‘बिछोडिएको प्रेम कहानी’ भाग -दुई

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
10 Min Read

प्रमोद भट्ट । कविता लेख्दैमा जान थाले दिनहरू, स्कुल जान्थे मन लागुन्जेल उनलाई हेर्थे, मनमनै अनगिन्ती सपना बुन्थे उनिसँग माया लगाएको उनिसँगै जिन्दगी बिताएको सायद मान्छेले जिन्दगीमा गर्ने सबै कुराहरू मैले कल्पनामा पूरा गरिदिन्थे सबै एकैछिनमा एकोहोरो मन पराइरहे उनलाई एकोहोरो माया गरिरहे अटुट रूपमा आठ कक्षाको पढाइ सकिदै गयो ।

अन्तिम तिर पुग्दै थिए दिनहरू,, एउटा मेरो प्यारो साथी थियो । मैले माया गर्ने उनी र मेरो त्यो साथीको घर एकै ठाउमा थियो । उसँग मेरो मित्रता त ६ कक्षा देखिकै थियो तर ती दिनहरूमा विशेष थिएन् जबदेखी म उनिप्रति आकर्षित हुँदै थिए ।

उसँग मित्रता पनि बढ्दै थियो । सबैकुरा भाग लगाउथियौ हामी सरले लेखाईदिएको नोटदेखि लिएर पसलमा किनेका समोसा सम्म बराबर …तर उनलाई माया गरेको कुरा भने थाहा थिएन साथीलाई..

दिन बिते, हप्ता बिते, महिना बिते अनि बिस्तारै ऋतुहरू बदलिदै गएर र साल पनि बिते ६ कक्षा देखि पढाइ गरेको स्कुलमा १० कक्षामा पुगेर सिनीएर भैईएछ थाहै नभई उनिसँगको मेरो माया घट्ने कुरै थिएन बढ्दै गयो समय सँगै ।

पहिलो दिन सबै १० कक्षामा पढ्न गयौ ५० जनाभन्दा बढि बिध्यार्थी एउटै कक्षामा बसेर पढ्न सक्ने अवस्था थिएन् । सेक्सन छुट्याएर दुईवटा कक्षा बनाउने कुरा चल्दै थियो ।

नहोला भोलिपल्टै सेक्सन छुट्याउन थाले सरहरूले । भाग्यले साथ छोडेन भनौ या सरले मेरो भावना बुझे भनौ, भावना त के बुझ्थे र खै सरले .. आफुसँग आफै डराउने म उनलाई माया गर्ने कुरा प्यारो साथीलाई त भन्न सकेको थिईन, झन सरलाई कहिले भन्न सक्थे र ! बुझ्थे बरै भाग्यले साथ दिएछ भनौ त्यतिखेर उनी र म एउटै सेक्सनमा पर्यौ । तर अपसोच मेरो प्यारो साथी अर्कै सेक्सनमा पर्यौ । साथी अर्को सेक्सनमा परेकोमा दुखि हुनु भन्दा नि मेरो उनिसँग एउटै सेक्सनमा परेको मा निकै खुसि भए ।

बसन्त ऋतु त्यो बैशाख महिना भर्खरै पलाएका पालुवा मगमग बसाउने, घरबाट निस्कदा बाटैभरी फुलेका कोईरालका फुलहरूमा ठोकिएर आएको त्यो चिसो अनि प्यारो हावाले मन्ध आनन्द दिईरहेको हुन्थ्यो । त्यसैमाथी उनलाई भेट्ने चाहना मनमा हुन्थ्यो ।

स्कुल जाने त्यो समय निकै प्यारो लाग्थ्यो मलाई स्कुल पुग्थे किताब आफू बस्ने बेन्चमाथी राखेर अरू साथी आए कि आएनन् भन्दा पनि पहिले उनि आईन कि आईनन् भन्ने बुझ्न चारैतिर घुम्न थाल्थे । उनलाई देखेपछि निकै खुसि हुन्थे ।

म उनको नाम लिएर बोलाउथे उनी पनि बोल्थिन मेरै नाम लिएर, के छ खबर भनेर सोध्थे ठिकै छ भनेर जवाफ फर्काउथिन उनी, मुसुक्क हास्दै भागिहाल्थे त्यहाबाट ८-९ कक्षामा उनलाई सिधा आँखा बनाएर हेर्न नसक्ने म १० कक्षामा पुग्दा नपुग्दै बोल्ने आट आफै आयो ।

सायद अब हिम्मत जुट्न थालेछ मभित्र .. तर साथीलाई कुनै दिन सरप्राईज दिने बिचार थियो, अझैसम्म पनि यो कुराको बेखबर थियो मेरो साथी । सधै उनलाई हेर्न मन लाग्थ्यो सरले पढाईरहदा उनितिरै फर्केर एकोहोरो टोलाईरहन्थे, शिव सरले कतिपटक ए फलानो उता के हेरेको यता हेर भनेर भन्दा साथीहरू गलल हासेर निलै फर्किएको थिए कयौंपटक ।

कक्षा १० को आधाभन्दा बढि पढाईसकिसकेको थियो मङ्सिर सुरू भएसँगै जाडो पनि निकै बढिरहेको थियो बिहान सधै ट्युसन जानुपर्ने नगए फेल भईन्छ कि भन्ने डरले नि जानैपर्ने, सर नआउन्जेल आगो बालेर बसिन्थ्यो स्कुल पछाडी, उनिपनि सुईसुई गर्दै आईपुग्थिन हामीले बालेको आगो ताप्न ।

हासी मजाक निकै गरिन्थ्यो त्यो बेला उनले लगाएको गुलाबी रङको ज्याकेट अझै पनि याद छ मलाई, त्यो ज्याकेटको दुवै खल्तिमा हात हालेर आउदा त ठ्याक्कै पुतली जस्तै देखिन्थिन उनी आगो ताप्दै गर्दा अन्जानमै ठोकिन्थे उनिसँग तर ठोकिएसँगै उत्पन्न हुनै तरङले सबै नशा एकैसाथ फुल्थे मेरा, हतपत सरि भनिहाल्थ्यौ दुवैले एकैस्वरमा..

उनको बोलिचाली र व्यावाहार निकै फरक देख्थे म अरू केटाहरूलाई भन्दा खै मलाई त्यस्तो लागेको मात्रै हो कि उनले साच्चै त्यस्तै गर्दै थिईन कि भगवानलाई थाहा होला कि उनलाई नै थाहा होला ।

मनमनै सोच्थे उनी पनि मलाई मन पराउछिन होला, मैले जस्तै माया गर्छिन होला, अनगिन्ती तर खै कसरी बुझ्नु मैले न उनले बताईन न मैले कुरा नै खोतले एक्लै पागल बनिरहे सधैभरी ।

मेरो साथी बिचरा बेखबर थियो लाटो जस्तै टेष्टको तयारी गर्दैथियौ । टेष्ट सुरू भयो ।परिक्षाको तेस्रो दिन बिक्षानको परीक्षा चल्दै थियो बाहिर ठूलो हल्लाखल्ला भयो । गोरखा बजारबाट आरूघाटको लागि छुटेको बस ताप्लेको कटुसधारीमा दुर्धटना भएछ । मेरो साथीको आमा पनि पर्नुभएछ । सारै दुखित भयौ सबै साथीहरू साथीले कोरा भित्रैबाट परीक्षा दियो ।

रिजल्ट भयो ३ जना फेल भएछन् बाकी सबै पास भयौ । म मेरो मायाको बिषयमा साथीलाई भन्ने उपयुक्त समयको पर्खाईमा थिए तर समय मिलेको थिएन टेष्ट पछिका ती दिनहरू खासै रमाईला थिएनन् ।

साथी आमा बितेकाले पहिला जस्तो हासीमजाक गर्दैन्थ्यो स्कुले जीवन त सकिएको थियो ।तर अझै ठूलो ढोका बनेर बसेको एस.एल.सि लाई फोर्नु थियो । मन नहुदा नहुदैपनि लागिरह्यौ पढाईमा यसै बिचमा समय मिलाएर मैले उनको बारेमा साथीलाई भने उस्ले हास्दै भन्यो । के हो यार यतिधेरै हुदानी हामीलाई थाहा भएन त ।

उसलाई अनुरोध गर्दै यो कुरा अरू साथीलाई नभन्न भने र मेरो मायामा सहयोग गर्नु पनि भने उसले हुन्छ भनेपछि म ढुक्क भए । म चाहन्थे मेरो कारणले उसको पढाईमा असर नपरोस् साथै उनको चित्त पनि नदुखोस् त्यसैले एस.एल.सि पछि सबै कुरा दिल खोलेर उनलाई बताउने सोच बनाएर बसे ।

एसएलसिका ती दिनहरू रमाइला थिए, सेन्टर टाढा थियो बिहान सबै एकैचोटी भेला भएर गईन्थ्यो, उनी पनि सँगै हुन्थिन रमाइलो लाग्थ्यो । एस.एल.सिको अन्तिम दिन परीक्षा सकियो तर भोलिपल्ट फेरि जानू थियो प्राक्टिकल गर्न.. त्यो रात निकै सोच बिचार गरे भोलि उनलाई कसरी प्रस्ताव राख्ने के भन्ने भनेर कुनै उपाय नसुझे पछि आफुले उनको नाममा लेखेका ती कविताहरूले सज्जिएको त्यो डायरी साथीलाई दिने र उसलाई मेरी उनलाई दिनको लागि भन्ने उपाय निकाले ।

डायरी सँगै बोकेर प्राक्टिकल दिन गए प्राक्टिकल सकियो सबै घर फर्कने क्रममा थिए । म भने उनलाई खोजिरहेको थिए तर भेट्नै सकिन । अनि साथीलाई एकान्तमा बोलाएर त्यो डायरी उसलाई दिन अनुरोध गरे लाटो झै मुन्टो हल्लायो ।

उसले ३/४ दिनपछि साथी र म भेट भयौ, मैले डायरी दिईस भनेर सोध्दा उसले दिए भन्ने जवाफ दियो । प्रस्ताव राखेपछि पनि उनले किन कुनै रियाक्सन गरिनन् भन्ने सोचेरै बिते मेरा दिनहरू ।

यतिकैमा २०६८ जेठ २१ गते साथिले फोन गर्यो ऊसको फोन आउदा मनमनै धेरै खुसि थिए म, तर फोन उठाएपछि साथिले केही हतारिदै भन्यो ओई उसको त २५ गते बिहे हुँदै छ यार । म केही बोल्नै सकिन अनि फोन राख्दिए एक्लै सोच्न थाले अब के नै गर्न सक्छु र ? सायद उनलाई नै म मन पर्दैन थियो होला त्यसैले त यति छिट्टै यति ठुलो निर्णय लिइन  ।

अधुरै रह्यो मेरो प्रेम कहानी पनि के गर्ने कसो गर्ने केही सोच्नै सकिन भाग्यलाई दोष दिईरहे । जेठ २५ गते बुधबार उनको बिबाह भयो उनी त्यो दिन पराईको भईन् ।

धर्तिभित्र जिउदै पसेजस्तै भयो । पृथ्यी एकैचोटि घुमेजस्तै भयो चारैतिर अन्धकार शिवाय केही देखिन कोठामा गएर घोप्टिएर निकै बेर भक्कानिए तर सुनिदिने र हेरिदिने कोहि भएनन् ।

त्यसपछिका मेरा दिनहरु खासै रमाइला रहेनन् । तर साथिको साथ भने हमेसा नै रह्यो । सुन्ने गर्थे ऊनि धेरै खुसि छिन रे आफ्नै दुनियाँमा मलाई पनि खुसि लाग्थ्यो सुनेर ।

यतिकैमा उसको बिहेको पनि ३/४ महिना भैसकेको थियो तर ऊ प्रतिको मेरो माया घट्ने कुरै भएन, अब त मनले यहि मात्रै सोच्थ्यो कि केवल एकपल्ट उसलाई भेटेर सोध्न पाए हुन्थ्यो आखिर यो सब किन र कसरी भयो ?

भाग्यले साथ दिएर होला अनन्त: उनको बिहेको ६ महिना पछि भेट भयो उनिसँग । भेटपछि सामान्य कुरा भयो के छ ? कस्तो छ ? यस्तै यस्तै अनि यतिकैमा मैले सोधिहाले त्यति पहिले नै प्रस्ताब राख्दा पनि जबाफ नै नदिई बिहे गर्यौ है ? प्रस्ताब ! उनले अचम्म मान्दै भनिन्

कस्तो प्रस्ताब ? मैले भने मैले तिमिलाई डायरि पठाएको थिँए त ! खोई मैले त त्यस्तो कुनै डायरि पाएको छैन यो पालि पनि मलाई ठुलो झट्का लाग्यो म केही बोलिन, अरु अरु कुराहरु गर्यौ र छुट्टियौ घर आएर साथिलाई फोन गरेर सोधे तैंले त डायरि नै दिएको छैन रे त !! उसले भन्यो सरि यार त्यो बेलामा एसएलसि लगतै ऊ चितवन गएको थियो पछि भेट नै भएन ।

फेरि पनि म केहि बोलिन बोल्थे पनि कसरी आफु भन्दा बढि बिस्वास गरेको साथिले नै यस्तो गरेपछि अनि भने ल भयो छोड्दे यो कुरा जे हुनु थियो भैसक्यो भुल्नुपर्छ त्यो कुरा भन्न त भने साथिलाई भुल्नु पर्छ, तर किन सक्थे र भुल्न उनलाई ।

किन कि मेरो पहिलो माया थिइन ऊनि र आज सम्म पनि भुल्न सकेको छैन । आज पनि उति नै माया गर्छु उनलाई जति पहिले गर्थे र गरिरहनेछु ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply