प्रभात सुवेदी । असोज २९, बर्दिया ।

दशैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा आज गुलरियामा शुभकामना आदानप्रदान गरिनुका साथै अर्धवार्षिक पत्रिका नयाँ शिराको लोकार्पण गरिएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । असोज २९, बर्दिया ।

दशैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा आज गुलरियामा शुभकामना आदानप्रदान गरिनुका साथै अर्धवार्षिक पत्रिका नयाँ शिराको लोकार्पण गरिएको छ ।

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

नयाँ शिराबाट शुभकामना !

२९ आश्विन २०७५, सोमबार ०७:४१

प्रभात सुवेदी । असोज २९, बर्दिया ।

दशैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा आज गुलरियामा शुभकामना आदानप्रदान गरिनुका साथै अर्धवार्षिक पत्रिका नयाँ शिराको लोकार्पण गरिएको छ ।


शिक्षा, स्वास्थ, कृषि, विकास र सम्भावनाका अनेकन क्षेत्रहरुलाई केलाएर विभिन्न लेखहरु समेटी तयार पारिएको यो पत्रिकाको आज प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ्ग र प्रदेश सांसद तिलक शर्मा हिमालले संयुक्त रुपमा लोकार्पण गर्नुभएको हो । 

कार्यक्रममा शुभकामना दिनुहुँदै जिल्ला प्रमुख कुरुम्बाङ्गले चाडपर्वमा हामी सुरक्षा निकायका व्यक्तिहरुले छुट्टि नलिएर भएपनि जनताको सेवा र सुरक्षामा खटिएका हुनाले यसमा आम जनसमुदायको सहयोगको खाँचो रहेको र चाडबाडका निकट समाजमा रहेका कुरितीहरु अन्त्यका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुहुँदै जुवाडेहरुलाई पत्रक्राउ गरिएको र आवश्यक कारवाही भैरहेको बताउनुभयो । यसैगरी अर्धवार्षिक पत्रिका नयाँ शिरालाई सफलताको पनि शुभकामना दिनुभयो । 

यसैगरी प्रदेश सांसद तिलक शर्मा हिमालले समाजमा सकारात्मक परिवर्तनका लागि आफैबाट शुरुवात गर्नुपर्नेमा जोड दिनुहुँदै उपस्थित महानुभावहरुलाई र आफैलाई पनि जनताप्रति उत्तरदायित्व भएर काम गर्न सकूँ भन्दै शुभकामना दिनुभयो । 

जिल्लाका प्रहरी उपरीक्षक सुरेन्द्र प्रसाद मैनालीले जिल्लामा तयार पारिएको एकिकृत सुरक्षा नीतिका बारमा जानकारी गराउनुभयाे भने कार्यक्रममा शशस्त्र प्रहरी उपरीक्षक कृष्ण कोइराला, अनुसन्धान प्रमुख रमेश यादव लगायत विभिन्न वुद्धिजिवी, राजनैतिक व्यक्तित्व, नागरिक समाजका व्यक्तित्वहरु, शिक्षक, पत्रकार, महिला अधिकारकर्मीहरु, साहित्यकर्मीहरुको उपस्थिति रहेको थियो ।

समाजसेवी प्रेम पोखरेल, नेकपाका नेता कोलराज पुरी, इन्द्र रावल, शिक्षक मोतिराम शर्मा, पत्रकार महासंघ उपाध्यक्ष मेनका चौधरी, अनेरास्ववियू जिल्ला उपाध्यक्ष प्रकाश पौडेल, अन्तरपार्टि महिला सञ्जाल अध्यक्ष मिथिला फूँयाल, बृेस बर्दियाका अध्यक्ष विष्णु चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

 

नयाँ शिरा अर्धवार्षिकका सम्पादक गेहेन्द प्रसाद ढकालको सभाध्यक्षतामा सम्पन कार्यक्रमको सहजीकरण राजकुमार मैनालीले गर्नुभएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता