सास । बैशाख १०, बर्दिया ।

नेपालको भाषा, साहित्य, कला, सङ्गीत, नाटक लगायतका विधाहरुको संरक्षण, संवद्र्धनमा सक्रिय राष्ट्रिय निकाय नेपाल प्रज्ञा प्रतिष्ठानले एक्लै देशभरीका भाषा, साहित्य, सङ्गीत, लोक कला र संस्कृति लगायतका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । बैशाख १०, बर्दिया ।

नेपालको भाषा, साहित्य, कला, सङ्गीत, नाटक लगायतका विधाहरुको संरक्षण, संवद्र्धनमा सक्रिय राष्ट्रिय निकाय नेपाल प्रज्ञा प्रतिष्ठानले एक्लै देशभरीका भाषा, साहित्य, सङ्गीत, लोक कला र संस्कृति लगायतका"/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

जुर्मुराउँदै प्रादेशिक साहित्य

१० बैशाख २०७४, आईतवार १४:३५

सास । बैशाख १०, बर्दिया ।

नेपालको भाषा, साहित्य, कला, सङ्गीत, नाटक लगायतका विधाहरुको संरक्षण, संवद्र्धनमा सक्रिय राष्ट्रिय निकाय नेपाल प्रज्ञा प्रतिष्ठानले एक्लै देशभरीका भाषा, साहित्य, सङ्गीत, लोक कला र संस्कृति लगायतका विधा तथा यसका स्रष्टाहरुको खोजी कार्यमा समग्र दृष्टि पु¥याउन नसक्ने ठहर गर्दै नेपालको नयाँ प्रादेशिक संरचना अनुसार प्रत्येक प्रदेशमा प्रादेशिक प्रतिष्ठान गठन गरी काम गर्ने प्रस्ताव भए अनुरुप बर्दिया जिल्लामा ५ नम्बर प्रदेशको गौतम बुद्ध प्रज्ञा प्रतिष्ठानको शाखा अन्तर्गत आज तदर्थ समिति गठन गरिएको छ ।

 

बर्दियाली साहित्यकार अयोध्याप्रसाद श्रीवास्तवको अध्यक्षता तथा प्रतिष्ठानका अध्यक्ष हिमलाल ज्ञवालीको प्रमुख आतिथ्यतामा बसेको बैठकले तदर्थ समितिको गठन गरेको हो । 

तदर्थ समितिको अध्यक्षमा मणी शर्मा रहनुभएको छ भने सदस्यहरुमा अयोध्याप्रसाद श्रीवास्तव, विष्णु प्रसाद मरासिनी, टीकाराम तिमिल्सिना, वामदेव ज्ञवाली, अञ्जु स्मारिका, दयाराम खड्का, नरेन्द्र श्रेष्ठ, प्रभात सुवेदी रहनुभएको छ । 

यसैगरी गत चैत्र १९ गते बुटवलमा भएको भेलाबाट गठित प्रदेश नम्बर ५ को प्रतिष्ठानको तदर्थ समितिमा मणी शर्मा र रुद्र प्रसाद पाण्डेलाई पठाउने निर्णय समेत गरिएको छ ।

प्रतिष्ठान प्रदेश नम्बर ५ को बर्दिया शाखाको चाँडै नै अर्को बैठक बसी यस क्षेत्रमा रहेका भाषा, साहित्य, सङ्गीत तथा नाट्य विधाहरुमा खोज, अध्ययन, अनुसन्धान लगायतका गतिविधिहरु अगाडि बढाउनका लागि वृहत छलफल गरी समितिलाई पूर्णता दिइने अध्यक्ष मणी शर्माले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’