2026-09-17 06:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कथा : दन्त–बझान

 वैशाख ३, काठमाडौं | गाउँ गाउँमा चुनावको सरगर्मी छाएको छ । टोल टोलमा पार्टी पार्टीको बीच प्रतिस्पर्धा चुलिएको छ । स्वस्थ प्रतिस्पर्धा पनि देख्न सकिन्छ, अस्वस्थ प्रतिस्पर्धा पनि देख्न सकिन्छ । कुनै कुनै पार्टीको बीच प्रेमिल र हार्दिक सम्बन्ध पनि देख्न सकिन्छ । कुनै कुनै पार्टीको बीच कटुता र घृणाको सम्बन्ध पनि देख्न सकिन्छ ।

चौतारीमा लामो समयदेखि सँगसँगै राजनीतिक यात्रा सुरु गरेका पाँच पात्रहरू खडा छन्–  १. रुख, २. रवि, ३. हाँसिया–हथौडा, ४. हलो, ५. गाई ।  केही समयपछि अर्काे पात्र छाता पनि कुममा कुम जोड्न आइपुग्यो र यिनीहरूको बीच दन्तबझान सुरु भयो ।

यी छ पात्रहरूमध्ये रुख सबभन्दा धेरै आयु व्यहोरेको पात्र थियो । आफ्नो शारीरिक स्वरुप जराजीर्ण हुँदै गए पनि बाहिरी रुपमा उसकै फुर्तीफार्ती चर्को  थियो ।

उमेरले कृशकाय बन्दै गएपनि चुनावी मौसम फिरेपछि रुख लहलह मुना–मञ्जरीले हरिलो भरिलो बन्थ्यो । हुन त रवि त्यसलाई ठाडै सुकाउँछु भनेर खुब सुरिन्थ्यो । आफ्नो आँखाबाट तप्त अग्नि फालेर डढाउँछु भन्थ्यो । तर कसोकसो भोट खसाल्ने दिनसम्म आइपुग्दा आकाशमा उठ्थे काला बादलको हुल, अनि जवान घामका आँखा ट्याप्पै टाली दिन्थे । फेरि रुखकै रजाइँ चल्थ्यो टोलभरि ।

यो पालि पनि उसले पुरानै हुङ्कार दोहोर्यायो ।

रुख– “लौ तिमीहरू ज्यादा फुर्ती नगर । म अझै यति बलियो छु । यति बलियो छु, मलाई ढाल्न त के मेरो एउटा पात पनि झार्न सक्तैनौ । मेरा जराले धराभित्रको चट्टानलाई अँगालो कसिसकेको छ । मलाई कदापि हल्लाउन सक्तैनौ ।”

रवि– “लु बाजेको पालामा घिउ पिएको कुरा नगर । कथम्कदाचित् त्यो दिनसम्म बादल लागेन भने मेरो प्रचण्ड तापले तिमीलाई ठाडै सुकाउँछु ।”

जोल्ठिएका हँसिया हथौडी अचानक छुट्टिए र अलग अलग रुपमा वृक्षसित दन्तवझान गर्न सुरिए ।

हँसिया–”आरनमा पाइन हालेको धार छ मसित । तिमी बढी बकबक नगर । तिम्रा हाँगाबिँगा छिनालेर फेदै लडाउन सकिन भने…।”

हथौडी–”तिम्रा जराले अँगालो कसेको धराभित्रको चट्टान फुटाउन मेरो मुड्की चिलाइरहेको छ सोम ? किन ठूलो कुरा गर्छाै ?”

हलो–”युगौँ जर्कट बाँझो पल्टेको जमिन जोत्नु छ । तिमी अब हरिलो भरिलो हुने समय सकियो । म जस्तै हलो बनेर धर्ती जोत्नुपर्छ । अव सेवा परिवर्तन गर मित्र ।”

गाई–”तिम्रा तनका अन्तिम चिउरा खाएर क्षुधासमन गर्न तयार छु । अब तिमी मबाट बच्न सक्तैनौ साथी ।”

छाता (पुल्ठोसित कुममा कुम जोड्दै) आएर भन्यो –“अव मधेशको राप छेक्न तिमी असक्षम भयौ, म नै काफी छु ।”

रुख एक वचन के बोलेको थियो, सबै पात्रहरूले ऊप्रति एकमुष्ट हमला बोले । रुख एक भन्नु त दुई भन्नु भयो ।

चुनाव आयो गयो । चुनाव अघिको दन्तबझान थिएन अब । गाउँमा गहिरो शान्ति सन्नाटा परिव्याप्त थियो । तर, दृश्य फेरिएको थियो । हरियो रुख डङ्रङ्ग लडेको थियो । घाम त्यसलाई सुकाउँदै थियो । हँसिया हाँगा छिमल्दै थियो । गाई घाँस चपाउँदै थियो । किसान हलो ताछ्दै थियो । पुल्ठो आगो झोस्दै थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया रसुवा बाढीले पुरिएका संरचना उत्खननको योजना बनाउन सांसद श्रेष्ठको माग जनताका समस्या किन समाधान हुँदैनन् ? : सांसद बराल परिवार पाल्न विदेश जानुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ : सभामुख अर्याल मापदण्डपछि समावेशी सिद्धान्त लागू हुन्छ, समावेशिता छुटेको छैन : मन्त्री गौतम रास्वपाले संसदीय विशेष समिति गठनमा छलफल गर्दै राष्ट्रसंघ महासभामा जाने तयारीबारे परराष्ट्रमन्त्रीले गराए संसदीय समितिमा जानकारी १८ दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन सुनचाँदीको मूल्य घट्यो प्रतिनिधिसभाको बैठक बस्दै चिनी पर्याप्त रहेको सरकारको भनाइ, अनावश्यक सञ्चय नगर्न आग्रह यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ: माधव नेपाल नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह