प्रहाडी भूभागमा हल्का वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

Posted on: 27 Nov, 2023

मङ्सिर ११, काठमाडौं | जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।

अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जनाएको छ ।

प्रहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले देशभर तापक्रम क्रमिक रुपमा घटिरहेको हुनाले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!