प्रसाईंको प्रदर्शनमा गएका आचार्य श्रीनिवाससहित १० जना पक्राउ

Posted on: 27 Nov, 2023

मङ्सिर ११, काठमाडौं | दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा सहभागी हुन पुगेका आचार्य श्रीनिवाससहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ।

आफूलाई युवासन्त र ‘धर्मगुरु’ बताउने आचार्य श्रीनिवास दुर्गा प्रसाईंको अभियानमा सहभागी भएर भड्किलो भाषण गरेपछि गौशालाबाट पक्राउ परेका हुन्। 


‘राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’नाम दिइएको प्रसाईं नेतृत्वको सो अभियानले सोमबार गौशालामा प्रदर्शन गरेको थियो। 

प्रदर्शनको क्रममा केहीबेर प्रहरी र प्रसाईं समर्थकबीच झडप समेत भएको थियो। सो क्रममा प्रहरीले श्रीनिवाससहित अन्य १० जना पक्राउ परेको काठमाडौं प्रहरी प्रमुख भूपेन्द्र खत्रीले जानकारी दिए।

यसअघि उनी  धार्मिक तथा साम्प्रदायिक सद्भाव भड्काउनेगरी अभिव्यक्ति दिएको आरोपमा गत असोज १६ गते पक्राउ परेका थिए। 

सुनसरीबाट प्रकाउ परेका उनलाई प्रहरीले दुई दिनपछि ५ सय धरौटीमा रिहा गरेको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!