सिंहदरबारमा प्रचण्ड–ओली भेटवार्ता

Posted on: 28 Nov, 2023

मङ्सिर १२, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार दुई नेताबिच भेटवार्ता भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । दुई नेताबिचको भेटवार्तामा के कुराकानी भयो भन्नेबारे खुलेको छैन । 


अध्यक्ष ओली मंगलबार सुदूरपश्चिम जाँदैछन् भने प्रधानमन्त्री प्रचण्ड कोप सम्मेलनका लागि बुधबार दुबई जाँदैछन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!