फेक आइडी बनाएर ‘आईफोन, घडी उपहार पठाएको छु’ भनी रकम ठग्ने युवती पक्राउ

Posted on: 26 Nov, 2023

मङ्सिर १०, काठमाडौँ | अनलाइनमार्फत ‘सामान पठाएको छु’ भनेर ठगेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको कञ्चनपुर नगरपालिका घर भएर ललितपुर बस्ने सुजता चौधरी छिन् । २७ वर्षीय चौधरीलाई काठमाडौँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रवीन्द्र रेग्मीले बताए । 


विदेशी नागरिकको नाममा फेक फेसबुक आइडी बनाएर सुजताले आईफोन, घडी र सुनका गहना उपहार पठाएको छु भन्दै ठग्ने गरेको आरोप छ । कुरियरमार्फत सामान पठाएको बहाना बनाएर चौधरीले एयरपोर्टमा सामान आइपुगेको भन्दै ‘कस्टम चार्ज’ र ‘डेलिभरी चार्ज’ मागेर ठग्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । 

हालसम्म उनले १ लाख ३५ हजार ठगेको उजुरी प्रहरीमा परेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!