समाज | काठमाडौँ - KTM


अनलाइन बेटिङमा संलग्न भएको आरोपमा युवक पक्राउ, करिब २ करोड कारोबार गरेको दाबी

Posted on November 28, 2023 | views : 572 | काठमाडौँ - KTM

मङ्सिर १२, काठमाडौँ | काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनलाइन बेटिङमा संलग्न रहेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका- ७ का २६ वर्षीय आकाश रेग्मी छन् । उनको साथबाट बरामद भएका मोबाइलबाट रेग्मीले एक करोड ९५ लाख ९५ हजार ११७ रुपैयाँ

Read More

प्रहरी नायव निरीक्षक साउद घुससहित अख्तियारको नियन्त्रणमा

Posted on November 28, 2023 | views : 493 | काठमाडौँ - KTM

मङ्सिर १२, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले  बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ६ मैनापोखरस्थित ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक पवन साउदलाई घुससहित नियन्त्रणमा लिइएको छ।  आयोगका प्रवक्ता भोला दाहालका अनुसार साउदले लागू औषधको मुद्दा मिलाइदिने का

Read More

कमेडियन अपूर्व क्षितिज दोषी ठहर, १० हजार रुपैयाँ जरिवाना

Posted on November 28, 2023 | views : 487 | काठमाडौँ - KTM

मङ्सिर १२, काठमाडौँ | नेवारी समुदायलाई होच्याएर कमेडी गरेको आरोपमा लागेका कमेडियन अपूर्व क्षितिज सिंह दोषी ठहर भएका छन् । काठमाडौं जिल्ला अदालतले आइतबार अपूर्वलाई दोषी ठहर गर्दै १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । न्यायाधीश कपिलमणी गौतमको इजलासले फैसला गरेको हो । २०७९ कात्तिकमा अपूर्वविरुद्ध

Read More

सिंहदरबारमा प्रचण्ड–ओली भेटवार्ता

Posted on November 28, 2023 | views : 406 | काठमाडौँ - KTM

मङ्सिर १२, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार दुई नेताबिच भेटवार्ता भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । दुई नेताबिचको भेटवार्तामा के कुराकानी

Read More

रुसी सेनामा रहेका एक नेपालीको मृत्यु भएको पुष्टि

Posted on November 28, 2023 | views : 455 | काठमाडौँ - KTM

मङ्सिर १२, काठमाडौँ | रुसी सेनामा भर्ना भएका एक नेपालीको मृत्यु भएको छ । रुसका लागि नेपाली राजदूत मिलन तुलाधरले एक नेपाली मारिएको पुष्टि भएको र त्यसबारे विस्तृत सोधखोज भइरहेको छ । मृत्यु भएका व्यक्ति राजकुमार रोक्का भएको बताइएको छ । तर मस्कोमा नेपाली दूतावासले मारिएका व्यक्तिबारे विस्तृत सोधखोजपछि आ

Read More

अन्डरवेयरभित्र लुकाएर ल्याइएको लागुऔषधसहित काठमाडौँमा दुईजना पक्राउ

Posted on November 28, 2023 | views : 389 | काठमाडौँ - KTM

मङ्सिर १२, काठमाडौँ | चन्द्रागिरि नगरपालिका–२ स्थित चेक प्वान्टबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब नौ ग्राम ५० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरिएको छ  झापाको बुधबारे गाउँपालिका– ५ का ३० वर्षीय सन्तोष तिवारी र सोही गाउँपालिका–३ का ३९ वर्षीय हरिबहादुर विकलाई पक्राउ गरिएको हो । 

Read More

रणवीर कपूरको 'एनिमल' को अग्रिम टिकट बुकिङ आक्रमक

Posted on November 28, 2023 | views : 384 | काठमाडौँ - KTM

मङ्सिर १२, काठमाडौँ | अभिनेता रणवीर कपूर र रश्मिका मन्दना अभिनीत फिल्म 'एनिमल' मंसिर १५ गतेदेखि प्रदर्शन हुँदैछ। भारतमा फिल्मको अग्रिम बुकिङ खुला गरिएको छ। केही दिनअघि फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो। ट्रेलर सार्वजनिक भएपछि फिल्मलाई लिएर दर्शक निकै उत्साहित देखिएका छन्। दर्शकको उत्साह

Read More

विश्वकपमा भारतको पराजयको खुसी मनाएको आरोपमा सात कश्मीरी विद्यार्थी पक्राउ

Posted on November 28, 2023 | views : 400 | काठमाडौँ - KTM

मङ्सिर १२, काठमाडौँ | एकदिवसीय विश्वकप २०२३ मा भारतको पराजयको खुसी मनाएको भन्दै कश्मीरको कृषि विश्वविद्यालयका सात विद्यार्थी पक्राउ परेका छन् । यी विद्यार्थीहरू विरुद्ध यूएपीए अर्थात् गैरकानुनी गतिविधि (रोकथाम) ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ।  इन्डियन एक्सप्रेसको समाचार अनुसार विश्वविद्

Read More

जब रोनाल्डोले टिमलाई प्राप्त पेनाल्टीको निर्णय उल्टाउन रेफ्रीलाई आग्रह गरे

Posted on November 28, 2023 | views : 586 | काठमाडौँ - KTM

 मङ्सिर १२, काठमाडौँ | गोल गर्न सधैँ आतुर रहने क्रिस्टियानो रोनाल्डो सोमबार रातीको एक निर्णयका कारण यति बेला चर्चामा छन्। रोनाल्डोलाई लडाएपछि अल नासरलाई रेफ्रीले पेनाल्टी प्रहारको मौका दिएका थिए। रोनाल्डो आफैले अल नासरलाई प्राप्त पेनाल्टीको निर्णय उल्टाउन रेफ्रीलाई अपिल गरेका थिए। त्यसपछि रेफ्र

Read More

दुर्गा प्रसाईंका स्वकीय सचिव थापा पक्राउ

Posted on November 28, 2023 | views : 407 | काठमाडौँ - KTM

 मङ्सिर १२, काठमाडौँ | ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’को नेतृत्व गरिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापा पक्राउ परेका छन् । सोमबार गौशालामा प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले उनलाई पनि पक्राउ गरेको हो । प्र

Read More

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

Posted on November 28, 2023 | views : 550 | काठमाडौँ - KTM

 मङ्सिर १२, काठमाडौँ | नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले फेरी नयाँ रेकर्ड कायम गरेको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च भएको हो। आज छापावाल सुन अघिल्लो दिनको तुलनामा प्रतितोला ३ सय रुपैयाँले बढेर एक लाख १७ हजार सात सय रुपैयाँ पुगेको छ, भने हिजो एक लाख १७ हजार ४ सयमा कारोबार

Read More

पहाडी भूभागका केहि स्थानमा हल्का वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

Posted on November 28, 2023 | views : 281 | काठमाडौँ - KTM

मङ्सिर १२, काठमाडौँ | हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा  आंशिक देखि सामान्य बदली रहेको छ। दिउँसो देशका पहाडी भूभागमा  आंशिक देखि सामान्य बदल

Read More

काठमाडौं रातो पुलमा वेश्यावृत्ति सञ्चालन गरेको आरोपमा स्पा सञ्चालक पक्राउ

Posted on November 27, 2023 | views : 919 | काठमाडौँ - KTM

मङ्सिर ११, काठमाडौं |  काठमाडौंको रातो पुलमा वेश्यावृत्ति सञ्चालन गरेको आरोपमा स्पा सञ्चालक पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले संखुवासभाको चिचिला गाउँपालिका–१ का ४३ वर्षीय दिनेश पौडेललाई पक्राउ गरेको हो । उनले काठमाडौं महानगरपालिका–१ रातो पुलमा नुवाकोट ब्युटी पार्लर एन्ड

Read More

पोर्चुगल पठाइदिने भन्दै ठगी गरेको छुट्टाछुट्टै अभियोगमा २ जना पक्राउ

Posted on November 27, 2023 | views : 1291 | काठमाडौँ - KTM

मङ्सिर ११, काठमाडौं |  विदेश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा नेपाल प्रहरीले २ जनालाई पक्राउ गरेको छ । उनीहरू दुवै पोर्चुगल पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा पक्राउ परेका हुन् ।  १५ लाख रुपैयाँमा पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका–४ की ४५ वर्षीया बुद्

Read More

तीन महिनाभित्रै सर्वसाधारणको लागि धरहरा खुलाइने

Posted on November 27, 2023 | views : 515 | काठमाडौँ - KTM

मङ्सिर ११, काठमाडौं | सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले तीन महिनाभित्रै निर्माणाधीन धरहरातर्फको मात्रै काम सकेर सर्वसाधारणको लागि खुलाउने तयारीमा जुटेको छ। अहिले निर्माणाधीन धरहरा परिसरको संरचनाको समष्टिगत भौतिक प्रगति ९० प्रतिशत भइसकेको छ। तर, अझै पनि ध

Read More

प्रसाईंको प्रदर्शनमा गएका आचार्य श्रीनिवाससहित १० जना पक्राउ

Posted on November 27, 2023 | views : 611 | काठमाडौँ - KTM

मङ्सिर ११, काठमाडौं | दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा सहभागी हुन पुगेका आचार्य श्रीनिवाससहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ। आफूलाई युवासन्त र ‘धर्मगुरु’ बताउने आचार्य श्रीनिवास दुर्गा प्रसाईंको अभियानमा सहभागी भएर भड्किलो भाषण गरेपछि गौशालाबाट पक्राउ परेका हुन्।  ‘राष्ट्र, रा

Read More

पानीको बोतलमा किरा भेटिएपछि काठमाडौँ महानगरले तिरायो एक लाख रुपैयाँ जरिवाना

Posted on November 27, 2023 | views : 459 | काठमाडौँ - KTM

मङ्सिर ११, काठमाडौं | पानीको बोतलमा किरा भेटिएपछि काठमाडौँ महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना तिराएको छ । महानगरले सोमबार ए. एण्ड वि वेमरेज इन्ड्रस्टिजलाई एक लाख रुपैयाँ जरिवाना तिराएको हो ।  महानगरले गरेको अनुगमनका क्रममा ए. एण्ड वि वेमरेज इन्ड्रस्टिजद्वारा प्याकेजिङ पानीको बोतलमा किरा भेटि

Read More

२६ वर्षीया महिलालाई होटलमा लगी जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

Posted on November 27, 2023 | views : 656 | काठमाडौँ - KTM

मङ्सिर ११, दाङ |  २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके कोहलपुर नगरपालिका-११ बस्ने रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१३ घर भएका ३२ वर्षीय मान बहादुर पुन मगरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । मगरले ती महिलालाई ललाई फकाई विवाह गर्छु भनि प्रलोभनमा पारी गत असोज २३

Read More

वैदेशिक रोजगार विभागको सर्भरमा समस्या, दुई दिनदेखि अनलाइन श्रम स्वीकृति अवरुद्ध

Posted on November 27, 2023 | views : 628 | काठमाडौँ - KTM

मङ्सिर ११, काठमाडौं | वैदेशिक रोजगारी विभागको सर्भरमा समस्या आउँदा अनलाइनबाट श्रम स्वीकृति लिने कार्य दुई दिनदेखि अवरुद्ध भएको छ । विभागमा सञ्चालित वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) को सर्भर मर्मत गर्नुपर्ने भएकाले अनलाइनबाट लिने श्रम स्वीकृति रोकिएको हो । विभागको सर्भरमा समस्या देखिएप

Read More

पेस्तोल खेलाउँदा गोली लागेको घटनामा संलग्न महोत्तरीका असई यादव निलम्बित

Posted on November 27, 2023 | views : 477 | काठमाडौँ - KTM

मङ्सिर ११, महोत्तरी | पेस्तोल पड्किएर प्रहरी जवान घाइते भएको घटनामा महोत्तरीका असई रामईश्वरप्रसाद यादव निलम्बनमा परेका छन्।  मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) जनक भट्टराईले असई यादवलाई आइतबार निलम्बन गरेको कार्यालयका प्रवक्ता एसपी श्यामकुमार महतोले जानकारी दिए। कात्

Read More

ईपीएस कोरियामार्फत सीप बिल्डिङको लागि ४ हजार जना उत्तीर्ण

Posted on November 27, 2023 | views : 849 | काठमाडौँ - KTM

मङ्सिर ११, काठमाडौं | ईपीएसमार्फत कोरियामा सीप विल्डङको लागि लिइएको परीक्षामा ४ हजारभन्दा बढी उत्तीर्ण भएका छन्। एचआरडी कोरियाले ४ हजार ९८ जनाको नाम पठाएको हो।  ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीका अनुसार परीक्षामा ३२ हजार ५०७ जना सहभागी भएका थिए। ती मध्ये ३० हजार ३५४ जना पुरुष र २ हज

Read More

श्रीमतीले खाना पकाउने भाँडा प्रहार गर्दा श्रीमान‍्को मृत्यु

Posted on November 27, 2023 | views : 1266 | काठमाडौँ - KTM

मङ्सिर ११, दैलेख | दैलेखमा श्रीमतीले खाना पकाउन प्रयोग गरिने भड्डु प्रहार गर्दा श्रीमानको मृत्यु भएको छ । मृत्यु हुनेमा नौमूले गाउँपालिका–४ कालिकाका ३८ वर्षीय भीमबहादुर योगी रहेका छन् ।   जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख किशोर लम्सालका अनुसार उनकी श्रीमती सीता योगीले भाँडा

Read More

बबरमहलमा पैदलयात्रु आफैंले ट्राफिक लाइट बालेर बाटो काट्न सक्ने

Posted on November 27, 2023 | views : 325 | काठमाडौँ - KTM

मङ्सिर ११, काठमाडौं | ट्राफिक व्यवस्थापनका लागि काठमाडौंको बबरमहलमा ‘पोलिकन क्रसिङ लाइट’ सिस्टम सञ्चालनमा आएको छ । आजबाट अब बाटो काट्न पैदल यात्रुले बटन थिचेर ट्राफिक लाइट बाल्न सक्नेछन् । जिल्ला अदालत अगाडिको सडकमा सो प्रविधि जडान भएको छ । जसको लागत १० लाख रुपैयाँ रहेको काठमाडाैं महानगरले जनाएको छ

Read More

प्रहाडी भूभागमा हल्का वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

Posted on November 27, 2023 | views : 298 | काठमाडौँ - KTM

मङ्सिर ११, काठमाडौं | जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र

Read More

फेक आइडी बनाएर ‘आईफोन, घडी उपहार पठाएको छु’ भनी रकम ठग्ने युवती पक्राउ

Posted on November 26, 2023 | views : 644 | काठमाडौँ - KTM

मङ्सिर १०, काठमाडौँ | अनलाइनमार्फत ‘सामान पठाएको छु’ भनेर ठगेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको कञ्चनपुर नगरपालिका घर भएर ललितपुर बस्ने सुजता चौधरी छिन् । २७ वर्षीय चौधरीलाई काठमाडौँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रवीन्द्र रेग्मीले

Read More

पोर्चुगल र कुवेत पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने दुई जना पक्राउ

Posted on November 26, 2023 | views : 1834 | काठमाडौँ - KTM

मङ्सिर १०, काठमाडौँ | वैदेशिक रोजगारीमा विदेश पठाइदिन्छु भन्दै पैसा ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा घर भई हाल काठमाडौँ बस्ने ३९ वर्षीय निमराज डाँगी र पाल्पा घर काठमाडौँ बस्ने ३३ वर्षीय चक्र पोखरेल रहेका छन् । डाँगीले जोनसन श्रेष्ठलाई पोर्चुगल पठाइदिन्छु भ

Read More

चितवनमा भेटिएका दुई शवको पहिचान हुन सकेन

Posted on November 26, 2023 | views : 697 | काठमाडौँ - KTM

मङ्सिर १०, भरतपुर | भरतपुर महानगरपालिका–१२ मिलनचोकमा मृत भेटिएका दुई व्यक्तिको शवको अझै पहिचान हुन सकेको छैन । यही मङ्सिर ६ गते बुधबार दिनको १२ बजे मिलनचोकस्थित पूर्व–पश्चिम लोकमार्ग सडक खण्डको कल्भटमुनि शङ्कास्पद रुपमा एक महिला र एक पुरुषको शव भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी ना

Read More

मानिस बेपत्ता कसुरमा दुई प्रहरी कारागार चलान

Posted on November 26, 2023 | views : 712 | काठमाडौँ - KTM

मङ्सिर १०, रसुवा | मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई प्रहरीलाई कारागार चलान गरिएको छ । कारगार चलान हुनेमा जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत प्रहरी सहायक निरीक्षक रामविद्या शाह र प्रहरी वरिष्ठ हवल्दार जगतनारायण वछाड थारू रहेका छन् । पक्राउ गरिएको व्यक्ति जिल्लास्तरमा ल्याउने क्रम

Read More