२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

गण्डकीका महिलालाई क्यान्सर उपचारमा ५० प्रतिशत सहुलियत

२०७८, १८ फाल्गुन बुधबार ०८:२६

फागुन १८, गण्डकी । गण्डकी प्रदेशका महिलाले स्त्री प्रजनन अङ्गमा हुने क्यान्सरको उपचारमा रु ५० हजार सहुलियत पाउने भएका छन् । प्रदेश सरकारले यहाँको बिपी कोइराला मेमोरियल क्यान्सरसँग यससम्बन्धी सम्झौता गरेको हो । 

अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतम र गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा श्रीराम तिवारीले आज निःशुल्क उपचार सहायता कार्यक्रमको सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार गण्डकी प्रदेशका स्त्री प्रजनन अङ्गसँग सम्बन्धित क्यान्सरको उपचारका लागि प्रदेश सरकारले रु ५० हजार बराबरको सहुलियत दिने छ । 

नेपाल सरकारले उपलब्ध गराउने रु एक लाख खर्च भइसकेपछि गण्डकी प्रदेशका महिलाले यो सुविधा लिन पाउने कार्यकारी निर्देशक डा गौतमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गण्डकीका महिलाले प्रजनन् अङ्गसँग सम्बन्धित क्यान्सरको उपचार गर्दा नेपाल सरकारको रु एक लाखपछि प्रदेश सरकारको रु ५० हजार सहुलियत पाउने छन् ।”

उहाँका अनुसार स्तन, पाठेघर, पाठेघरको मुखको क्यान्सरलगायतको उपचारमा यो सहुलियत लिन पाइने छ । गण्डकी प्रदेशमा बसोबास गरेको प्रमाणित भएकाले यो सुविधा लिन पाइने डा गौतमको भनाइ छ । सचिव डा तिवारीले प्रदेश सरकारको नीतिअनुरुप नै यो सम्झौता गरिएको बताउनुभयो ।

उहाँले आगामी वर्षको कार्यक्रममा महिला, पुरुष र बालबालिकामा हुने सबै खालका क्यान्सरमा सहुलियत दिने कार्यक्रम ल्याउने योजना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो सुरुआत मात्रै हो, आगामी वर्षको कार्यक्रममा सबै खालका क्यान्सरमा सबैले सहुलियत पाउने गरी योजना ल्याउँदैछौं ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !