रत्नपार्कमा एक दिन… अँधेरी रातमा !

साझासवाल

एउटी युवतीको जन्म भयो, प्रकृतिको सहारामा । उ अहिले १९ वर्षकी भैसकेकी छ । उसका शारीरिक छटाले गर्दा सबै युवकहरु उनको सुनौला मुहारको वर्णन गरेर साध्य नभएको बताउँछन् ।

जुन कोणबाट हेरे पनि उनको शारीरिक छटाले मान्छेहरु एकोहोरो कल्पनामा व्यस्त छन् । उनको पुष्ट भरिएका छातीहरु, मृगनयनी आँखाहरु, हरिणको चालबाजीमा चलमलाएका शरीरहरुमा जताततै चुसिरहुँजस्तो रस छ । सलक्क मिलेको कालो केशले उनको मुहारलाई नै प्रष्ट चन्द्रमाजस्तै चम्किलो बनाएको छ ।

उसले पनि उनलाई भेट्ने मौका पाएछ । उ धेरै धनी छ, उसले धेरै चर्चा पाइसकेको छ किनकी उ एसियाकै  तेस्रो धनी व्यक्ति हो ।

ति शुन्दर युवतीलाई भेटेपछि उसले धेरै रहरहरु उत्पन्न गरायो । उसको कल्पना अरुको भन्दा बेग्लै छ किनकी उसको त्यो कल्पना अबश्य पुरा हुन्छ, उसले सोच्दछ ।

उसको उमेर ४० कटेको भएतापनि उसलाई यौन इच्छा छ । त्यो युवतीलाई भोग गर्ने इच्छा छ । त्यसैको तृप्तिको लागि पनि उसले तिनै युवतीलाई अंगाल्न आँटेको छ । उसको क्षेणिक आनन्दमा लिप्त बन्नकै लागि उनीसँग नजिकै जान उसको पैसाले ठूलो भूमिका खेल्छ र नभन्दै केहि दिनमा त्यसै भयो ।

सबैलाई चासोको विषय बन्यो । आखिर ती युवतिले उसैसँग प्रेम पनि गरिन् रे, सबैतिर चर्चा चुलियो । 'आखिर त्यो ४० वर्षको बुढोसँग १९ वर्षे शुन्दर युवती कसरी फसिछन्' – धेरैले यस्तै सोचे ।

सबै जादु उसको पैसाले गर्यो । ति युवती उसको पैसाको अगाडी मैन पग्लेझैं पग्लिदै गइन् ।

युवतिको प्रेम महिनौं चल्यो ।

ती युवती त्यो ४० बर्षे पैसावालको ठाउँ -ठाउँका गहना बनी, अनि पल-पलको तृप्ति पनि ।

उसले उनलाई चुस्नुसम्म चुस्यो -अंगप्रत्यांगमा चुस्यो । यति चुस्यो कि रस सिद्धिएको उखुको खोस्टाझैं बनुन्जेल ! अलि-अलि गुलियोको स्वाद जिब्रोले लिउन्जेल !!

केहि समयपछी…

सहरमा ठूलो हल्ला चल्यो कि ती युवतीको प्रेम टुट्यो रे… ।

तिनी भर्खर २०/२१ कि सलक्क मिलेका कपाल, पुष्ट छाती, गुलावी ओठ, जताततै खेलाइरहुँजस्ती…, यस्तै सोच्दै उनि कहाँ छिन् ? सबै केटाहरुले उन्लाई खोजेछन् ।

तर उनको खोजि निरर्थक रह्यो । उनि भेटिइनन् वा उनको खोस्टोझैँ रुप कसैले चिनेनन् ।

एकदिन अँधेरी रातमा रत्नपार्कको कालो सडकमाथिबाट प्राकृतिक सवार गरिरहेको एउटा युवकले एउटा कुनामा सानो शिशु रोइरहेको आवाज सुन्यो । – आsss-उआ… ! निरन्तर….

'यति राति त्यो समय कसले त्यो बच्चालाई त्याहाँ राखेछ ?' युवकमा शंकामाथि उपशंका उव्जियो, अनि उतै गएर हेर्यो । त्यो शिशु अझै रोइरहेको थियो । – आsss-उआ… !

युवकले देख्यो – त्यहाँ उसकी आमा समेत थिई । ऊ चिसो भुँइमै सुतेकी थिई, शरीरलाई कोल्टे बनाएर ।

जुनेली रात तर सिनमा झैँ छर्लंग अनुहार देखिएको थिएन ।

त्यो शिशु उनको स्तनपान गर्दागर्दै पनि रोइरहेको थियो ।

युवकले सोच्यो.. 'यो त रत्नपार्क पो हो । मागी खाने अनेकन नाटक हुन्छ यहाँ !'

अरु दिन पनि रत्नपार्क आउजाउ गर्ने उसलाई माग्नेहरुले गर्ने नाटकले आजित बनाएको थियो तर आजको घटना अलि पृथक लाग्यो ।  किनकी त्यहाँ कुनै नाटक गर्न सक्ने दिमाग भएको मानिस रोइरहेको थिएन ।  एउटा अबोध बालक रोईरहेको थियो । आफ्नो आमाको दुध चुस्दै-रिसाउदै-रुँदै… !

युवक हेर्दै टोलायो ।

बच्चा एकोहोरो आफ्नी आमासँग रिसाई रहेको छ । सायद स्तनको लाम्टोसँग उसले रिस पोखिरहेको छ ।

युवकलाई पनि उसकी आमाप्रति अचम्मको रिस उठ्यो ।

'बच्चालाई फकाएर दुध पिलाउनु पर्छ नि ?' मनमनै सोच्यो ।

अनि बच्चा नजिकै गएर ती महिलालाई बिउँझाउने प्रयत्न गर्यो । उसले बोलाउन खोज्यो, त्यो विधि उसलाई उपयुक्त लागेन किनकी त्यो शिशु धेरै अगाडिदेखि रोईरहेको थियो, चकमन्न रातमा । रत्नपार्क वरिपरिका भुस्याहा कुकुरहरु कहिँ कतै रोईरहेका सुनिन्छन् । फाटफुट कारहरु दौडिएका छन् त्यस बाहेक त्यो क्षेत्रमा सबैभन्दा बढी अशान्त त्यो बालक रोएर गराएको छ । शिशु रुँदा रुँदा थाकिसकेको छ, रोदनसँग स्वास मिसिएर आउँदा कहिकतै आवाज टुटेका छन् ।

युवक नजिकै पुग्यो, शिशुको आमाको मुखमा लाईट बाल्यो ।

उ एक्कासी झसंङ्ग भयो । सरिरमा चिट-चिट पसिना निस्किन थाले ।

मनमा कता-कता परिचित, कता-कता देखेको-भेटेकोजस्तो मानिसको अनुहार उसले याद गर्ने कोसिस गर्यो । उसलाई लाग्यो यो महिलालाई मैले कहाँ देखें ? उसले पुराना यादहरुलाई ताजा बानाउँदै टि महिलासँग दाज्ने प्रयास गर्यो ।

अन्तत: उसको दिमागमा १/२ बर्ष अघि आफै पछी लागेको युवतीको अनुहार नाच्न थाल्यो । त्यो महिलाले सलक्क मिलेका कपाल, पुष्ट छाती, गुलावी ओठ, जताततै खेलाइरहुँजस्ती पुरानी युवतीको आकृति देखाईदियो ।

'अरे… तिमी ?'  युवक अचम्मित भयो ।

त्यो सडककी युवति त्यही थिई जसलाई उसले संसारकै राम्री भनेर उपमा दिएको थियो । केहि बर्ष अघि उनलाईनै आफ्नो बनाउने सोचेको थियो ।

मतलब – उनलाई पछ्याउने हजारौं युवा मध्ये उ पनि एक थियो !

युवकले उनको सम्पूर्ण स्थिति नियाल्यो ।

पहिलेको पुष्ट छाती ओइलाईसकेको फूल जस्तै बनेछ ।

जून फूललाई कसैले चुसेर भ्याइसकको थियो, सन्तुष्टिको लागि ।

आज त्यही फुल 'स्तन'लाई त्यो रुँदै गरेको शिशुले चुसिरहेको थियो,

जीवनको लागि ।।

उनको सम्पुर्ण शरीरहरुमा कुनै रंग थिएन, नत थियो यौवन रस । पहिले चन्द्रमा झैं टल्किने मूहार पनि उसले हेर्यो, अनि गुलावी ओठ, त्यो ओठ पहिलेको जस्तै थिएन । उनको ओठ निलो थियो । आँखाका घेरामा पहिले पोतिएको रङ्ग अब थिएन । पुक्क पुष्ट गाला पनि ओईलिएर निरस भएको थियो ।

युवक महिलालाई हेरेर टोलाईरह्यो ।

उसले मुटुलाई मस्तिस्कसम्म केन्द्रित गरेर जबर्जस्ति आफूलाई नियन्त्रणमा ल्याउने कोसिस गर्यो ।

केहिबेर अघिसम्म स्वासले मात्र रोइरहेको वालक अब शान्त छ ।

उ अब उसकी आमाको स्तनसँग युद्ध गर्दैछैन । त्यसो त शान्तसँग स्तन चुसिरहेको पनि छैन ।

युवकले हेर्यो – उसकी आमाको स्तन पोटिलो छैन । सुकेर छाला मात्र बाँकी छ ।

….. शंका ।

ती महिला स्वास फेरिरहेकी थिइनन् । अब त शिशु पनि रोईरहेको थिएन… ।

महिला हेर्न छाडेर युवकको ध्यान शिशु तिर गयो । रुँदा रुँदा ओठ-मुख सुकेको त्यो शिशुले आफ्नो परान त्यागिसकेछ ।

युवक आफै झस्कियो । अनि बल गरेर आफ्नो हात शिशुको नारीमा पुर्यायो । शिशु मरिसकेछ… ।

फेरी उसकी आमाको छातीमा हात राख्यो… ।

उ एक्कासी भक्कानियो- महिला चार/पाँच घण्टा अगाडि नै मरिसकेकी रहिछ ।

- अनिल अधिकारी (उपन्यास – 'नयाँ संसार' २०६७) बाट

Leave a Comment

Leave a Reply