प्रभात सुवेदी । असार २९, बर्दिया ।

नेपाली समाज तथा संस्कृतिमाथि आक्रमण भैरहेको अवस्थामा आफ्नै बर्बादीमा रमाउने प्रवृत्ती हावी भैरहेको र हाम्रा भाषा र संस्कृतिका जराहरु काट्ने कामहर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । असार २९, बर्दिया ।

नेपाली समाज तथा संस्कृतिमाथि आक्रमण भैरहेको अवस्थामा आफ्नै बर्बादीमा रमाउने प्रवृत्ती हावी भैरहेको र हाम्रा भाषा र संस्कृतिका जराहरु काट्ने कामहर"/>

२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

रमाउँदै छौँ हामी आफ्नै बर्बादीमा

२०७४, २९ असार बिहीबार १३:०८

प्रभात सुवेदी । असार २९, बर्दिया ।

नेपाली समाज तथा संस्कृतिमाथि आक्रमण भैरहेको अवस्थामा आफ्नै बर्बादीमा रमाउने प्रवृत्ती हावी भैरहेको र हाम्रा भाषा र संस्कृतिका जराहरु काट्ने कामहरु भैरेहको आरोप लगाइएको छ ।


बर्दियाली साहित्य समाजले आयोजना गरेको २०४औं भानु जयन्तीको सन्दर्भमा आयोजित विशेष साहित्यिक कार्यक्रममा बोल्ने साहित्यिक व्यक्तित्वहरुले यस्तो कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा बोल्नुहुँदै साहित्यिक अद्येता तथा कृष्णसार पाठक मञ्चका संयोजक अयोध्याप्रसाद श्रीवास्तवले पछिल्लो समयमा नेपाली धर्म, संस्कृतिमाथि नै आक्रमण भैरहेको र यसको लागि नेपाल नै छनोटमा परेको दावी गर्नुहुँदै यसको ज्वलन्त प्रमाण भनेको नै पाठ्यक्रमबाट संस्कृत शिक्षा हटाउनु रहेको हो भन्नुभयो । यस प्रकारका साहित्यिक कार्यक्रम भन्दा पनि आज हाम्रो समाजमा मासु र रक्सीमा विक्नेहरुको जमात बढीरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

धार्मिक तथा साहित्यिक व्यक्तित्व खेमराज गौतमले आध्यात्मिक ज्ञानविना भौतिक ज्ञानले परिपूर्णता प्राप्त गर्न नसक्ने भएकोले पछिल्लो समयमा नैतिकताको सवालमा हामी जहाँको त्यहीँ रहेको कुरा बताउनुभयो । बर्दियाली साहित्य समाजकी सदस्य धनसरा सुनारले भौतिकवादले आध्यात्मिक विद्यालाई धक्का पुगेको बताउनुभयो । जेष्ठ नागरिक समाजका नगर अध्यक्ष पुण्य  प्रसाद गौतमले अबका दिनमा ताली पड्काएर मात्रै केही नहुने र अझै पनि २०४ वर्ष अघिकै समस्या नेपाली समाजमा रहेको कुरा बताउनुहुँदै जातिय सङ्कट झन् विकराल बन्दै गएकोमा चिन्ता व्यक्त गर्नुहुँदै भानुभक्त आचार्यले भनेजस्तै भोलिवादले नेपाली समाजलाई गाँजेको तीतो यथार्थ सबैका सामुमा छर्लङ्ग रहेको कुरा बताउनुभयो । 


कार्यक्रममा बार्दली फाउण्डेसनकी सदस्य विपना योगी, साहित्यकारहरु पवित्रा महतरा, अन्जु स्मारिका, सुदन लम्साल, रमेशचन्द्र ज्ञवाली, भेषराज पौडेल, किशोरीलाल वैश्य लगायतले आ–आफ्ना साहित्यिक रचनाहरु वाचन गर्नुभएको थियो भने स्वागत मन्तव्य बर्दियाली साहित्य समाजका विष्णु प्रसाद मरासिनीले व्यक्त गर्नुभएको थियो ।

कविता वाचन गर्नुहँदै कवि भेषराज पौडेल …

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने