"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
                                                   "/>
२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

दिन्नौं बन्धकी : धर्मानन्द भट्ट

२०७४, १३ मंसिर बुधबार १६:४७


                                                                                                    

                      रचना : धर्मानन्द भट्ट

                        दिन्नौँ बन्धकी !!!

राप्ती भेरि म लाग्छ है अझ भनूँ सेती र काली मणि 
कर्णालीतिरको चिसो जल सबै मेची र नारायणी ।
सारा बागमती बनाउन खुशी कोशी तथा गण्डकी 
राख्नेछौं सब यी सफा अब मिली दिन्नौं कुनै बन्धकी ।।
                               १


बारीभित्र सयौं सुगन्ध तनका चम्पा,चमेली,लिली 
तिम्रा नेत्रहरू सुअङ्गहरुमा पर्दै गएमा मिली ।
भाला,बाण,खुणा,मुणा सब लिई औ रग्त जम्मै सकी 
लड्छौं प्राण छँदा कुनै पल तिमी दिन्नौं कुनै बन्धकी ।।
                                २
डाँफे माथ हिमालको नजरले आत्माहरू जल्छ कि ?
हाम्रो यो तनको मिठो सुमनले हावा हुरी चल्छ कि ?
रोपे लाख गुलाफ बोट मुटुमा काँडा तिमी बिझ्छ कि ?
जेजे होस् नि हओस् कुनै पल तिमी दिन्नौं कुनै बन्धकी ।।
                               ३
यो धौलागिरिको मुहार रसिलो हेर्दा उनैले मता 
आत्मैबाट म भन्न लाग्छ तिनमा ए क्यान हेर्छौ बता ।
मैले आज दुबै छिमेक मनमा देख्दै छु है गन्धकी 
बाँझो खेत रहोस् यहाँ तर तिमी दिन्नौं कुनै बन्धकी ।।
                               ४
आमाकोख बसी हजार थरिका भाषा सिकौं है अब 
 सिक्दा मेलमिलापको घर यता देखेर हाम्रो सब ।
माया झिक्छ तथापि पाप मनमा झ्याप्पै लुकेको छ कि ?
मेरो यो अनुहार हो बुझ तिमी दिन्नौं कतै बन्धकी ।।
                                ५

छन्द : शार्दूलविक्रीडित 
ढाकारा,लेकम गाउँपालिका-०२,दार्चुला 
रचना मिति : वि.सं. २०७४/०८/१३ गते ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने