2026-09-13 12:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

मेरी पत्नी बोक्सी बनेकी छे !

जब मेरो शरीर मर्यो 

तब शरीरबाट म निस्केँ यानी आत्मा 

हौ म त्यही आत्मा हुँ, म मरेको छुईँन 

जस्लाई तिमीहरु मर्यौ भन्ठान्छौ 

त्यो त केवल 

मेरो म बस्ने मान्छेको स्वरूपको एक ढाँचा हो 

जस्लाई सँसारले मान्छे भन्छन् 

हो म मर्ने त्यही मान्छेको एक शरीर हो म होइन । 

   ***

मत टुलुटुलु हेरिरहेको छु सबैलाई 

तर मलाई कसैले देख्न सक्दैन यति खेर 

मेरो घरको प्राङ्गणमा सबै गाउँलेहरुले भरिएको छ 

मेरो लास उठाउन तयारी गर्दैछन् मलामीहरु 

मेरी अर्धाङ्गिनी रुँदै छे मूर्छा परी परी

मेरो राजा, मेरो बाबा भन्दै 

पटक पटक अङ्गालो हाल्छे 

मेरो पार्थिव शरीरलाई ।

    ***

म कसरी सम्झाउँकी 

मेरी आफ्नी अर्धाङ्गिनीलाई म मरेको छुँइन भनेर 

मलाई घृणा गर्नेहरु पनि यति खेर 

मेरो मृत्युको शोकमा सबै चिन्तित 

र गह भरी आँसु पारेका छ्न् 

मलाई जन्म दिने मेरी आमा 

मेरो बूढापाको सहारा खोसी लग्यौ हे दैव ! 

तिमीले भन्दै छाती पिटी पिटी रुँदै छिन् ।

      ***

म कसरी सम्झाउँकी मेरी आमालाई 

म मरेको छुईँन भनेर 

बिचरी मेरी पत्नी बोक्सी बनेकी छे आजको दिन 

जस्ले सात जन्मसम्म साथ हुने गरी 

अग्नि देवतालाई साक्षी राखी लगन गाँठोको 

बन्धनमा बाँधिइन् 

आज उनीले यै बोक्सीले खायो 

मेरो छोरालाई भनेर आरोप सहनु परेको छ 

मेरी आमाको । 

    ***

म कसरी सम्झाउँकी मेरी आमालाई 

ए आमा, हजुरको बुहारीले मलाई कसरी खान 

सक्छे उनी त आफै आधा प्राण भएकी छे 

जसरी तिमी मेरो बाउ मर्दा आधा प्राण भएकी थ्यौ 

तिमी आफ्नो पतिको मृत्यु वियोगमा बारबार 

बेहोस भई पानी छम्के पछि होस्मा आउँथ्यौरे 

के तिमी पनि बोक्सी थियौत ? 

के तिमीलेनै मेरो बाउलाई खाएका हौत ? 

फेरि कसरी भन्न सक्छ्यौ तिमी ए आमा 

आफ्नै बुहारीलाई छोरा खाईस् भनेर । 

     *** 

म त बस् एक आत्मा हुँ 

जस्लाई तिमी खायौ भन्छौ त्यो त मेरो 

एक मृत शरीर हो मात्रै, म त जिउँदै छु 

न म कहिल्यै मर्छु न म कहिल्यै जन्मन्छु 

तर आज दु:ख लागेर आयो 

मलाई कसैले माया न गर्दो रहेछ 

रहेछ त केवल नासिने शरीरलाई 

केवल जलेर जाने मुर्दा लासलाई 

म त जिउँदै छु 

र त टुलुटुलु हेर्दै छु । 

   ***

ए आमा ! 

म कसरी सम्झाउँ तिमीलाई ? 

ए अर्धाङ्गिनी ! 

म कसरी सम्झाउँ तिमीलाई । 

राजबाबु श्रेष्ठ ‘सागर’

महोत्तरी, गौशाला न. पा. वडा न. १ 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले