प्रभात सुवेदी । असोज २७, बर्दिया ।

समाजमा व्याप्त कुरिती र कुसंस्कारको विरुद्धमा अभियान सञ्चालन गर्ने उद्देश्यका साथ कृष्णसार पाठक मञ्च बर्दियाले आज टिकटमा गजल साँझ भव्यताका साथ सम्पन्न गरेको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । असोज २७, बर्दिया ।

समाजमा व्याप्त कुरिती र कुसंस्कारको विरुद्धमा अभियान सञ्चालन गर्ने उद्देश्यका साथ कृष्णसार पाठक मञ्च बर्दियाले आज टिकटमा गजल साँझ भव्यताका साथ सम्पन्न गरेको छ ।

2026-09-13 10:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

गजलमा बल्यो बर्दिया !

प्रभात सुवेदी । असोज २७, बर्दिया ।

समाजमा व्याप्त कुरिती र कुसंस्कारको विरुद्धमा अभियान सञ्चालन गर्ने उद्देश्यका साथ कृष्णसार पाठक मञ्च बर्दियाले आज टिकटमा गजल साँझ भव्यताका साथ सम्पन्न गरेको छ ।


बर्दिया जिल्लाका आधा दर्जन स्रष्टाहरुबाट गजल वाचन गरिनुका साथै विभिन्न साङ्गीतिक प्रस्तुतीहरुका साथमा निकै गुणस्तरीय कार्यक्रम आज गुलरिया स्थित लोटस गार्डेन एण्ड रेस्टुरेन्टमा सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्लामै पछिल्लो समय गजल विधामा शशक्त मानिएका प्रतिभाहरु प्रकाश पौडेल, हरिप्रकाश भण्डारी, लक्ष्मी खनाल ‘अभि’, श्रेष्ठ समनश्री, अञ्जु स्मारिका र धनसिंह गिरीले आफ्ना दमदार गजल वाचन गर्नुभयो । गजल वाचन भैरहँदा पाँच दर्जन बढीको उपस्थिति रहेको हल नै तालीको गड्गडढाहटले गुञ्जायमान भएको थियो । साथै कार्यक्रममा बर्दियाका गायकद्वय विष्णु थापा ‘सरगम’ र गेमराज गिरीले आ–आफ्नो साङ्गीतिक प्रस्तुतीहरु प्रस्तुत गनुभएको थियो । 


टिकट सोबाट उठेको रकम समाजमा सकारात्मक सोचको विकासका लागि सदुपयोग गरिने पाठक मञ्चका संयोजक अयोध्या प्रसाद श्रीवास्तवले बताउनुभयो । 

गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवको प्रमुख आतिथ्यता र उपप्रमुख शुशिला गिरीको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रको सहजीकरण पाठक मञ्चका अभियान्ता वामदेव ज्ञवालीले रोचक ढंगले आफ्ना गजलहरु वाचन गर्दै दर्शकहरुको ध्यान तान्दै गर्नुभएको थियो । 

साथै गजल प्रस्तोताहरुका साथै लोटस गार्डेन एण्ड रेस्टुरेन्टलाई लाई कार्यक्रममा सम्मान गरिएको थियो ।  कार्यक्रमका मिडिया पार्टनरका रुपमा साझा सबाल बर्दिया, बर्दिया अनलाइन, जनदृष्टि रहेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले