेवा लिन सक्नुहुन्छ । एसएमएस सेवा लिनको लागि आफ्नो मोबाइलको म्यासेज बक्समा गई N १६ अङ्कको आवेदन नम्बर टाइप गरी 30001 मा म्यासेज गर्नसक्नुहुन्छ । उदाहरणका लागि तपाइको आवेदन नम्वर 1616161616161616 छ भने N 1616161616161616  टाइप गरी 30001 मा म्यासेज गर्नुपर्छ ।

तपाइले म्यासेज गरेपछि तपैले आफ्नो राष्ट्रिय परिचयपत्र नम्बर मोबाइलमै प्राप्त गर्न सक्नुहुन्छ । यदी नम्बर प्राप्त नभएमा एकपटक आफूले हानेको नम्बर पुन: चेक गर्नुपर्छ । सबै कुरा ठिक हानेको छ तर पनि आफ्नो परिचय पत्र प्राप्त नभएमा विभागको ह्वाट्सएप नम्बरमा सम्पर्क गर्नुपर्छ । जसको लागि बागमती र गण्डकी प्रदेशका नागरिकहरुले ९८५१३१६०३४, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकहरुले ९८५१३१६०३५ मा आफ्नो कन्फर्मेसन पेज, रसिद वा म्यासेज गर्दा पाएको रेस्पोन्सको स्क्रिन शट पठाउनु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो एमाले बैठकमा संसद् पुनर्स्थापनाबारे छलफल हुन्छ : महेश बस्नेत जेनजी आन्दोलनको एक वर्षपछि ओलीले बालकोटबाट सम्बोधन गर्दै जापानमा नेपाली विद्यार्थीको हत्या आरोपमा तीन नेपाली पक्राउ भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १,३६६ पुग्यो