आर.पि. लामिछाने । असोज ३१, बर्दिया ।

असी वर्ष पुग्न झण्डै एक वर्ष बाँकी । सेताम्मे अनुहार । तैपनि जोश र जाँगर भने १६ वर्षे जवानीको जस्तो । साहित्य कहिल्यै पनि पुरानो हुँदैन र कहिल्यै पनि मर्देन भनेझै बर्दियाका अग्रज सहित"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... आर.पि. लामिछाने । असोज ३१, बर्दिया ।

असी वर्ष पुग्न झण्डै एक वर्ष बाँकी । सेताम्मे अनुहार । तैपनि जोश र जाँगर भने १६ वर्षे जवानीको जस्तो । साहित्य कहिल्यै पनि पुरानो हुँदैन र कहिल्यै पनि मर्देन भनेझै बर्दियाका अग्रज सहित"/>

2026-09-15 05:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

असी वर्षमा पोखिएको जवानी !

आर.पि. लामिछाने । असोज ३१, बर्दिया ।

असी वर्ष पुग्न झण्डै एक वर्ष बाँकी । सेताम्मे अनुहार । तैपनि जोश र जाँगर भने १६ वर्षे जवानीको जस्तो । साहित्य कहिल्यै पनि पुरानो हुँदैन र कहिल्यै पनि मर्देन भनेझै बर्दियाका अग्रज सहित्यकार किशोरीलाल वैश्य अवधि साहित्यमा निकै जम्नुभएको थियो । 


१०९औं महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्मजयन्तीको सन्र्दभ पारेर बर्दियाली साहित्य समाजले  आज महाकवि देवकोटा माध्यमिक विद्यालयमा आयोजना गरेको विशेष साहित्यिक कार्यक्रममा ८० वर्षे जवानी साहित्यका माध्यमबाट पोखिएको हो । वहाँले जीवनमा यो गर्छु उ गर्छु भन्दा भन्दै केहि पनि गर्न नपाउँदै जीवन समाप्तितर्फ उन्मुख हुने कुरा अवधि गजलका माध्यमबाट राख्नुभयो ।

विद्यालयको परिसरमा रहेको देवकोटाको शालिकमा माल्यार्पणसँगै शुरु गरिएको कार्यक्रममा सहभागी साहित्यिक विद्वान व्यक्तित्व तथा भेरी सासिहत्य समाज बर्दियाका अध्यक्ष टीकाराम तिमिल्सिनाले जिल्लाका सबै साहित्यिक संघसंस्थाहरु साहित्यक अभियानमा ऐक्यवद्धता जनाउँदै अगाडि बढ्नुपर्ने कुरा औंल्याउनुभयो । यसैगरी कथाकार तथा साहित्यिक व्यक्तित्व तथा बर्दियाली साहित्य समाजका संस्थापक रमेशचन्द्र ज्ञलालीले साहित्य समाजको दर्पण भएकोले यसका माध्यमबाट समाजलाई मार्गदर्शन गर्नुपर्नेमा जोड दिनुभएको थियो । 

यसैगरी साहित्यिक विद्वत व्यक्ति श्रीधर गौतमले प्राचीनता भनेको हाम्रो सम्पदा भएकोले यसको संरक्षण तथा हस्तान्तरण गर्दै साहित्यलाई जगेर्ना गर्नु पर्ने औंल्याउँदै कविता मात्रै नभएर साहित्यका विविध पाटाहरु निवन्ध, आलेख, समालोचना, गीत, गजल सबैलाई सर्जकहरुले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । शब्दहरुलाई परिमार्जन गर्ने र नयाँ शब्द निर्माण गर्ने अधिकार कवि तथा साहित्यकारहरुमा मात्रै हुने भएकोले जो पायो त्यसैले भाषालाई विगार्न पाउने अधिकार नपाउने समेत गौतमले बताउनुभयो । 


कार्यक्रमा अन्य श्रष्टाहरु अभिनन्दन सुवेदी, सुदन लम्साल, यमुना ज्ञवालीले आ–आफ्ना साहित्यिक रचनाहरु प्रस्तुत गर्नुभएको थियो भने बर्दियाली साहित्य समाजका सदस्य एवम् कवि विष्णुप्रसाद मरासिनीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम समाजका सदस्य प्रभात सुवेदीको सहजीकरण तथा समाजका कार्यवहाक अध्यक्ष तथा कवि हरिहर शर्मा आचार्यको अध्यक्षतामा सम्पन्न गरिएको हो ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ