पोर्चुगल पठाइदिने भन्दै ठगी गरेको छुट्टाछुट्टै अभियोगमा २ जना पक्राउ

Posted on: 27 Nov, 2023

मङ्सिर ११, काठमाडौं |  विदेश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा नेपाल प्रहरीले २ जनालाई पक्राउ गरेको छ । उनीहरू दुवै पोर्चुगल पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा पक्राउ परेका हुन् ।

 १५ लाख रुपैयाँमा पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका–४ की ४५ वर्षीया बुद्ध पञ्चकोटीलाई प्रहरीले पक्राउ गरेको हो । ७ लाख ५ हजार रुपैयाँ ठगी गरेकी उनलाई अपराध अनुसन्धान कार्यालयले आइतवार काठमाडौंको टोखाबाट पक्राउ गरेको हो ।


यस्तै पोर्चुगल नै पठाइदिन्छु भन्दै १ लाख रुपैयाँ ठगी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमवार बिहान सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका- ९ का ४४ वर्षीय राजकुमार तामाङलाई पक्राउ गरेको हो । 

‘जान १० लाख रुपैयाँ लाग्ने र १ लाख तलब हुन्छ’ भनेर ठगी गरेको अभियोगमा उनी पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!