पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>असोज २३, काठमाडौँ | </b>कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु भएको छ।सुत्केरी व्यथा लागेपछि अस्पताल भर्ना भएकी वेदकोट नगरपालिका-९ की २४ वर्षीया भागरथी साउद धामीको मृत्यु भएको हो।<br></p><p>अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हरिकुमार श्रेष्ठले शिशु जन्माएपछि उच्च रक्तश्रावका कारण धामीको मृत्युु भएको बताए। महिलाको सालसमेत अड्किएको थियो। उनलाई अक्सिजन सपोर्टमा समेत राखिएको तर बचाउन नसकिएको अस्पतालले जनाएको छ।</p><p>धामीबाट जन्मिएको शिशुको अवस्थाभने समान्य रहेको छ। मृतकका आफन्तले भने डाक्टरको लापरबाहीका कारण मृत्यु भएकाले कारबाहीको माग गरेका छन्।</p>

